नुवाकोट

 
 

संविधान दिवसमा नुवाकोटको रौनकता (फोटो फिचर)

Bahadur Singh Lama Constitution Day 2076 Nuwakot Dabali Khabar

विदुर । सांसद बहादुर लामाले संविधान कार्यान्वयनमा प्रतिपक्षकाे अहम भूमिका हुने बताएका छन्। चौथौं संविधान दिवसको अवसरमा नुवाकोटको विदुरमा आयोजित समारोहमा लामाले विना स्रोत राजनीति गर्न नसक्ने भएकोले आर्थिक सम्पन्न भएको व्यक्तिले राजनीति गरे भ्रस्टाचार नहुने धारणा राखे । विभादित विधेयक संविधानकाे मर्म विपरित रहेकाेले सरकारले सबैलाई समान रूपमा हेरिनुपर्ने बताए । सरकारकाे कमिकमजोरीलाई प्रतिपक्षले विराेध गरे ठिक बाटाेमा आउने भएकोले सरकार चुक्न नहुने बताए । आज बिहान विदुर नगरपालिका-१ को त्रिशुलीबजारदेखि विदुर सदमुकामसम्म प्रभातफेरी गरि संबिधान दिवस मनाएका थिए । उक्त अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न मार्चपास पनि…


नुवाकोट पहिरोको उच्च जोखिममा

Flood Disaster Nuwakot

विदुर / नुवाकोट विपत लगायतका प्राकृतिक घटनाहरुमध्ये पहिरोको उच्च जोखिमा रहेको प्रतिवेदन सार्वजनिक भएको छ । मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैंठकमा छलफलको लागि पेश गरेको प्रतिवेदनमा जिल्लामा रहेको सबै स्थानीयतह पहिरोको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटको लागी जर्मन सहयोग नियोग जिआईजेडले तयार गरेको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ प्रतिवेदन अनुसार पहिरो लगातयका घटनाबाट प्रभावित हुनसक्ने अनुमानित घरधुरी चार हजार २ सय घर परिवार रहेको र त्यो मध्ये ४ सय ५० घरधुरी विस्थापित हुनसक्ने अनुमान गरिएको छ भने पूर्वतयारी स्वरुप एक करोड ३४ लाख…


एक सय पर्यटकीय गन्तव्य खोज्न सरकारले बनायाे समिति

Nuwakot Durbar

काठमाडौँ । आगामी वर्षभित्र एक सय पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेको सरकारले गन्तव्य पहिचान र निर्माण गर्न समिति बनाउने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले उक्त समिति बनाउने निर्णय गरेको हो। मन्त्रालयको योजना तथा मूल्यांकन महाशाखा प्रमुखको नेतृत्वमा पर्यटन बोर्ड, पुरातत्व विभाग तथा अन्य क्षेत्रका सरोकारवालासहितको समिति बनाउने निर्णय गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए। समितिले गन्तवय पहिचानका लागि पहिलो चरणमा सार्वजनिक आव्हान गर्ने र त्यसबाट आएका प्रस्तावको अध्ययन गरेपछि त्यहाँ आवस्यक पूर्वाधार तथा प्रबद्र्धनका र योजना बनाउने छ। सन् २०२० लाई भ्रमण वर्ष…


“नुवाकोट जिल्ला खुरापाती मान्छे बसेको जिल्ला हो” एसपी कुँवर (भिडियोसहित)

basanta kunwar nuwakot sp

नुवाकोट । नुवाकोटमा प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले नुवाकोट जिल्ला खुरापाती बस्ने जिल्ला भएको बताएका छन् । अदालतको आदेशपछि जिल्लाका क्रसर उद्योगहरु सबै बन्द भएपछि नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको समन्वयात्मक छलफल कार्यक्रममा एसपी कुँवरले नुवाकोटलाई खुरापातीको जिल्ला भएको बताएका हुन् । उनले नुवाकोट जस्तो खुरापाती मान्छे बसेका जिल्ला अरु नभएको बताएका हुन् । एसपी कुँवरले व्यवसायीको रिसले पुरै जिल्लाका नागरिकहरुलाई खुरापातीको नाम दिएका छन् । नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले सरकारले व्यवसायीहरुको मागको विषयलाई ध्यान नदिएको भन्दै यस्तै अवस्था रहिरहे घर निर्माणको समयसिमा असार मसान्त ग्रुजने बताउनुभयो…


नुवाकोटमा ३१ योजना समयमा पूरा भएनन्

Map of Nuwakot

नुवाकोट/विकास निर्माण तथा भौतिक संचरनाअन्तर्गत नुवाकोटमा ३१ योजनाको काम तोकिएको समयमा पूरा नभई अलपत्र परेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रको आधारमा नुवाकोट प्रशासनले संकलन गरेको लगतमा यहाँका चार कार्यालयमार्फत सञ्चालनमा रहेका ती योजना समयमा सम्पन्न नभएको तथ्यांक पाइएको छ । प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार प्राविधिक कार्यालय मातहत रहेका तीन, मध्यमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयका पाँच, डिभिजन सडक कार्यालयका १२ र शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ठेक्का भएका ११ योजनाको काम तोकिएको समयमा पूरा नभएको र भएका कामसमेत गुणस्तरहीन पाइएको छ । “विकास सेवा…


नुवाकोट जिससमा अख्तियारको छापा

District Devlopment Coordination Nuwakot Office

नुवाकोट/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति (जिसस) को कार्यालय नुवाकोटमा आज छापा मारेर सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी सक्कल कागजात जफत गरेको छ । यहाँ वितरण भएका सामाजिक सुरक्षा भत्ताको सूचीमा मृत्यु भइसकेका र हँुदै नभएका व्यक्तिको नाममा रकम निकासा भएको सूचना बाहिर आएपछि अख्तियारको टोलीले छापा मारेको हो । अख्तियारको टोलीले जिससको कार्यालयमा पुगेर आव २०६८/०६९ देखि चालु आव २०७४/०७५सम्मको सामाजिक सुरक्षा भत्ताको कागज नियन्त्रणमा लिएर कारबाहीको लागि अनुसन्धान शुरु गरेको अख्तियारका शाखा अधिकृत कृष्णबहादुर दाहालले जानकारी दिनुभयो । “पहिलो चरणमा साविक कुमरी गाविसले पछिल्लो पाँच आर्थिक वर्षमा वितरण गरेको…


बुद्ध मूर्ति बिक्री गर्न हिँडेका तीनजनालाई चोरी मुद्दा

नुवाकोट/बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई यहाँको प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको छ । काठमाडाँैको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने क्रममा बरामद गरेको चार किलोग्राम तौलको बुद्धको मूर्तिसहित पक्राउ परेकालाई मंगलबार अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । नुवाकोटको विदुर नपा–९, तुप्चेका २४ वर्षीय सञ्जीव बानियाँलाई बा ६० प ३९०६ नम्बरको स्कुटरको डिकीमा लुकाएर बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा काठमाडौँ प्रहरीले बुद्धको मूर्ति बरामद गरेको थियो । अनुसन्धानको क्रममा उक्त मूर्ति…


नुवाकोट, रसुवा र धादिङमा एमालेको वाम गठबन्धन र काङ्ग्रेसको लोकतान्त्रिक गठबन्धन भिड्दै

विदुर/ नुवाकोटमा केन्द्रीय तहका नेताहरू चुनावी मैदानमा छन् । यसैले गर्दा यहाँको निर्वाचन अलि बढी रोचक हुने देखिएको छ । उम्मेदवारहरू आ–आफ्नै एजेन्डा लिएर चुनावमा होमिएका छन् । मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटको छिमेकी जिल्ला रसुवा र धादिङमा पनि संयुक्त वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच कडा टक्कर हुने देखिएको छ । नुवाकोटबाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका काङ्ग्रेस केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महत लोकतन्त्रको रक्षा र आर्थिक समृद्धिका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउँछन् भने उनका…


नुवाकोट जिविसले थप १५ प्रतिशत अनुदान पाउने

नगरपालिकाले अनुदान गुमाउँदै स्थानीय निकायको न्युनतम् शर्त तथा कार्यसम्पादन मूल्यांकन सूचक (एमसीपीएम) को नतिजा अनुसार जिविस नुवाकोटले थप १५ प्रतिशत अनुदान पाउने भएको छ । मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार नुवाकोट सहित गुल्मी, सल्यान, रूकुम, खोटाङ, चितवन, काभ्रे, स्याङ्जा र भोजपुर जिविसले थप १५ प्रतिशत अनुदान प्राप्त भएका छन् । जिल्ला विकास समितितर्फ ८७ अंक प्राप्त गरेर धनकुटा जिविस सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय निकाय ठहरिएको छ । ८५ अंकसहित बाँके र दैलेख जिविस दोस्रो स्थानमा रहेका छन् भने ७५ अंकसहित पाँचथर, कास्की र प्युठानले एसीपीएममा तेस्रो स्थान हात पारेका छन् ।…


नुवाकोटमा उद्योग दर्ताको संख्या बढ्दो

सरकारले मुलुकलाई उद्योग कलकारखाना स्थापना गरेर आत्मनिर्भर बनाउने भनेर बताइरहँदा नुवाकोटमा जल्लामा उद्योग दर्ताको संख्या बढेको छ । घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटले दिएको जानकारी अनुसार नुवाकोटमा चालु आर्थिक वर्षमा मात्र ४ सय २४ वटा उद्योग दर्ता भएको छ । देशलाई आत्म निर्भर बनाउन सहायक सिद्ध ठानिएको घरेलु तथा साना उद्योगलाई प्रोत्सहान गर्ने कार्यक्रम भाषणमा प्राथमिकतामा परेपनि व्यवहारमा प्राथमिकतामा नपरेको घरेलु उद्यमीहरूको भनाई आइरहदा जिल्लामा साना तथा घरेलु उद्योगको दर्ताको क्रम भने बढिरहेको छ । घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक वर्ष २०७२/०७३ को बार्षिक कार्यप्रगती समीक्षा…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS