नेकपा

 
 

नेकपा बैठकमा प्रतिवेदनमाथि बिहीबारदेखि समूहगत छलफल, १५ समूह बनाईयो

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा बिहीबारदेखि समूहगत छलफल हुने छ । राष्ट्रिय सभागृहमा शुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरेका थिए । वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गरे…


तीन युवा व्यवसायीहरु नेकपामा प्रवेश

nepal communist party new members

विदुर, नुवाकोट – नेपाली काँग्रेसका प्रभावशाली तीन युवा व्यवसायीहरु शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपाका नवप्रवेशीहरुमा सहकारी एवं शैक्षिक अभियन्ता, युवा व्यवसायी र होटल याङ्ग्राका सञ्चालक सुदिप श्रेष्ठ, तरुण दल नुवाकोटका जिल्ला सदस्य तथा युवा व्यवसायी गोकर्ण रोक्का र युवा व्यवसायी राजकुमार नगरकोटी रहेका छन् । विदुरस्थित जिल्ला पार्टी कार्यालयमा नवप्रवेशी युवाहरुलाई पार्टीमा स्वागत गर्दै नेकपाका ३ नं. प्रदेश सचिवालय सदस्य राजेन्द्र प्रकाश लोहनी, नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, सभासद् गोविन्द नेपाली, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहालले पार्टीमा प्रवेश गराएका हुन्…


नेकपाको विदेश विभाग माधवकुमार नेपालले सम्हाल्ने

nekapa communist party

काठमाडौँ । विदेश विभागको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिने सहमति भएको छ । नेपालले यो विभागको नेतृत्व पहिले पनि सम्हालिसकेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठनमा महत्त्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छ्न् । बालुवाटारमा बिहीबार राति बसेको नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई संगठन विभागको नेतृत्व दिने सहमति गरेको हो । विभागको नेतृत्वसम्बन्धी सहमति आइतबार बस्ने सचिवालय बैठकमा पेस हुनेछ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई पुनः आफ्नै समूहमा ल्याउन रोजेकै विभाग दिन लागेका हुन् । ओलीसँग असन्तुष्ट रहेका…


एक वर्षपछि नेकपा जिल्ला कमिटिलाई सपथ

asta laxmi shakya Nepal Communist Party

विदुर/पार्टी एकता भएको लामो समयपछि नुवाकोटमा नेकपाका जिल्ला सदस्यहरुले सपथ लिएका छन् । विहीवार विदुरमा आयोजित एक कार्यक्रममा स्थायी कमिटि सदस्य तथा नेकपा प्रदेश नं. ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । नुवाकोटमा संयोजकमा पूर्व माओवादीबाट हिरानाथ खतिवडा, सचिवमा पूर्व एमालेबाट नारायणप्रसाद खतिवडा रहेका छन् । संयोजक हिरानाथ खतिवडा प्रदेश सभा सदस्य हुन् भने सचिव नारायणप्रसाद खतिवडा प्रतिनिधि सभा सदस्य हुन् । जिल्ला कमिटिमा १७५ जना रहेका छन् । पूर्व एमालेबाट ७४ र पूर्व माओवादीबाट ७१ गरी १ सय ४५ जनाको जिल्ला कमिटि बनाइएको छ…


नुवाकोटमा ‘इच्छुक’को सम्झनाः

krishna sen journalist nepal

विदुर/पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को योगदानको चर्चा गर्दै सोमबार नुवाकोटमा १७ औ स्मृति दिवस बनाइएको छ । सहिद कृष्णसेनको सम्झनामा प्रेस संगठन नेपाल जिल्ला शाखा नुवाकोटको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले देशमा भएको परिवर्तनलाई संस्थागत गरी देशमा समृद्धि कायम भएमात्र सहिदका सपना पूरा हुने धारणा राखेका छन् । अन्तरक्रिया कार्यक्रममा सहभागीहरु बुद्धिजीवी, पत्रकार, राजनीतिज्ञ लगायतका व्यक्तिहरुले पत्रकार सेनले साहित्य र पत्रकारितामार्फत् देशको शासन व्यवस्था परिवर्तनमा भूमिका खेलेको धारणा राखेका छन् । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नं. प्रदेश कमिटि सदस्य सुभद्रा नेपालले पत्रकार सेनको निडर अनि साहसिक…


‘जव कार्यकर्ताका गुनासो र तिक्तता एकै पटक पोखिए’

cpuml nuwakot interaction

विदुर / शनिवार नेपाल कम्युनिष्ट पार्टीको विदुर नपा-१ बान्द्रेमा रहेको पार्टी कार्यालयमा नेकपाका नेता तथा कार्यकर्ताको घुँइचो लाग्यो । त्यहाँ नेकपाका ३ नं. प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यसहित सह-इन्चार्ज हितबहादुर तामाङ र अन्य नेताहरु पनि थिए । साथमा नेकपाबाट स्थानीयतहमा निर्वाचित जनप्रतिनिधि र अन्य कार्यकर्ता पनि । स्थानीय निर्वाचन सकिएको लामो समयसम्म पनि नेकपा र जनप्रतिनिधिवीच हुन नसकेको जमघट शनिवार बान्द्रेमा देखिएको थियो । पार्टी र जनप्रतिनिधिवीच अन्तरसम्वन्ध तथा जनमुखी योजना निर्माण सम्वन्धी प्रशिक्षणको आयोजना गरी नेकपाले आफ्ना जनप्रतिनिधिहरुलाई जनमुखी योजना र प्रभावकारी, दीगो र सबैको मन छुने योजना कार्यान्वयन गर्न…


पूर्व सांसद पण्डितको अन्त्यष्टी

death body of ganesh pandit cpuml nepal nuwakot

विदुर / नुवाकोटका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गत मङ्गलबार हृदयाघातका कारण उनको निधन भएको थियो । पशुपति आर्यघाटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल लगायत नेता सहभागी थिए । उनको पार्थिव शरीरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको झण्डा ओढाएका थिए । उनको पार्थिव शरीरमा उनका छोरा राजकुमार, किशोर र दिनेश पण्डितले दागबत्ती दिएको प्रदेशसभा सदस्य केशव पाण्डेले जानकारी दिए । नुवाकोट जिल्ला शिखरबेंसी गाविस वडा नं. ६ मा २००३ साउन ३२ गते बुबा सूर्यबहादुर र आमा मानकुमारीबाट…


कम्युनिष्ट पार्टीको कार्यपत्र प्रस्तुत गर्न लोहनी घानामा

rajendra prakash lohani cpuml

विदुर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पुर्व सासंद राजेन्द्रप्रकाश लोहनी बिहिवार फ्लाई दुबई एरलाईन्सबाट अफ्रिकाको घाना प्रस्थान गरेका छन् । घानामा पपुलर ऐजुकेशन एट द कम्युनिटि लेबल संस्थाको निमन्त्रणामा २५ जनवरी देखि १६ फेब्रवरी २०१९ सम्म हुने सामुदायिक उच्च शिक्षा बिषयक अन्तक्रियामा नेपालको तर्फबाट लोहनीले नेपालमा कम्युनिष्ट पार्टीको ईतिहास र वर्तमानको विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रममा सहभागी हुन लोहनीको साथै काठमाडौ जिल्ला समन्वय समितिका उपाध्यक्ष सरिता दाहाल पनि रहेका छन् । विश्वभरका १५ देशका ५० जना कम्युनिष्ट नेताहरुको सहभागीता रहनेछ । उक्त कार्यक्रम घानामा २१ दिन सम्म…


नेकपाका २२ जनसंगठन : अधिकांशको एकीकरण साउनभित्रै

CPN UML Pary Office Kathmandu

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकांश भ्रातृसंगठनको एकीकरण साउनभित्रै गर्ने तयारी थालेको छ । एकताका लागि गठित कार्यदललाई साउनभित्रै एकीकरण गरिसक्न निर्देशन दिइएपछि सोहीअनुसार काम अघि बढिरहेको कार्यदल सदस्यहरूले बताए । निर्देशनलगत्तै शनिबार तत्कालीन एमाले र माओवादी केन्द्रका इन्जिनियरहरूको भ्रातृसंगठनबीच एकता भएको छ । यसैबीच, प्रेस चौतारी र प्रेस सेन्टरको एकीकरण तयारी अन्तिम चरणमा पुगेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । ‘हामीले सकेसम्म साउनभित्रै एकता सम्पन्न गरिसक्न निर्देशन दिएका छौँ,’ नेकपाका महासचिव विष्णु पौडेलले भने, ‘विधान र नियमावली प्रकाशन भइसकेकाले अब भ्रातृसंगठन र तल्ला कमिटीहरूको एकता प्रक्रिया…


पञ्चकन्याको कविलासमा राष्ट्रिय धान दिवस मनाईयो

हरि भेटवाल । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका-२ कविलासको सहरेटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा रोपाइँ कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाईएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभा सदस्य तथा नेकपा नेता खेमलाल भट्टराई रहनुभएको थियो । रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपालमा कृषिमा आधुनिकिकरण गरि अघि बढनुपर्ने र धानमा आत्मनिर्भर हुनुपर्ने नुवाकोट कृषिको उर्बरा भुमि भएकोले कृषिमा यन्त्रिकरण गरि अघि बढि उत्पादन बढाउन पर्ने नेता भट्टराईले बताउनुभयो । कार्यक्रममा विशेष अतिथि नेकपा नेता केपि लामिछाने, वडा नं. २ का वडाध्यक्ष ध्रुव मिश्र, वडा नं. ३ का वडाध्यक्ष रामगोपाल पराजुली, तादी गापाका-३…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS