पुनर्निर्माण

 
 

धरहराको पुनर्निर्माण सुरु, ३ अर्ब ३८ करोड लागत

Dharahara Nepal

काठमाडौं । भुकम्पले भत्काएको करिव साढे ३ बर्षपछि आज धरहराको शिलान्यास भएको छ । आज एक कार्यक्रममा बीच प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पुनर्निर्माणका लागि शिलान्यास गर्ने भएका हुन । जिआइइटिसी–रमन जेभीले पुनर्निर्माणको काम सुरु गरेको धरहरा आगामी २ बर्षमा पुनर्निर्माण सम्पन्न हुने बताइएको छ । अहिले धरहरा आसपासको भौतिक संरचना हटाउने तथा सरसफाई गर्ने काम भईरहेको र तिहार अगाडीनै औपचारिक शिल्यान्यास गरी पुर्न्निर्माणलाई अघि बढाउने भनिएको भएपनि फाउन्डेसनमा नेपाल टेलिकमको तारले डिस्टर्व गरिरहेको थियो । २२ तलाको बन्ने उक्त धरहराको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्तावमा सबैभन्दा कम…


क्रसर उद्योग बन्द हुँदा पुनःनिर्माणमा कठिनाइ

building construction sand trishuli

नुवाकोट/जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन सर्वोच्च अदालतले दिएको आदेशपछि प्रहरीले बिहीबारदेखि बन्द गराएको छ । जिल्लाभित्र क्रसर उद्योग अवैधरुपमा सञ्चालनमा रहेका र यसबाट वातावरणीय क्षति पुगेको भन्दै बेलकोटगढी–८ का राजेन्द्र चित्रकारले माग गरेको उत्प्रेषण परमादेशअनुसार सर्वोच्चले बन्द गराउन आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र केदारप्रसाद चालिसेको संयुक्त इजलासले जिल्लाको त्रिशूली, तादीलगायत नदीबाट उत्खनन गरी सञ्चालन गरिँदै आएका क्रसर घरेलु उद्योग शाखामा नवीकरण नभएको र कच्चा पदार्थ उत्खननमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र प्रारम्भिक वातावरणीय परीक्षण (आइई) समेत पालना नभएको निवेदकको माग दाबीअनुसार अदालतले क्रसर…


नुवाकोटका ७८ प्रतिशत लाभग्राही पुनःनिर्माणमा व्यस्त

earthquake-pidit

नुवाकोट/विनाशकारी भूकम्प गएको तीनवर्ष पूरा हँुदा क्षति पुगेका आवास पुनःनिर्माणले नुवाकोटमा बल्ल गति लिन शुरु गरेको छ । निर्माण सामग्री र दक्ष जनशक्ति अभाव तथा आवास निर्माण बापत् पाउने अनुदान रकमको वितरण प्रक्रिया प्रभावकारी नहुँदा सुस्त रहेको पुनःनिर्माणले पछिल्लो समय केही गति लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । जिल्लाका ६९ हजार २८९ लाभग्राहीमध्ये हालसम्म घरको जग तहसम्म निर्माण सम्पन्न गरी दोस्रो किस्ताको अनुदान सिफारिश हुनेको संख्या ५० हजार ८९ घरधुरी छन् । आवास निर्माणको जग तह पूरा गरी दोस्रो किस्ताको लागि रु एक लाख ५० हजार पाउन निवेदन…


रसुवामा ८३ प्रतिशत आवास निर्माण

रसुवा/भूकम्पपछिको आवास निर्माण कार्य रसुवा जिल्लामा अगाडि बढिरहेको छ । भवन, आवास तथा शहरी विकास विभागअन्तर्गत रसुवामा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख धीर फडेराका अनुसार भूकम्पले क्षति पु¥याएका ११ हजार ६३३ घरमध्ये ८३ प्रतिशत घरहरुको निर्माण भइरहेको छ । यहाँ आवास पुनःनिर्माणका लागि सम्झौता गरेका १० हजार ७०४ लाभग्राहीमध्ये आठ हजार ८८१ जनाले दोस्रो किस्ता प्राप्त गरिसकेका छन् भने तीन हजार ९९६ घरको तेस्रो किस्ताका लागि प्राविधिक सिफारिश भइसकेको छ । क्रमशः तेस्रो किस्ता भुक्तानी दिने काम अगाडि बढेको छ । रसुवाको पाँच गाउँपालिकामध्ये तेस्रो किस्ता लिनेमा उत्तरगया गापामा…


अनियमितताको आरोपमा ८ प्राविधिकलाई सेवाबाट हटाईयो

विदुर । तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ । भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग तथा परामर्श दिन खटिएका इञ्जिनियरले तोकिएको जिम्मेवारी पूरा नगरेको, लाभग्राहीसँग रकम असुल गरेको, बानी व्यवहार तथा चालचलन गलत रहेको पाइएपछि कारबाही गर्दै आठ जना प्राविधिकलाई सेवाबाट हटाइएको नुवाकोटका एकाइ प्रमुख विदुर खड्काले जानकारी दिनुभयो । कारबाहीमा पर्नेमा इञ्जिनियर किस्पाङ–३ काहुले खटिएका वसन्त घिमिरे, किस्पाङ–५ मनकामना खटिएका शेषनारायण भण्डारी, लिुख–३ सूर्यमती खटिएका धुव्रराज खरेल, मेघाङ–५ सामरी…


तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

नुवाकोट, ३ वैशाख / भारत सरकारको सहयोगमा यहाँको तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पु-याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पु-याएको आवास पुनःनिर्मााण प्राविधिक तथा सामाजिक सहयोग पु-याउन जिल्लाको साविक १९ स्थानीय निकायमा परियोजना सञ्चालनमा आएको जिल्ला संयोजक प्रेमकान्त झाले जानकारी दिनुभयो । “तोकिएको स्थानीय निकायभित्र रहेका कूल २३ हजार ८८ लाभग्राहीको घर पुनःनिर्माण गर्ने योजनासहित पुनःनिर्माण परियोजनाले नुवाकोटमा काम शुरु गरेको छ ।” झाले भन्नुभयो, “कार्यालय एवं सम्पर्क केन्द्रको स्थापना, कर्मचारी नियुक्ति लाभग्राहीको अवस्था सर्वेलाई अघि…


लाङटाङ खतरामुक्त

विनासकारी भुकम्पका बेला ठूलो मानवीय क्षति व्यहोरेको रसुवाको लाङटाङ १५ महिनापछि खतरामुक्त भएको छ । हिमपहिरोले मावन बस्ती नै पुरिएर मरुभूमिझैँ बनेको लाङटाङ क्षेत्रको पर्यटकीय पदमार्ग मर्मत र पुनःनिर्माणपछि आवतजावतमा सहजता भएको छ भने यहाँका बासिन्दाहरु विस्तारै पूरानै लयमा फर्कँदै छन् । लाङटाङमा आन्तरिक तथा वाह्य पर्यटकसमेत जान थालेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले वताए । भुकम्पका बेला लाङटाङका दुई सय जनालाई स्थानान्तरण गरी सदरमुकाम धुन्चे र काठमाडौको स्वयम्भु लगिएकोमा हाल आधा भन्दा धेरै विस्थापित लाङटाङमै फर्किएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । अब पैदल हिँड्न समस्या हुँदैन,…


पक्की घर बनाउन नपाएको गुनासो

गत वर्षको विनासकारी भुकम्पबाट घर भत्केर टहरामा बस्दै आएको पीडितहरुले चाहेर पनि पक्की घर निर्माणमा अघि बढ्न नसकेको गुनासो गरेका छन् । जिल्लाका कतिपय गाविसमा सडक विस्तार भइरहेकोले सडक मापदण्डको बारेमा स्पष्ट हुन नसकेकाले चाहेर पनि घर निर्माण गर्न नसकेको भुकम्प पीडितहरुले बताएका हुन् । मध्य पहाडी लोकमार्गको विस्तारमा नुवाकोटका कतिपय नागरिकहरु भूकम्प पीडितमात्र नभएर बासस्थान समेत नरहेको गुनासो गर्छन् । नुवाकोटको पाटी भञ्ज्याङ छहरे, ढिकुरे, गंगटे, त्रिशुली, सामरी हुँदै धादिङ जोडिने लोकमार्गको सडक सञ्चालनको क्रममा विदुर नगरपालिका र आसपासमा रहेका पूरानो बस्तीहरु विस्थापित हुने भएका छन् । त्रिशुलीदेखि सामरी…


चार सय मौलिक घरको एउटा गाउँ

भूकम्पपछिको पुनर्निर्माणलाई व्यवस्थित रुपमा गर्न आवश्यक रहेको बेलामा नुवाकोटमा भने सम्पदा गाउँको निर्माण गर्ने अभियान सुरु भएको छ । ऐतिहासिक तथा पुरातात्विक महत्वको नुवाकोट दरवार क्षेत्रमा पहिलो चरणमा सम्पदा गाउको निर्माण गरिने भएको छ । शुक्रवार विदुरमा आयोजित कार्यक्रममा सहभागीहरुले नेपाली मौलिकता जोगाउने खालको घर निर्माण गर्नुको साथै व्यवहारमा पनि मौलिकता हुनु आवश्यक रहेको बताएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले भूकम्पको कारण धेरै क्षति भए पनि सम्पदा गाउको रुपमा निर्माण गर्ने अवसर प्रदान गरेको बताउदै यसका चुनौतीहरुलाई पार गरेर अघि बढ्न सके नमूना काम हुने बताए ।…


नुवाकोटका १४ विद्यालय पुर्ननिर्माण हुने

भूकम्प प्रभावित जिल्लामा आगामी मङ्सिरसम्ममा ६ सय ५२ वटा विद्यालयको पुनःनिर्माण हुने भएको छ । जसमा नुवाकोट जिल्लाको १४ बिद्यालय रहेको जिल्ला शिक्षा कार्यालय नुवाकोटका सुचना अधिकारी सुकदेब नेपालले बताए । आगामी मंसिरसम्म भुकम्पबाट क्षति भएका नुवाकोटका १४ विद्यालयहरु पुनः निर्माण हुने भएका छन् । शिक्षा विभागबाट पुनः निर्माण हुने बिद्यालयहरु तोकिने भएकाले कुन, कुन बिद्यालय पुनःनिर्माण हुने भन्ने एकिन नभएको जिल्ला शिक्षा कार्यालय नुवाकोटले जनाएको छ । भुकम्पले नुवाकोटका सबै बिद्यालयहरुमा क्षति पुर्याएको थियो । केही विद्यालयहरु अहिले सामान्य मर्मत गरे पश्चात सञ्चालनमा रहेका छन् भने धेरै बिद्यालयहरु बिभिन्न…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS