फुटबल

 
 

नुवाकोटमा संविधान दिवसको अवसरमा मैत्रीपुर्ण फुटबल

sambidhan diwas friendship football tournament

विदुर । संघीय गणतान्त्रिक नेपालको संविधान दिवसको अवसर पारेर नुवाकोटमा मैत्रीपुर्ण फुटबल खेलमा राष्ट्रसेवक कर्मचारी समूह विजयी भएको छ । विदुर नगरपालिका-४ बट्टारमा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदानमा भएको मैत्रीपूर्ण खेलमा राष्ट्र सेवक ५-२ अन्तरले विजयी भए । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले रेफ्री किशोर श्रेष्ठलाई फुटबल हस्तान्तरण गरेका थिए । कर्मचारी समूह निलो जर्सी र जनप्रतिनिधि सेतो जर्सीमा खेल खेलेका थिए । कर्मचारी समूहले टस जित्दै कप्तान प्रमुख जिल्ला अधिकारी द्राेण पोखरेलले खेललाई अगाडी बढाएका थिए । पहिलो हाफमा जनप्रतिनिधि समुहको तर्फबाट विदुर नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार चित्रकारले पहिलो १…


जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपूर्ण फुटबल हुने

nuwakot football tournament trishuli dabalikhabar

विदुर  । आगामी असोज २ गते संविधान दिवसको अवसरमा नुवाकोटका जनप्रतिनिधिहरु र सरकारी कर्मचारीहरुबिच मैत्रीपूर्ण फुटबल हुने भएको छ  । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको अध्यक्षतामा गठित  संविधान दिवस मूल समारोह समितिको बैठकले विदुर नगरपालिका-४, बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा मैत्रीपूर्ण फुटबल गर्ने निर्णय गरेको हो  ।


संकटा र नुवाकोट ११ फाइलनमा

nuwakot goldcup football nuwakot

नुवाकोट / नुवाकोटमा सञ्चालन भइरहेको नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा नुवाकोट-११ र संकटा क्लब फाइनलमा प्रवेश गरेका छन् । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा बुधवार भएको खेलमा संकटा र च्यासलवीच सेमीफाइलन खेलमा दुवैको बराबरी गोलअन्तरमा निर्धारित समय सकिएपछि पोनाल्टी सुटआइटमा संकलनले ७ गोल गरेको हो । च्यासलले ६ गोलमात्रै गर्न सफल भयो । निर्धारित समयमा दुवै समूहको एक एक गोलको बरावरीमा निर्धारित समय सकिएपछि खेल पेनाल्टीमा गएको आयोजकले जनाएको छ । संकटा आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने च्यासल युथ क्लब लिग च्याम्पियन मनाङलाई हराउँदै सेमिफाईनल प्रवेश गरेको थियो ।…


विश्वासको हयाट्रिकसहित नुवाकोट-११ को जीत

cheif guest mayor sanju pandit takeover football nuwakot football

विदुर / टुबोर्ग दोस्रो नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक घरेलु समुह नुवाकोट-११ ले उत्कृस्ट प्रदर्शन गरेको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएको उद्घाटन खेलमा अधिकांश “ए” डिभिजन लिग खेलेको खेलाडीहरुलाई लिएर उत्रिएको आयोजक नुवाकोट-११ ले दिपशिखा युवा समूह, काठमाडौंलाई ५-० को भारी अन्तरले हरायो । खेलमा नुवाकोटका विश्वास श्रेष्ठले पहिलो हाफको १०औं, ३४औं  र दोस्रो हाफको ३०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका छन् भने प्याट्रिक र दिनेश राजवंशीले १-१ गोल गरे । ह्याट्रिक गरेसँगै नुवाकोटका विश्वास श्रेष्ठ खेलको “म्यान अफ द म्याच” समेत घोषित…


प्रथम मेयरकप फुटबल हुने

nuwakot goldcup football

विदुर / विदुर नगरपालिकाको आयोजनामा प्रथम मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी बैशाख २ गतेबाट नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा प्रथम मेयरकप फुटवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विजयी टिमले ३ लाख नगद र उपविजेताले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष बुद्धि प्रधानले बताए । प्रतियोगिता जिल्ला खेलकुद बिकास समिति, र नुवाकोट जिल्ला फुटवल संघको संयोजनमा हुनेछ । प्रतियोगितामा देशका १० भन्दा बढी नगरपालिकामा रहेका फुटवल टिमको सहभागिता रहने छ ।


चार जिल्ला सेमिफाइलनमा

kathmandu football team

नुवाकोट / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ३ नं. प्रदेश स्तरीय फुटबल प्रतियोगितामा घरेलु समूह नुवाकोट, ललितपुर, काठमाण्डौ र मकवानपुरले सेमिफाइनल चरणमा प्रवेश गरेका छन् । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा जारी प्रतियोगिताको आइतबार नकआउट चारणका खेलहरु सम्पन्न भएका छन् । पहिलो खेलमा ललितपुरले कुशल श्रेष्ठको निर्णायक गोलमा भक्तपुरलाई शुन्यका विरुद्ध एक गोलले पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको हो । दोश्रो खेलमा मकवानपुरले चितवनलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गरेको छ । मकवानपुरलाई विजयी गराउन इरोज थापामगर, रवी भण्डारी र ऋषिराम मोक्तानले १/१ गोल गरेका थिए । घरेलु…


साफ यू-१५ फुटबल प्रतियोगिता भोलिदेखि

Nepal U-15 National Team

काठमाडौँ / चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता भोलि बुधबारदेखि शुरु हुँदैछ । प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । त्यस्तै, समूह ‘बी’मा भारत, भूटान र श्रीलङ्का रहेका छन् । प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल कात्तिक ८ गते पाकिस्तानसँग खेल्नेछ । कात्तिक १० मा माल्दिभ्ससँग र समूह चरणको अन्तिम खेल कात्तिक १२ गते बङ्गलादेशसँग खेल्नेछ ।


विश्वकपमा खोइ महिला ?

Laxmi Rubma Nuwakot Trishuli Web

लक्ष्मी रुम्बा/भर्खरै सन् २०१८ को विश्वकपले बिट मारेको छ। पूर्व विश्वकप विजेता देशहरूसँग जोडिएका कति अनुमान गलत साबित भएका छन्। पेलेसँग तुलना गरिएको फ्रान्सका केलिएन एमबाप्पे, क्रोएसियाका लुका मोड्रिच, इङल्यान्डका ह्यारी केन, बेल्जियमका थियाबाउट कोर्टियसको नाम क्रमशः उत्कृष्ट खेलाडी, गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोभ्स विजेताका रूपमा सबैको जिब्रोमा झुन्डिएको छ। जे होस्, विश्वकप फुटबलले हामी सबैको तन, मन र ध्यान तानेर बिदा भएको धेरै भएको छैन। टीभीमा विश्वकपका म्याचहरू हेर्दै गर्दा हो मेरी सानी छोरीले सोधेकी थिइन्, ‘केटी मान्छेले फुटबल खेल्दैनन् हो ?’ सायद झन्डै एक महिना पुरुष…


एन्फाकपको उपाधि महादेव माविको पोल्टामा

anfa inter secondary football competition nuwakot

विदुर / एन्फाकप अन्तर माध्यामिक फुटबल प्रतियोगिताको फाईनल खेलमा महादेव माविले पन्चकन्या बोर्डिङलाई २ का विरुद्ध १ गोलको अन्तरले पराजित गर्दै उपाधि पोल्टामा पारेको छ । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका महादेव माविका रामेश्वर नेपाल म्यान अफ द म्याच र पन्चकन्या बोर्डिङ स्कुलका विकास तामाङ उदयीमान खेलाडीमा घोषित भएका छन् । प्रतियोगिताका विजेता, उपविजेतालाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, श्रीनाथ गणका गणपति प्रमुख सेनानी अन्जन रुपाखेती र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धी प्रधानले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा असार २७ गतेदेखि सुरु भएको…


नुवाकोटका फुटबल प्रशिक्षक विश्वकप फुटबल २०१८ दोस्रो चरणको खेल हेर्न रसियामा

बिदुर । नुवाकोट जिल्ला फुटबल संघका कोषाध्यक्ष एवं प्रशिक्षक देवनारायण चित्रकार विश्वकप फुटबल २०१८ खेल हेर्न रसिया पुगेका छन् । चित्रकारले विश्वकप फुटबलको दोस्रो चरणको खेल अन्तर्गत आईतबार हुने रसिया र स्पेन बिचको खेल अवलोकन गर्ने भएका छन् । बिश्वकप फुटबलको प्रत्यक्ष अवलोकन गर्न पाउनु आफ्नो लागि जीवनकै अविष्मरणीय क्षण रहने बताउँदै प्रशिक्षक चित्रकारले यसबाट फुटबल खेलको विकास, विश्वकपमा प्रयोग गरिएका नविनतम प्रविधिहरुको ज्ञान र खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि समेत आफुले धेरै कुरा सिक्न पाउने बिश्वास व्यक्त गरे ।


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS