पत्रकार

 
 

राष्ट्रिय दलित पत्रकार संघमा विश्वकर्मा

dalit journalist dhading

धादिङ – पत्रकार हरि विश्वकर्माको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ नेपाल गठन भएको छ । प्रथम जिल्ला भेलाबाट राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं.३ जिल्ला शाखा धादिङको अध्यक्षमा विश्वकर्मा चयन भएका हुन् । विश्वकर्मा  अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा याकराज मग्राती, सचिवमा शुसिला विश्वकर्मा, सहसचिव रोशनी नेपाली र कोषाध्यक्षमा अनिल कुमार नेपाली रहेका छन् ।सदस्यहरुमा कोपिला बिसुन्के, सिता विक, रञ्जना परियार, कुमार विश्वकर्मा रहेका छन् । लोकतन्त्रको मुल आधार समान सहभागिता र विभेद मुक्त समाज, अभिव्यत्ति स्वतन्त्रता र मर्यादित पत्रकारीतामा हाम्रो आवाजका साथ दलित पत्रकारको पेशागत हकहित र सुरक्षाका लागि संघको…


“श्रमजिवी पत्रकारको हकहितका लागि कार्यविधि बन्दै”: रजिष्ट्रार सापकोटा

Office of the Press-Registrar Province 3

हेटौंडा – देशैभरका सातैवटा प्रदेशहरुमध्ये पहिलोपटक सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ ले श्रमजिवी पत्रकारको हितका लागि विभिन्न कार्यविधिहरु बनाउन लागेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत प्रेस रजिष्ट्रारको कार्यालयले श्रमजिवी पत्रकारलाई पेशामा टिकाइ राख्नका लागि कार्यालयले विभिन्न योजनाहरु अघि सारेको रजिष्ट्रार रेवती सापकोटाले बताउनुभयो । पत्रकारहरुको क्षमता विकास तालिम, आर्थिक अनुदान लगायतका सेवा, सुविधाको रुपमा अघि सारिएको विभिन्न योजनाहरुबारे जानकारी दिँदै प्रदेश अन्तर्गतका सबै जिल्लामा क्रियाशील पत्रकारहरुका लागि यसै वर्षदेखि कार्यक्रमहरु कार्यान्वयनमा ल्याइने बताउनुभयो । कार्य क्षेत्रमा कुनै पनि श्रमजिवी पत्रकार दुर्घटनामा परेमा सहयोग गर्नका लागि रजिष्ट्रारको…


आर्थिक पत्रकार समाज नेपालकोअध्यक्षमा गौतम निर्वाचित

sejon new elected members

काठमाडौं । आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा भीमप्रसाद गौतम निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा गौतमले अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गर्दै अध्यक्ष पदका लागि विजयी भएका हुन् । निर्वाचनमा कुल २ सय ३३ मत खसेकोमा गौतमले १ सय २० र ढकालले १ सय १० मत प्राप्त गरेका थिए । ३ मत अध्यक्ष पदका लागि कुनै पनि मत खसेन । त्यस्तै महासचिवमा सुजन ओली निर्वाचित भएका छन् । ओलीले अर्का प्रत्यासी अच्युत पौडेललाई ४० मतले पराजित गरे । ओलीले १ सय ३५ र पौडेलले ९५…


एफएनपीजे धादिङको अध्यक्षमा मनिष

manish fnpj dhading

धादिङ / नेपाल फोटो पत्रकार संघ धादिङको अध्यक्षमा मनिष दुवाडी सर्वसम्मतमा चयन भएका छन् । आज भएको दोस्रो अधिवेशनबाट अन्नपुर्णपोष्ट दैनिकका दुवाडीलाई अध्यक्षतामा सर्वसम्मतमा अध्यक्षमा निर्वाचित चयन भएको हो । उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिव सरिता श्रेष्ठ, सहसचिव गोमा थापा र कोषाध्यक्षमा रामकुमार थापा निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा  विपिन मल्ल, सुशिला विश्वकर्मा, सुशिल थापा, विष्णु कुमार श्रेष्ठ रहेका छन् । नेपाल फोटो पत्रकार संघ धादिङमा ४३ जना सदस्य रहेका छन् ।


फोनिजको २०औं स्थापना दिवस: मातृभाषा पुस्तामा हस्तान्तरण हुनुपर्ने जोड

20th anniversary fonij nuwakot interaction program

विदुर । नेपाल आदिवासी जनजाति पत्रकार महांसघ (फोनिज)को २०औं स्थापना दिवसको अवसरमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयक अन्तरक्रिया भएको छ । कार्यक्रममा पुस्ता हस्तान्तरणसँगै जातीय समुदायको मातृभाषा पनि हस्तान्तरणमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जनजाति तथा गैर-जनजाति समुदायले पहिचानको लागि आफ्नो भाषाको प्रयोग व्यवहारमा उतार्नुपर्ने धारणा व्यक्त गरे । धर्म, कला, संस्कृतिको विकाससँगै जातीय भाषा लोपोन्मुख हुँदै गईरहेको बताए । समुदायको भाषा सम्बर्द्धन र विकासको लागि राज्यले संरक्षण गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघका जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले…


पत्रकार शिव देवकोटा पुरस्कृत

shiva devkota nuwakot jagaran uttargaya daily

काठमाण्डौ / गन्तव्य नेपाल साप्ताहिकको १५ औ बार्षिकोत्सव अवसरमा पत्रकार शिव देवकोटा “गन्तव्य नेपाल पत्रकारिता पुरस्कार २०१९”बाट सम्मानित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरगया दैनिक तथा नुवाकोट जागरण साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक देवकोटालाई पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासमा पत्रकारिताको माध्यमबाट योगदान दिनुभएकोले उक्त पुरस्कारबाट पुरस्कृत गर्नुभएको हो । त्यस्तै, सगरमाथा टेलिभिजनका बरिष्ठ समाचारदाता श्रीकृष्ण सुबेदी, शिवपुरी मिडिया नेटवर्कका रबिन प्रसाद थपलिया, शारदा प्रिन्टीङ प्रेसका भिम प्रसाद सापकोटलाई सम्मान गरिएको छ । प्रचण्डले नेपालको पर्यटन विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । अध्यक्ष दाहालले नेपालको वीवीधता…


नुवाकोटमा ‘इच्छुक’को सम्झनाः

krishna sen journalist nepal

विदुर/पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को योगदानको चर्चा गर्दै सोमबार नुवाकोटमा १७ औ स्मृति दिवस बनाइएको छ । सहिद कृष्णसेनको सम्झनामा प्रेस संगठन नेपाल जिल्ला शाखा नुवाकोटको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले देशमा भएको परिवर्तनलाई संस्थागत गरी देशमा समृद्धि कायम भएमात्र सहिदका सपना पूरा हुने धारणा राखेका छन् । अन्तरक्रिया कार्यक्रममा सहभागीहरु बुद्धिजीवी, पत्रकार, राजनीतिज्ञ लगायतका व्यक्तिहरुले पत्रकार सेनले साहित्य र पत्रकारितामार्फत् देशको शासन व्यवस्था परिवर्तनमा भूमिका खेलेको धारणा राखेका छन् । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नं. प्रदेश कमिटि सदस्य सुभद्रा नेपालले पत्रकार सेनको निडर अनि साहसिक…


पत्रकारद्वारा विद्यार्थीको अभिभावकत्व ग्रहण

education donate shiva devkota nuwakot

विदुर, नुवाकोट / पत्रकार शिव देवकोटाले च्वाडी पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत एक विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । देवकोटा उत्तरगया दैनिक र नुवाकोट जागरणका सम्पादक हुन् । च्वाडी मावि कक्षा २ मा अध्ययनरत छात्र प्रितम तामाङको पत्रकार देवकोटा र समाजसेवी रामप्रसाद ढकालले प्रितमकी दिदी कक्षा ६ मा अध्ययनरत पुजा तामाङको अभिभावकत्व ग्रहण गरेका हुन् । देवकोटा र ढकालले विपन्नताका कारण शिक्षा प्राप्त गर्ने अवस्थाबाट बञ्चित हुन नदिन दिदीभाईको अभिभावकत्व ग्रहण गरेको जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक टिकाराम खरेलका अनुसार पत्रकार देवकोटालाई विद्यालयको आग्रहमा तामाङले विद्यालयमा अध्ययन गरुञ्जेलसम्म नियमित खाजासहित अध्ययनका लागि लाग्ने…


तीन पत्रकारलाई फोनिजको सम्मान

fonij Federation of Nepalese Indigenous Journalists

विदुर / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नं. प्रदेशको प्रथम महाधिवेशनको अवसरमा अग्रज पत्रकार दोलखाका राजेन्द्र मानन्धरलाई सम्मान गरेको छ । कान्तिपुर दैनिकमा क्रियाशील मानन्धरलाई फोनिज पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि हितबहादुर तामाङ, फोनिजका संघीय अध्यक्ष दण्ड गुरुङ, सांसद बहादुरसिंह लामा लगायतले ५ हजार नगदसहित दोसल्ला ओढाएर पुरस्कार प्रदान गरेका थिए । नुवाकोट चौघडामा जन्मिएका मानन्धर लामो समयदेखि दोलखामा पत्रकारितामा सक्रिय छन् । सम्मानपछि बोल्दै मानन्धरले नुवाकोटमा जन्मिएर दोलखालाई कर्मथलो बनाउँदै आएपनि फोनिजले नुवाकोटमै ल्याएर सम्मान गरेकोमा आभार व्यक्त गरे । यस्तै आदिवासी जनजाति…


फोनिजको ३ नं. प्रदेश महाधिवेशन सम्पन्न

FoNIJ - Federation of Nepalese Indigenous Journalists

विदुर / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ३ नं. प्रदेशको प्रथम महाधिवेशन नुवाकोट सदरमुकाम विदुरमा शनिवार सम्पन्न भएको छ । अधिवेशनले पेमा लामाको अध्यक्षतामा २० सदस्यीय नयाँ प्रदेश समिति निर्विरोध निर्वाचित गरेको छ । महाधिवेशनले उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा अञ्जु डिम्दोङ, महासचिवमा सुरजकुमार भुजेल, संगठन सचिवमा पूर्णिमा स्याङ्वा, संस्थागत सचिवमा श्याम रानामगर र कोषाध्यक्ष पूर्णभक्त दुवाल चयन भएका छन् । यस्तै खुल्ला सदस्यहरुमा बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, साहिला तामाङ, रामशरण माझी,महिला सदस्यहरुमा लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुञ्जला पुलामी चयन भएका छन् । यस्तै संस्थागत सदस्यहरुमा डोल्मा शेर्पा, राजेश रुम्वा…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS