प्रहरी

 
 

‘नेपाल पुलिस मोबाइल एप’

nepal police logo

काठमाडौँ – नेपाल प्रहरीले विभिन्न घटनाको बारेमा जानकारी दिन ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ बारे सूचना तथा जानकारीका साथै घरेलु हिंसा, अपहरण, लागुऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यानसम्बन्धी, हातहतियार तथा विष्फोटक पदार्थलगायत अन्य विविध घटनाबारेमा उक्त एपबाट जानकारी प्राप्त गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल उक्त एपलाई अपडेट गरेर कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका विषयका साथै लकडाउनको उल्लङ्घन, कालोबजारी, आफू वा छरछिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना पनि उक्त एपमार्फत जानकारी दिइने प्रहरी…


सिम लोकेटर जडान गर्दै नेपाल प्रहरी

काठमाडौं – आपराधिक क्रियाकलापमा प्रयोग भएको वा चोरी गरिएको मोबाइल पत्ता लगाउन नेपाल प्रहरीले सिम लाेकेटर उपकरण जडान गर्ने भएको छ ।प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले सोमबार एक सूचना जारी गर्दै सिम लोकेटर जडान गर्न इच्छुक कम्पनीबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो । बोलपत्र अनुसार इच्छुक कम्पनीले सिम लोकेटर जडानका लागि आवश्यक उपकरण जडान, परीक्षण लगायतका काम गर्नुपर्नेछ । सिम लोकेटरले प्रयोगकर्ताले कुन स्थानबाट सिमकार्ड प्रयोग गरिरहेको छ भन्ने पत्ता लगाउँछ । नेपाल प्रहरीले भने खास गरि अपराधमा प्रयोग हुन सक्ने विभिन्न नम्बरका सिम प्रयोग भएका स्थान पत्ता लगाउन यो उपकरण…


हराएको मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता

thift motorcycle nuwakot police dponuwakot

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले मोटरसाईकल चोरी भएका मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता गरेको छ । विदुर नगरपालिका वडा नम्बर ५ तादी पुलका प्रकाश तामाङको बा.७२प ५५२४ नम्बरको पल्सर मोटरसाईकल चोरेर लैजाने क्रममा  बेलकोटगढी नगरपालिकाको वडा नं. १० को बिर्तामोडमा सडक छेउमा बेबारिसे छाडेको अवस्थामा भेट्टाएर सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । त्यस्तै, विदुर नपा वडा नम्बर ६ ईनारपाटीका सूर्य तामाङको बा.६५प ८८५९ को मोटरसाइकल पनि तादीपुलमा बेवारिसे अवस्थामा बरामद गरी सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको छ ।


नुवाकोटमा २ सय ४६ सवारीसाधन कारवाहीमा

traffic police action to public vehicles infographics data

विदुर – ट्राफिक प्रहरी नुवाकोटले जिल्लाको विभिन्न स्थानमा चाडपर्वलाई लक्षित गरी विशेष चेकजाँच गरेकोमा २ सय ४६ सवारीसाधन कारवाहीमा परेका छन् । शनिबार र आईतबार चेकजाँचको क्रममा सवारीसाधनहरु कारवाहीमा परेको ट्राफिक प्रमुख भट्टराईले जानकारी दिए । त्यस्तै, क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउने ३८, आईचर ट्रकमा यात्रु ओसारपसार गर्ने ५२, ट्राफिक नियम उल्लङ्‍घन गरी सवारी चलाउने १५६ सवारीसधानलाई कारबाही गरिएको हो । कारवाहीमा परेको २ सय ४६ सवारीसाधनबाट १ लाख ७६ हजार ५ सय राजश्व सङ्कलन भएको छ । चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले…


यात्रु सहायता कक्ष सञ्चालन

विदुर । बडा दशैं तथा तिहारलाई लक्षित गर्दै विदुर नगरपालिका-४ बट्टार बसपार्कमा यात्रुहरुको सहायताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ । चाडपर्वमा सवारीसाधानहरुमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कार्यहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो । सार्वजनिक सवारीसाधनहरुमा भाडादरको सूची अनिवार्य राख्नु पर्ने र कसैले तोकेको भन्दा बढी भाडा लिएको पाइएमा कारवाही गरिने काफ्लेले चेतावनी दिएका छन् ।…


नुवाकोटमा प्रहरीको क्युआरटि गस्ती सुरु (भिडियोसहित)

QRT Quck Response Team Nuwakot Police

विदुर । दशै, तिहार र छठलाई मध्यनजर गर्दै नुवाकोट प्रहरीले आजदेखि आश्विन मसान्तसम्मको लागि मोटरसाइकल गस्ती (क्वीक रेस्पोन्स टिम -क्युआरटि) सुरु गरेको छ । गस्ती समुहले नुवाकोट जिल्लाको विभिन्न स्थानहरुमा गस्ती गरी सुरक्षा प्रदान गरिने जिल्ला प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिए । चाडपर्वमा कुनै पनि मानवीय दुर्घटना हुन नदिन तथा दुर्घटना न्यूनीकरणको लागि गस्तीले निगरानी गर्नेछ । क्युआरटिको हरेक मोटरसाइकलमा २/२ जना रहेको छ । कार्यालयले गस्तीसँगै दशै–तिहार सुरक्षामा मोबाईल गस्ती २, मातहतबाट मोबाईल गस्ती ३, पैदल गस्ती ३४, सादा पोसाक परिचालन १०, चेकिङ ८ स्थानहरुमा, सरप्राइज चेकिङ ४ र भिगरस चेकिङ १ परिचालन हुनेछ । त्यस्तै…


दशै–तिहारमा सुरक्षा विषेश योजना, ११ क्युआरटि तयार

avi narayan kafle chief of nuwakot police sp

विदुर । नेपालीहरुको महान चार्डपर्व दशै–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नुवाकोट जिल्ला प्रहरी कार्यालयले विषेश सुरक्षा योजना लागु गरेको छ । कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै दशैं, तिहार र छठको लागि विशेष सुरक्षा प्रबन्ध मिलाएको बताएको हो । चाडपर्वलाई मध्यनजर राख्दै यसवर्षको दशैँतिहार सुरक्षा योजनालाई मजबुद पारिने पत्रकार सम्मेलनमा प्रहरी प्रमुख अवीनारायण काफ्ले बताए । दशै, तिहार र छठमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी सुरक्षा ब्यापाक परिचालन गरिएको छ, घर बन्द गरेर जाँदा प्रहरीलाई खबर गर्नु, र कुनै पनि शंकास्पद गतिविधि गरेको देखेमा नागरिकले प्रहरीलाई खबर गरिदिन अनुरोध गरेको छ…


बाल यौन हिंसा र सडक सुरक्षा सम्बन्धी सचेतनामुलक

road safety child sex awareness

विदुर । समुदाय प्रहरी साझेदारी अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त आयोजनामा बाल यौन हिंसा र सडक सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको भैरवी एकेडेमीमा कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरु तथा शिक्षकशिक्षिकालाई बाल यौन ट्राफिक चिन्ह सूचक, ट्राफिक नियम, सडक दुर्घटना न्यूनीकरण लगायतको सडक सुरक्षा र बाल यौन हिंसा, लागूऔषध सम्बन्धी जानकारी गराएको छ । कार्यक्रममा बाल यौन हिंसा र सडक सुरक्षा सम्बन्धी बिभिन्न चेतनामुलक सामग्री र जानकारीहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईले र…


प्रहरीसँग एक दिन कार्यक्रम

nepal police interaction with kalyakankari school

विदुर । “प्रहरीसँग एक दिन कार्यक्रम” अन्तर्गत विद्यार्थीहरुलाई प्रहरीको कामकारबाही तथा सेवा सम्बन्धी जानकारी गराएको छ । विदुर नगरपालिका-२ विदुरस्थित कल्याणकारी विद्या मन्दिरका कक्षा ७, ८, ९ र १० मा अध्ययनरत ४८ विद्यार्थीहरुले प्रहरी कार्यालयको स्थलगत भ्रमण तथा अवलोकन गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्ले सहभागी विद्यार्थीहरुलाई मानब बेचबिखन तथा ओसारपसार, आधारभुत सुरक्षा, ट्राफिक सुरक्षा, साईबर सुरक्षा, घरेलु हिंसा, लैङ्गिक हिंसा, लागुऔषध दुर्व्यसनी बारे जानकारी गराएका थिए । साथै प्रहरी प्रमुख काफ्ले अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी र आम नागरिकको भूमिकाको बारे प्रकाश परेका थिए ।


ओखरपौवामा प्रहरी र स्थानीयवीच झडप

फोटो: फेसबुक

विदुर / काठमाडौं महानगरपालिकाको फोहोर विसर्जन हुँदै आएको नुवाकोटको ओखरपौवामा स्थानीय र प्रहरीवीच झडप भएको छ । स्थानीयको जग्गा अधिग्रहण गरिनु पर्ने, सिसडोलको विकल्प वञ्चरेडांडामा तत्काल नयां फोहोर विर्सजन केन्द्र निर्माण गरिनु पर्ने माग राख्दै आन्दोलनरत स्थानीयलाई प्रहरीले लाठीचार्ज गर्दा १५ भन्दा धेरै स्थानीय घाइते भएका छन् । २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर केहीलाई काठमाडौं र केहीलाई त्रिशूली लगिएको स्थानीयले बताएका छन् । झडपमा केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । काठमाडौंको ओखरपौवास्थित सिसडोलमा विसर्जन गरिदै आएको फोहोर विसर्जनमा स्थानीयवासीले गत १० गतेदेखि विभिन्न माग राखी…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS