प्रदेश नं ३

 
 

प्रदेशस्तरीय योजनाको बारेमा छलफल

pradesh 3 area 2 budget planning discussion nuwakot

विदुर / आगामी आर्थिक वर्ष ३ नं. प्रदेश सरकारले नुवाकोटको क्षेत्र नं. २ मा सञ्चालन गर्ने योजनाको बारेमा विहीवार विदुरमा छलफल भएको छ । आ.व. २०७६/०७७ मा ३ नं. प्रदेशले सञ्चालन गर्ने योजनाको बारेमा नुवाकोट क्षेत्र नं. २ अन्तर्गत रहेका पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवं सरोकारवालावीच छलफल गरिएको हो । कार्यक्रममा सुझाव व्यक्त गर्दै संघीय तथा प्रदेश सांसदहरुले विकास योजना छनौट र कार्यान्वयनमा स्थानीय जनप्रतिनिधिहरु पूरानै शैलीमा प्रस्तुत हुँदा संघीयता कार्यान्वयनमा समस्या रहेको बताएका छन् । ‘देशमा तीन वटा सरकारले काम गरिरहेको छ, प्रतिनिधि सभा क्षेत्र नं. २ का…


प्रदेश नं ३ लाई नेवा: ताम्सालिङ प्रदेश नामाकारण माग

newa tamsaling province name demand

विदुर, नुवाकोट / प्रदेश नं. ३ को नाम “नेवा: ताम्सालिङ” प्रदेश राख्नुपर्ने माग गर्दै नेवा: ताम्सालिङ समन्वय समितिले ज्ञापनपत्र बुझाएको छ । समितिले प्रमुख जिल्ला अधिकारी उद्धबवहादुर थापामार्फत प्रदेश नं ३ का मुख्यमन्त्रि डोरमणि पौडेललाई बुझाईएको हो । नेवार, तामाङ, आदिवासी, जनजाती समुदायहरुको ऐतिहासिक बासस्थल, सभ्यता, सांस्कृतिक र भुगोल रहेको भन्दै प्रदेश नं ३ को नाम नेवा: ताम्सालिङ प्रदेश राख्न माग गरेको छ ।


प्रदेश ३ः वेबसाइट शुभारम्भ

Nepal State3

हेटौँडा/ प्रदेश नं ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको नीति कार्यक्रम, बजेटको बाँडफाँट र अन्य कामकारवाही जनसमक्ष पारदर्शी गर्ने उद्देश्यले www.ocmcmm.p3.gov.np वेबसाइट सञ्चालनमा ल्याएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले सो वेबसाइटको आज शुभारम्भ गर्दै सुशासन, आर्थिक पारदर्शिता एवं जनहितका लागि गरिने विभिन्न नीति कार्यक्रमका साथै भ्रष्टाचार उन्मूलन गर्ने कार्यलाई प्रभावकारी बनाउन सो वेबसाइटले मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 


प्रदेश राजधानीका लागि नुवाकोटमा सम्भाव्यता अध्ययन

Capital of Provience No. 3 Nuwakot

नुवाकोट/प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाव्यता अध्ययन गर्न गठित समितिले आज यहाँको साधन तथा स्रोतको अवस्था एवं विकास निर्माण र प्रशासनिक वस्तुस्थितिको जानकारी लिएको छ । प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका स्थानहरूको अध्ययनका क्रममा समितिका संयोजक दीपक निरौलासहितको सदस्यको टोलीले नुवाकोटको स्थलगत अध्ययन तथा सरोकारवालासँग अन्तरक्रिया गरी भौतिक संरचना, भौगोलिक बनावटलगायतका तोकिएको मापदण्डको तथ्याङ्क संकलन गरेको हो । जिल्लामा रहेका सरकारी भौतिक संरचना र विकास निर्माणको अबस्थाको अध्ययन गरिएको समितिका सभापति निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार राजधानी चयनका लागि सचिवालयमा दर्ता भएका प्रस्तावहरूको…


प्रदेश नं ३ः पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने

nepal province no 3

हेटौँडा/प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५/०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा, विजया केसी र रीता माझीले छुट्टाछुट्टै राखेको संशोधन प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाउनुभएको जिज्ञासा र प्रश्नको जवाफ दिँदै प्रदेश नं ३ मा निजी क्षेत्र र सरकारको साझेदारीमा करीब १०० मेगावाट विद्युत् उत्पादन गर्ने रणनीतिका साथ सरकारले लगानीको वातावरण तयार गरी कार्यान्वयन गर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले रसुवाको हिमाली क्षेत्र लाङ्टाङलगायत…


प्रदेश प्रमुखले शुक्रबार सम्बोधन गर्ने

Anuradha Koirala

हेटौँडा/प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले शुक्रबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । नेपालको संविधानको १८४ धाराको उपधारा २ बमोजिम प्रदेश सरकारको आगामी आव २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रमलाई प्रदेश मन्त्रिपरिषद्ले आज पारित गरेको मन्त्रिपरिषद्को कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताउनुभयो । फोहर विसर्जनस्थल खोजिँदै प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय तहमा फोहोर विसर्जनस्थलका लागि बस्तीबाट टाढा उपयुक्त स्थान छनोट गर्ने काम अघि बढेको बताउनुभएको छ । उहाँले ३ नं प्रदेशसभामा…


प्रदेश नं. ३: “पाँच वर्षसम्म कुनै कर नलिने”

CM Dormani Poudel Chitwan

रत्ननगर/प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा आज सौराहामा आयोजित अन्र्तक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि सम्भव नहुने भएकाले प्रदेशको ध्यान यसतर्फ केन्द्रीत भएको छ ।” मुख्यमन्त्री पौडेलले आगामी वर्ष ‘उद्योग वर्ष’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार अघि बढेको चर्चागर्दै “यो वर्ष हाम्रो प्रदेशले ‘उद्योग वर्ष’ भनेर घोषणा गर्दैछ, यो वर्ष दर्ता गर्ने उद्योगलाई हामी पाँच वर्ष कुनैपनि कर लिदैँनौँ, त्यो नीति…


पाश्र्वचित्र सार्वजनिक

Pradesh No. 3 Nepal Sachibalaya Office

हेटौँडा/प्रदेश नं. ३ को सामजिक विकास मन्त्रालयले प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक गरेको छ । आज हेटौँडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले सो पाश्र्वचित्र सार्वजनिक गर्नुभएको हो । सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेशको योजना निर्माणमा पाश्र्वचित्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । सामजिक विकासमन्त्री युवराज दुलालले पाश्र्वचित्रको महत्ववारेमा प्रकाश पार्दै “हामीले हाम्रो अवस्था थाहा पाए मात्र विकासको योजना बनाउन सक्छौँ,” भन्नुभयो । पाश्र्वचित्रमा प्रदेशमा रहेका शिक्षा, स्वास्थ्य, भौगोलिक, राजनीतिक र प्राकृतिक सम्पदाको अवस्था लगायत विषयलाई समेटिएको छ । (रासस)


प्रदेश नं. ३ को आज प्रदेशसभा बैठक बस्दै

Pradesh No. 3 Nepal Sachibalaya Office

मकवानपुर/ प्रदेश नं. ३ को प्रदेशसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रदेशसभाको बिहीबारको बैठकले आगामी आव २०७५/०७६ का लागि आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेटको सैद्धान्तिक पक्ष र उच्च प्राथमिकताका विषयमा प्रस्तुत गरेको प्रस्तावना टेबुल गर्‍यो । बैठकमा बोल्ने सदस्यहरुले विनियोजित बजेटको सैद्धान्तिक पक्षमा आ आफ्नो सुझाव प्रस्तुत गर्दै गरिबी निवारणका लागि गरिबको वास्तविक तथ्याङ्क लिई उनीहरुका लागि आत्मनिर्भर हुने खालका कार्यक्रम तर्जुमा गर्नुपर्ने, मेडिकल शिक्षालाई सुलभ, सहज तुल्याउन सरकारले कार्यदल गठन गरेर विपन्न नागरिकका छोराछोरीले पनि मेडिकल शिक्षा अध्ययन गर्न पाउने…


प्रदेश नं ३ को राजधानीका लागि सम्भाव्यता अध्ययन शुरु

nepal province no 3

काठमाडौँ/ प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ । काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय, उपलब्ध साधन तथा स्रोत, विकास, निर्माण र प्रशासनिक सुगमतालाई दृष्टिगत गरेरमात्र यस प्रदेशको राजधानी तोकिने छ । राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा अहिलेसम्म नुवाकोटको विदुर, भक्तपुरको बोडे, काभ्रेपलाञ्चोकको बनेपामा राजधानी हुनुपर्ने प्रस्ताव आएकाले तीनवटै जिल्लाका शहरमा संभाब्यता अध्ययन शुरु गरिएको हो । मुलुकमा राजनीतिक परिवर्तन भएपछि तीनवटै तहलाई अधिकार सम्पन्न्न बनाउन स्थानीय तहदेखि नै विभिन्न दलका नेताले समन्वय गरिरहेको प्रदेशसभा सदस्य वसन्त मानन्धरले जानकारी दिनुभयो ।…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS