पत्रकारीता

 
 

विधागत तथा खोजमूलक पत्रकारितामा लाग्नुपर्ने अध्यक्ष खनालको भनाई

nuwakot journalist

विदुर/ नुवाकोट जिल्लामा पत्रकारिता क्षेत्रमा भर्खरै लाग्दै गरेका पत्रकारहरुले बैठकको थालनी गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालको प्रमुख आतिथ्यमा भएको बैठकमा नुवाकोट जिल्लामा विधागत तथा खोजमूलक पत्रकारिता, स्रोत र साधन पर्याप्त रुपमा रहेकाले सशक्त र मर्यादित ढंगले पत्रकारितामा कलम चलाउनुपर्ने बताउनुभयो । बैठकमा नुवाकोटका मिडिया हाउस र पेशागत पत्रकारको विगत र वर्तमानको चर्चा अध्यक्ष खनालले गर्नुभएको थियो । कार्यक्रममा रेडियो संजीवनीका स्टेशन म्यानेजर गमला लामाले पेशामा अवसर र चुनौती दुवै रहेकाले संयमित भएर पेशामा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुले बैठकलाई नियमित तथा…


साझा समाचार दैनिक विमोचित

sajha samachar patrika

पर्सा/ ‘साझा समाचार’ दैनिक पत्रिकाको प्रकाशन शुक्रबारदेखि आरम्भ भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले पत्रिका विमोचन गर्दै शोषितपीडित र निमुखाको आवाज बन्दै सत्यतथ्य र निष्पक्ष समाचारको संवाहकका रुपमा आफ्नो पहिचान बनाउन आग्रह गर्नुभयो । मोफसलमा रहेका सञ्चारकर्मीको क्षमता वृद्धिप्रति सरकार र गैरसरकारी संघ संस्थाले ध्यान दिनुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।


प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह

Building of Federation of Nepali Journalists

महेन्द्रनगर/नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नं २ ले पत्रपत्रिकाको वर्गीकरण गर्दा प्रदेश नं २ का पत्रिकालाई राहतपूर्ण सूचीमा राख्न प्रेस काउन्सिल नेपालसँग आग्रह गरेको छ । प्रादेशिक समितिका अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा जनकपुरमा बसेको बैठकले गत वर्ष आएको बाढीका कारण प्रदेश २ का सञ्चारमाध्यम प्रभावित भएको तथ्य मनन गर्दै विनाभेदभाव वर्गीकरण गर्न सुझाव दिएको छ । पत्रकार महासंघ प्रादेशिक समितिको कार्यालय व्यवस्थापन तथा सञ्चालन प्रदेश २ को प्रशासनिक मुख्यालय जनकपुरमा गर्ने भएकाले त्यसको लागि आवश्यक व्यवस्थापनको जिम्मा महासचिव किरण कर्ण र कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक सामग्रीको व्यवस्थापनको जिम्मा…


पत्रकार रुपेशचन्द्र खनालको निधन

FNJ Rupesh Khanal

चितवन/पत्रकार रुपेशचन्द्र खनालको ३२ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । उच्च रक्तचाप, मधुमेहलगायतको समस्याका कारण चितवन मेडिकल कलेजमा उपचाररत खनालको उपचारकै क्रममा निधन भएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाका साधारण सदस्य र नेपाल प्रेस युनियन चितवनका केन्द्रीय पार्षद् खनालले भरतपुरको हाम्रो एफएम र कावासोतीको मध्यबिन्दु एफएममा समाचार शाखामा रहेर काम गर्नुभएको थियो । पछिल्लो समय राजनीतिक क्षेत्रमा क्रियाशील खनाल नेपाली काँग्रेस चितवनको क्षेत्रीय प्रतिनिधि र नेपाल विद्यार्थी संघ चितवनको उपाध्यक्षका रुपमा काम गर्दै आउनुभएको थियो । खनालको आज देवघाटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ । खनालको…


प्रेस काउन्सिल ऐन समयसापेक्ष संशोधन हुँदै

Building of Federation of Nepali Journalists

काठमाडौँ/पत्रकारिताको पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा संवद्र्धनका लागि गठित प्रेस काउन्सिल ऐन समयसापेक्ष संशोधन हुँदैछ । २०४८ सालमा काउन्सिलसम्बन्धी जारी ऐन छापामाध्यममा केन्द्रित भएको भन्दै त्यसलाई समयसापेक्ष संशोधन गर्न लागिएको काउन्सिलले जनाएको छ । काउन्सिल पत्रकार आचारसंहिता उल्लंघनका विषयमा उजुरी सुन्ने, सोउपर अध्ययन अनुसन्धान गरी कारबाही गर्ने, आचारसंहितासम्बन्धी जागरण अभियान सञ्चालन गर्ने, आमसञ्चार माध्यममा आचारसंहिताको अनुगमन गर्ने, पत्रकारिताको विकासका लागि सरकारलाई सुझाव दिने निकाय हो । प्रसारण माध्यमको तीव्र विकास भइसकेको अवस्थामा २६ वर्षसम्म नयाँ ऐन आउन नसकेको सन्दर्भमा काउन्सिलले ऐन संशोधनको गृहकार्य…


द्वन्द्वपीडित पत्रकारका छोराछोरीको प्रश्न:‘हाम्रा बाबुको हत्यारालाई कारबाही किन भएन ?’

Building of Federation of Nepali Journalists

काठमाडौँ – रोल्पाका बसन्त रोक्कामगर अहिले २० वर्षका भए । आफू दूधेबालक हुँदा बेपत्ता पारिएका बाबुको अवस्थाका बारेमा अहिले कसैले खोजेर सहयोग गरिदियोस् भन्दै उनी याचना गरिरहेका छन् । रोल्पा सदरमुकाम लिवाङमा भेटिएका उनले भने, “मेरो बाबालाई अपहरण गरी बेपत्ता पारियो, पछि उहाँलाई मारियो भन्ने छ, उहाँको अवस्थाबारे कसैले खोजिदियोस्, खोजेर सहयोग गरोस् भन्ने आशा गरेको छु ।” रोल्पाका धनबहादुर रोकाया मगर रेडियो नेपालको क्षेत्रीय प्रसारण सुर्खेत केन्द्रमा खाममगर भाषाको समाचार वाचन गर्थे । आफ्नो गृह जिल्लाको सदरमुकाम लिवाङमा रहेको परिवार भेटेर सुर्खेत फर्कंदा उनी २०५९ साउन १९ गते प्यूठानको…


पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी

Building of Federation of Nepali Journalists

महेन्द्रनगर, धनुषा/नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनमा निर्माण गरिएको चौहान नेतृत्वको प्यानल शनिबार सम्पन्न भएको प्रदेश निर्वाचनमा विजयी भएको हो । अध्यक्ष पदमा चौहानले ३४४ मत ल्याउनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी मधेशवादी संगठनका वीरेन्द्र रमणले २४७ र अर्का उम्मेदवार विजय कुशवाहाले ११७ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपाध्यक्षमा केसी लामिछाने ४६४, महिला उपाध्यक्षमा रिंकु मिश्र गायत्रीले ४११, महासचिवमा किरण कर्णले ४१९, खुला सचिवमा गुरुप्रसाद गौतमले ४२९, समावेशी सचिवमा रामनारायण…


चौतारीमा कारवाहीको चेतावनी

Building of Federation of Nepali Journalists

काठमाडौँ/ नेपाल पत्रकार महासंघको आज हुने प्रदेश निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध संगठनका केही पदाधिकारीले अन्य संगठनसँग वार्ता गरी विज्ञप्ति सार्वजनिक गरेको भन्दै प्रेस चौतारी नेपालले कारवाहीको चेतावनी दिएको छ । नेतृत्वको अनुमतिविना कुनै पनि संगठनसँग वार्ता, छलफल, माइन्युट र विज्ञप्ति सार्वजनिक गर्न नपाइने वैधानिक व्यवस्थाविपरीत संगठनका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद नेपाल, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव राजेश राई, उपमहासचिव रामकुमार एलनलगायत पदाधिकारीको सहभागितामा अराजनीतिक र विधानविपरीतका कार्य भएको भन्दै चौतारीका अध्यक्ष गणेश बस्नेतले विज्ञप्तिमार्फत कारवाहीको चेतावनी दिनुभएको हो । महासंघको निर्वाचनमा प्रदेश नं ७ का अध्यक्षमा चौतारीका हरिप्रसाद जोशीलाई उम्मेदवार बनाउन अध्यक्ष…


नेपाल पत्रकार महासंघ प्रदेश नं ३ को निर्वाचन नुवाकोटमा जारी (फोटोफिचर)

नुवाकोट । नेपाल पत्रकार महासंघ प्रदेश नं ३ का लागि अध्यक्ष पदको निर्वाचन नुवाकोटमा जारी रहेको छ । नुवाकोटमा १ सय ३८ मतदाता रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले बताउनुभयो । निर्वाचन नुवाकोटमा पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको सभा हलमा मतदान भइरहेको रहेको छ। अध्यक्ष पदमा मात्र मतदान भइरहेको मतदान अपराह्न ४ बजेसम्म तोकिएको छ। अन्य पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भैसकेका र अध्यक्ष पदका लागि मात्रै निर्वाचन चलिरहेको छ। तीन नम्बर प्रदेशका अध्यक्ष पदका उम्मेदवारहरुमा गिरिजाप्रसाद अधिकारी र प्रताव बिष्ट रहनुभएको छ।  


रसुवामा नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेशको निर्वाचन जारी

FNJ Chapter Rasuwa

रसुवा । नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेशको निर्वाचन रसुवामा जारी रहेको छ। अहिले १२:३० बजे सम्ममा कुल ४६ जना मतदाता रहेको रसुवा साखामा हालसम्म ४० प्रतिशत बढी मत खसेको केन्द्रिय प्रतिनिधि श्रीराम नेपालले बताउनु भयो । अन्य पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भैसकेका र अध्यक्ष पदका लागि मात्रै निर्वाचन चलिरहेको छ। तीन नम्बर प्रदेशका अध्यक्ष पदका उम्मेदवारहरुमा गिरिजाप्रसाद अधिकारी र प्रताव बिष्ट रहनुभएको छ। निर्वाचन सदरमुकाम धुन्चेमा चलिरहेको छ ।


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS