नुवाकोट गोल्डकप

 
 

विश्वासको हयाट्रिकसहित नुवाकोट-११ को जीत

cheif guest mayor sanju pandit takeover football nuwakot football

विदुर / टुबोर्ग दोस्रो नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक घरेलु समुह नुवाकोट-११ ले उत्कृस्ट प्रदर्शन गरेको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएको उद्घाटन खेलमा अधिकांश “ए” डिभिजन लिग खेलेको खेलाडीहरुलाई लिएर उत्रिएको आयोजक नुवाकोट-११ ले दिपशिखा युवा समूह, काठमाडौंलाई ५-० को भारी अन्तरले हरायो । खेलमा नुवाकोटका विश्वास श्रेष्ठले पहिलो हाफको १०औं, ३४औं  र दोस्रो हाफको ३०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका छन् भने प्याट्रिक र दिनेश राजवंशीले १-१ गोल गरे । ह्याट्रिक गरेसँगै नुवाकोटका विश्वास श्रेष्ठ खेलको “म्यान अफ द म्याच” समेत घोषित…


नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई (पूर्ण भिडियोसहित)

Nuwakot Gold Cup 2075

नुवाकोट/नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बट्टारस्थित खेल मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पहिलो नुवाकोट गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको हो । नेपाल पुलिसलाई विजयी गराउन खेलको दोस्रो हाफको ५३ औँ मिनेटमा रवि पासवानले गरेको गोल निर्णायक भएको हो । खेलको पहिलो हाफको ३३ मिनेटमा नेपाल पुलिसले पाएको पेनाल्टीलाई सुमन लामाले गोल गर्नबाट चुकेपनि दोस्रो हाफमा उत्कृष्ट प्रतिस्पर्धासहित लयमा फर्किएको हो । प्रतियोगिताको बिजेता नेपाल पुलिसले रु पाँच लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने…


नुवाकोट गोल्डकप उपाधिका लागि थ्रीस्टार र नेपाल पुलिस भिड्ने

nuwakot-goldcup-football-final-press-meet-threestar-nepal-police-club

नुवाकोट/ ‘प्रथम नुवाकोट गोल्डकप’को फाइनलमा पुगेका थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब उपाधि जित्ने तयारीमा छन् । बट्टार क्याम्पस खेल मैदानमा आज आयोजित पत्रकार सम्मेनलमा फाइनलमा पुगेका दुवै टोलीले आफूलाई उपाधिको दावेदारका रुपमा सोचेर खेल रणनीति तयार पारिरहेको बताए । उपाधि जित्नका लागि टोलीले नीतिभित्र रहेर पर्याप्त खेल कौशल प्रयोग गर्दैै खेल्ने नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले बताउनुभयो । “फाइनल गेम जित्ने सम्भावना ५०/५० प्रतिशत हो”, थापाले भन्नुभयो, “थ्रीस्टार पनि कमजोर टिम होइन, हामी पनि कम छैनौंँ ।” थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जसले बढी मेहनत गर्न सक्छ उपाधि उसैले जित्ने…


नुवाकोट गोल्डकप: पोखरा-११ लाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा (पूर्ण भिडियोसहित)

Nuwakot Gold Cup Football Nuwakot Nepal Police Vs Pokhara11

नुवाकोट/ यहाँ जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लबले पोखरा-११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । नुवाकोटको बट्टारस्थित खेल मैदानमा आज भएको खेलमा टाई ब्रेकर पेनाल्टीमा नेपाल पुलिस क्लब ३–२ गोल अन्तरले पोखरा-११ लाई हराउंदै फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाई ब्रेकर पेनाल्टीमार्फत लिइएको थियो । पेनाल्टीमा पुलिसका तर्फबाट सुमन लामा, अभिषेक रिजाल र तेज तामाङले गोल गरे । प्रतियोगितामा नेपाल पुलिस क्लबका अभिषेक रिजाललाई ‘म्यान अफ दि म्याच’ घोषित गर्दै रु १० हजार नगद प्रदान गरियो । रिजाल नुवाकोट जिल्लाबासी भएको…


नुवाकोट गोल्डकपमा थ्रीस्टार फाइनलमा (लाईभ भिडियोसहित)

nuwakot goldcup three star club vs nuwakot-11 semifinal

नुवाकोट/‘प्रथम नुवाकोट गोल्ड कप’ आजको खेलमा आयोजक नुवाकोट-११ लाई पराजित गरी थ्रीस्टार फाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारले भोलि हुने दोस्रो सेमिफाइनलका विजेतासँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ । सेमिफाइनलमा ललितपुरे क्लब थ्रीस्टारले आयोजक नुवाकोट–११ लाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको हो । बट्टार क्याम्पसको खेलमैदानमा सञ्चालन भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारका अजे मार्टिनले २ गोल, अजय धिमालले १ र निराजन खड्काले १ गोल गरेका थिए । नुवाकोट-११ का दिपेश श्रेष्ठले आठौँ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिएका थिए । घरेलु मैदानमा घरेलु टोलीले गरेको पहिलो गोलले…


नुवाकोट गोल्डकप: रुपन्देहीलाई हराउँदै पुलिस सेमिफाइनलमा

Nuwakot Goldcup Football

नुवाकोट/नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब गोर्खा ब्वाईज क्लब रुपन्देही–११ लाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ । बट्टारस्थित खेल मैदानमा आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई ३–० गोल अन्तरले हराएको हो । नेपाल पुलिसलाई विजयी गराउन खेलको पहिलो हाफको ३० मिनेटमा अभिषेक रिजाल र दोस्रो हाफको ५५ र ८६ मिनेटमा सुमन लामाले दुई गोेल गर्नुभएको थियो । प्रतियोगितामा दुई गोल सहित उत्कृष्ट प्रदर्शन गरेका नेपाल पुलिसका खेलाडी सुमन लामा ‘म्यान अफ दी म्याच’ बन्न सफल भएका थिए । लामालाई आयोजक समितिका संयोजक बुद्धी…


नुवाकोट गोल्डकप: थ्रीस्टारबाट मदन भण्डारी पराजित (फोटोफिचर)

Nuwakot Goldcup Football

विदुर, नुवाकोट/बट्टार क्याम्पसको खेल मैदानमा सञ्चालन भइरहेको ‘प्रथम विशाल सिमेन्ट नुवाकोट गोल्ड कप’ प्रतियोगितामा आज थ्रीस्टारले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३–२ गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । शुरुदेखि नै स्थ्रीस्टारले मदन भण्डारीलाई दवावमा राख्दै पहिलो हाफमै २–० ले अग्रता लिएको थियो । पहिलो हाफको १२ मिनेटमा थ्रीस्टारका अनन्त तामाङले गोल गरी टोलीलाई अग्रता दिएका थिए । अठ्ठाइस मिनेटमा अजे मार्टिनले थ्रीस्टारलाई २–०ले अग्रता दिएका थिए । सतहत्तर मिनेटमा मदन भण्डारीका सोर्जन राईले गोल फर्काउँदै थ्रीस्टारसँगको गोलअन्तर कम गराउन सफल भए । दोस्रो हाफमा मैदानमा मदन भण्डारीका खेलाडी हावी…


नुवाकोट गोल्डकपः एपिएफलाई हराउंदै पोखरा-११ सेमिफाइनलमा

APF Vs. Pokhara11

नुवाकोट/ नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई शुन्यका विरुद्ध एक गोल अन्तरले हराउँदै कास्की सेमिफाइनलमा प्रवेश गरको छ । बट्टारस्थित खेलमा मैदानमा आज भएको प्रतिस्पर्धामा खेल शुरु भएको तीन मिनेटमा नै कास्की–११ को तर्फबाट मानबहादुर तामाङले गर्नुभएको गोल निर्णायक भएको हो । तामाङ नै म्यान अफ दि म्याच घोषित भएका थिए । तामाङले साकुरा नेपालतर्फबाट १० हजार रुपैयाँ हात पारेका थिए । प्रतियोगिताको पहिलो खेलमा नै पराजय व्यहोरेको एपिएफ क्लब प्रतिस्पर्धाबाट बाहिरिएको छ । लिग चरणको पहिलो खेलमा काठमाडौँ–११ लाई हराएको कास्की दोस्रो खेलमा पनि विजयी हुँदै अन्तिम चारमा…


थ्रीस्टार क्लबका खेलाडीहरुका ११ तस्विरहरु

Bimal Ghartimagar Three Star Club

नुवाकोट / नुवाकोट गोल्डकप फुटबल २०७५ को लागि नुवाकोट आएका थ्रीस्टार क्लब नुवाकोटको विदुर नगरपालिका वडा नं. ४, बट्टारस्थित खेल मैदानमा प्रशिक्षण गर्दै बिमल घर्तिमगर र टिमका तस्विरहरु / थ्रीस्टार क्लबले भोलि मदन भण्डारी स्पोर्ट्स क्लबसँग खेल्ने छ । तस्विर: सुनील श्रेष्ठ


नुवाकोटमा खेल पर्यटनको राम्रो सम्भावना रहेको छः प्रधान

buddhi pradhan nuwakot sports committee

बुद्धि प्रधान अध्यक्ष, जिल्ला खेलकुद विकास समिति नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो ? नुवाकोट गोल्डकप प्रतियोगिता सञ्चालन गर्नुमा मुख्य तीन वटा उद्देश्य रहेका छन् । पहिलो उद्देश्य हो, नुवाकोट राजधानीसँग जोडिएको जिल्ला हो । राजधानीबाट टाढाटाढा रहेका जिल्लाहरुले ठूला ठूला गेम गरेर राष्ट्रियस्तरका खेलाडी उत्पादन गरेको छ । नुवाकोटले राजधानी नजिक भएर पनि यस्तो अवसर प्राप्त गर्न सकेको छैन । त्यसैले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नु र खेलप्रति रुची राख्नेहरुलाई यसको महत्व अझै दर्शाउनु एउटा कारण हो भने दोस्रो उद्देश्य भनेको नुवाकोट अथाह भौतिक पूर्वाधार भएको…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS