पहिरो

 
 

नुवाकोटमा ७ घर पहिरोले बगायो, १६ घर उच्च जोखिममा, सेनाद्वारा दुई जनाको उद्दार

chetang dupcheshwor flood nuwakot

चेताङ, दुप्चेश्वर / नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ को चेताङमा सुख्खा पहिरोमा फसेका दुई जनालाई सेनाद्वारा उद्दार गरेको छ । उद्दार गरिएकोमा दुप्चेश्वर गापा-१ का दोर्जे शेर्पा र श्रीमती पाङ्जेन शेर्पा भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । दुवै जना पहिरोभन्दा पारीको खोलाको बिचमा रहेकोले नेपाली सेनाको एनए-०५७ नम्बरको नाईटभिजन हेलिकप्टरबाट सबा ७ बजे उद्दार गरी सदरमुकाम विदुरस्थित सन्यै तालिम केन्द्र मैथली ब्यारेकमा ल्याई थप उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ । दुवैको स्थिती सामान्य रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । पहिरो गएको चेताङ नुवाकोट, रसुवा र सिन्धुपाल्चोकको सिमाना नजिक रहेको छ। पहिरो आज मध्यान्ह १२:३० बजेतिर गएको…


नुवाकोट पहिरोको उच्च जोखिममा

Flood Disaster Nuwakot

विदुर / नुवाकोट विपत लगायतका प्राकृतिक घटनाहरुमध्ये पहिरोको उच्च जोखिमा रहेको प्रतिवेदन सार्वजनिक भएको छ । मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैंठकमा छलफलको लागि पेश गरेको प्रतिवेदनमा जिल्लामा रहेको सबै स्थानीयतह पहिरोको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटको लागी जर्मन सहयोग नियोग जिआईजेडले तयार गरेको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ प्रतिवेदन अनुसार पहिरो लगातयका घटनाबाट प्रभावित हुनसक्ने अनुमानित घरधुरी चार हजार २ सय घर परिवार रहेको र त्यो मध्ये ४ सय ५० घरधुरी विस्थापित हुनसक्ने अनुमान गरिएको छ भने पूर्वतयारी स्वरुप एक करोड ३४ लाख…


पैंतीस किलोमा सडक अवरुद्ध

विदुर / नुवाकोटको ककनी गाउँपालिका-४ पैंतीस किलो जुरेथुम भन्ने स्थानमा पहिरो गइ सडक अवरुद्ध भएको छ । अविरल वर्षाको कारण पासाङल्हामु राजमार्ग अन्तर्गत काठमाण्डौ-ककनिकाे सडकखण्डमा पहिरो गई सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सडक खुलाउन कोसी एण्ड नेपाल कन्ट्रक्सनसँग समन्वय भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।


तिरतिरे भिरमा पहिरो, ६ घर उच्च जोखिममा (भिडियो)

विदुर / विदुर नगरपालिका-१० को तिरतिरे भिरमा आज बिहान गएको पहिरोको कारणले छ घर उच्च जोखिममा परेको छ । पासाङल्हामु राजमार्ग अन्तर्गत पर्ने सडक अवरुद्ध भएसँगै गैरिखर्कबस्तिका १४ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बस्ति संरक्षणका लागि कुनै ठाेस निर्णय नभएसम्म बाटो खुलाउन नदिने स्थानियले बताएका छन् । बस्ति नै जोखिम हुने गरी सडक विस्तार गरेको भन्दै स्थानीयले सम्बन्धित निकायमा पहल गर्दा पनि बेवास्ता गरेको स्थानीयवासीको आरोप रहेको छ । सडक अवरुद्धले रसुवा, केरुङ लगायतका सवारीसाधन अलपत्र परेको छ ।


स्याफ्रु–रसुवागढी राजमार्ग बन्द

रसुवा/सुक्खा पहिरोका कारण केहीबेर अगाडि स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग बन्द भएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीस्थित स्वास्थ्य चौकी नजिकको सडकमा पहिरो जाँदा नेपाल–चीनबीचको यो व्यापारिक मार्ग बन्द भएको हो । प्रजिअ कृष्ण पौडेलको नेतृत्वमा अहिले जिल्लास्तरीय टोलीले सडक खुलाउने प्रयास जारी राखेको प्रहरी प्रमुख थापा क्षेत्रीले बताउनुभयो । साँघुरो सडक क्षेत्रमा ट्राफिक समस्या बढ्ने भएकाले केरुङबाट मालवस्तु लिएर आएका ट्रकलाई टिमुरेमा र मालवस्तु लिन केरुङ जाने सवारीसाधनलाई बेत्रावतीमा रोकी राखिएको छ । केहीबेर अगाडि सुक्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको बताइएको छ ।  (रासस)


थप्रेक–सुन्दरा जोड्ने झोलुंगे पुल क्षतिग्रस्त

बर्षाको पानीसँगै आएको पहिरोले थप्रेक र सुन्दरादेवी जोड्ने झोलुंगे पुलमा क्षति पुगेको छ । पहिरोको कारण पुल क्षतिग्रस्त भएपछि नागरिकहरुलाई आवतजावत गर्न समस्या भएको छ । थप्रेक गाविसको ४ ओटा वडा र वालकुमारी गाविसको ३ वटा वडाका नागरिकहरुले प्रयोग गर्ने गरेको पुल पहिरोका कारण क्षति ग्रस्त भएपछि स्थानीय नागरिकहरुलाई सुन्दरादेवी गाविसमा आवत जावत गर्न समस्या भएको स्थानीय माधव अधिकारीले बताए । पहिला १५/२० मिनेटमा ओहोर दोहोर गर्ने गरेको तर अहिले पुलमा क्षती पुगे पछी दुई तिन घण्टाको बाटो तय गर्नु पर्ने बाध्यता थप्रेक, बालकुमारी र सुन्दरादेबिका नागरिकहरुको बाध्यता रहेको स्थानिय माधब…


सडक सञ्चालनको लागि तीन दिने श्रमदान

पासाङ्गल्हामु राजमार्ग अन्र्तगतको रसुवा मुलखर्क र राम्चेमा पहिरोका कारण यातायातका साधन सञ्चालनमा देखिएको समस्या हटाउनका लागि सरकारी कर्मचारी, राजनीतिक दलका कार्यकर्ता तथा नागरिकहले श्रमदान थालेका छन् । तीन दिनसम्म सञ्चालन हुने उक्त अभियानको बुधवारदेखि शुक्रवारसम्म चलेको थियो । अभियान अन्र्तगत पहिरो र हिलोका कारण यातायातका साधनलाई आवतजावतमा भएको समस्या हटाउनका लागि ढुङ्गा ओछ्याउने कार्य भइरहेको छ । चार किलोमिटर पहिरो र हिलोयुक्त सडकलाई केही सजिलो पार्नका लागि ढुङ्गा ओछ्याउने कार्य थालिएको हो । अभियानमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका कार्यकर्ता, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, सरकारी कर्मचारी तथा…


धुन्चे पुग्न यात्रुलाई सास्ती

पासाङ्ल्हामु राजमार्ग अन्र्तगतको राम्चे र मुलखर्कमा भत्किएको सडकको कारण रसुवा सदरमुकाम धुञ्चे पुग्न र यता आउनका लागि यात्रुहरुलाई समस्या भएको छ । खर्वा सुरु भएसंगै आएको पहिरो र हिलो बाटोका कारण यात्रुहरुलाई सास्ती भएको छ । साना बरावरी साधन देखि चीनबाट आएको सामाग्री ओसार्ने ठूला कन्टेनरको बढ्दो चाँप र भत्किएको सकडकका कारण कतिपय यात्रुहरुको बास पहिरोको बीचमा भइरहेको छ । एक लेनको उक्त सडक खण्डमा दुई तर्फी यातायातलाई आलोपालो गराउनु पर्ने र आर्थिक वर्ष सकिनै लाग्दाको समयमा बढ्दो आवातजावतका कारण सडकमा भिड लागेको छ । हिजोआज चार किलोमिटरको उक्त पहिरो…


नुवाकोटको २१ गाविस पहिरोको जोखिममा

नुवाकोट जिल्लामा रहेको ६१ वटा गाउँ विकास समिति र एउटा नगरपालिका मध्ये २५ वटा गाउँ विकास समिति पहिरोको उच्च जोखिममा रहेको आन्तरिक अध्यायनको प्रतिवेदन तयार भईरहेको छ । जिल्ला विकास समिति, जिल्ला दैवी प्रकोप उद्धार समिति र जिल्ला प्रशासन कार्यालयको टोलीको अध्यायनले २५ गाविसलाई यो वार्खामा पहिरो उच्च जोखिमको रुपमा राखेको छ । खानी तथा भुगर्भ विभागको अध्यायन पनि जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलका अनुसार विभागले पठाएको प्रतिवेदनले जिल्लाको ११ वटा गाउँ विकास समितिका २८ स्थाालाई पहिरोको उच्च जोखिममा राखेको छ ।…


२१ को उद्धार

विदुर, १९ असार । धादिङको री गाविसको चेप्राङमा फसेका २१ जनाको उद्धार गरिएको छ । शनिबार सेनाले १४ जनालाई हिँडाएर सुरक्षित ठाउँमा लगेको थियो । सेनाले आज हेलिकोप्टर मार्फत बाँकी ५ जनाको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताउनुभएको छ । उहाँका अनुसार पहिरोमा प्रभावित भएका सबैलाई री गाविसका सामूहिक आवासमा राखिएको छ । उनीहरुलाई कसरी पुनर्स्थापना गर्ने भन्ने बारेमा बैठक बसेर निर्णय गनुपर्ने उहाँले बताउनुभएको छ । गएको बुधबार राती चेप्राङ गाउँमा गएको पहिरोमा २१ जना फसेका थिए ।


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS