बेलकोटगढी

 
 

नहरमा हाम फालेर मृत्यु भएकी महिलाको शव परिवारले बुझे

विदुर – नुवाकोटको त्रिशूली जलविद्युत् उत्पादन केन्द्रको नहरमा हाम फालेका महिलाको शव परिवारले बुझेका छन् । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नं.११ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने सुन्दर कुमारी गजुरेल बर्ष ५० रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेश थापाले जानकारी दिए । मृतक गजुरेलले हिजो सोमबार साँझ ७:१५ बजेतिर विदुर नगरपालिका वडा नम्बर ९ इन्टेकस्थित नहरमा हाम फालेर ज्यान गुमाएका थिए । मृतकका छोरा अनमोल गजुरेलले आज दिउँसो मात्र शव बुझेका हुन् । सोमबार दिउँसो १२ बजेदेखि घरबाट कसैलाई केहिपनि नभनी हिडेकी परिवार स्रोतले जनाएको छ ।…


‘पञ्चायत व्यूझाउँदै’ स्थानीय सरकार

belkotgadhi rajpatra 2075

नुवाकोटका तीन वटा पालिकाले पञ्चायति शैलीको झल्को दिने गरी शिक्षा ऐन बनाएका छन् । स्थानीय सरकारले बनाएको शिक्षा ऐन संघीय सरकारको शिक्षा ऐनसँग बाझिएको छ । विदुर नगरपालिकाबाट साभार गरिएको बेलकोटगढी नगरपालिकाले गत वर्षदेखि लागू गरेको शिक्षा ऐन पञ्चायति शैलीको निरंकुशता लाद्ने खालको छ । संघीय गणतान्त्रिक संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक मूल्य मान्यतालाई चुनौती दिने खालको शिक्षा ऐन बनेपछि तारकेश्वर गाउँपालिकाले व्यवस्थापन समिति गठनको कामलाई स्थगित गरेको छ । नुवाकोटका अधिकांश स्थानीय तहले लागू गरेको शिक्षा ऐन प्रचलित कानुन भन्दा माथि छ । मुलुक संघीय संरचनामा गएसँगै विभिन्न कानुनहरु संशोधनको…


बेलकोटमा सामूहिक जमरा

jamara belkotgadhi municipality office

बेलकोटगढी । बडा दशैंको घटस्थापनाको दिन आज नुवाकोटको बेलकोटगढी नगरपालिकाको निरञ्जना भगवती मन्दिरमा सामूहिक जमरा राखिएको छ । बेलकोटगढी नगरपालिका वडा नं. १० मा रहेको सो मन्दिरमा गाउँका ३२ परिवार दलितसहित २ सय ३५ परिवारले घटस्थापना गरी सामूहिक जमरा राखेका हुन् । बडादशैंमा काठमाडौं हनुमानढोकाको बैदिक विधि अनुसार नै यहाँ पनि पूजा गर्ने परम्परालाई निरन्तरता दिइएको स्थानीयबासीहरु बताउँछन् । नेपाल एकीकरणको क्रममा विसं १८०१ मा नुवाकोट विजयी भएपछि पृथ्वीनारायण शाहले सामूहिक मन्दिरमा सामूहिक जमरा राखी राष्ट्रिय एकताको सन्देश दिएको स्थानीय बुढापाकाहरुको भनाई छ । सो बेलादेखि चलेको यस्तो चलनले अहिले…


गुणस्तरीय शिक्षाको लागि महायज्ञ

belkotgadhi municipality

बेलकोटगढी / विद्यालयलाई प्राविधिक शिक्षा आर्जन गर्ने थलोको रुपमा विकास गर्न नुवाकोटको बेलकोटगढी नगरपालिकाको एक विद्यालयले आइतवारदेखि महायज्ञ सञ्चालन गरेको छ । भौतिक पुर्वाधार तथा आर्थिक रुपमा संकटमा परेपछि सामुदायिक विद्यालय सञ्चालनको लागि नुवाकोटको बेलकोटगढी नगरपालिका-९ स्थित करुणाकर आधारभूत विद्यालय सञ्चालनको लागि महायज्ञ सञ्चालन गरेको हो । महायज्ञको आइतवार संघीय सरकारका सांसद नारायणप्रसाद खतिवडाले एक कार्यक्रमका वीच औपचारिक सुरुवात गरेका छन् । महायज्ञको पहिलो दिन कलशयात्राका सहभागी पञ्चकन्यालाई कलश हस्तान्तरण गर्दै खतिवडाले विद्यालयको शैक्षिक एवं भौतिक विकासको लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सामुदायिक विद्यालयको…


घर भत्किएर वृद्धको मृत्यु

death body

झिल्टुङ, बेलकोटगढी / नुवाकोटको बेलकोटगढी नगरपालिका-७ खालडाँडास्थित एक घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ । बिहान करिब ३ बजेर २० मिनेट जाँदा ढूङ्गाले छाएको एकतले घर भत्किँदा घरधनी कप्तान लामा वर्ष ८५ को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । भूकम्पले चर्किएको घर भत्किएर च्यापुवामा परि वृद्धको मृत्यु भएको हो । घर भत्किँदा छोरा शुक्रबहादुर लामा वर्ष ५२ को घाइते भएको  र ३ वटा बाख्रा पुरिएको३ वटा बाख्रा पुरिएको प्रहरीले जनाएको छ ।


राष्ट्रिय गौरवको आयोजनामा मुआव्जा वितरणको तयारी

Belkotgadhi Municipality

बेलकोटगढी । राष्टिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी सडक आयोजनाले बेलकोटगढी नगरपालिका क्षेत्रमा जग्गा पर्ने जग्गाधनीलाई मुआव्जा वितरण सुरु गरेको छ । आयोजनाले बेलकोटगढी नगरपालिका वडा नं. ५,७, ८ र ९ नं. वडामा जग्गा पर्ने जग्गाधनीहरुलाई पहिलो चरण अन्र्तगत जग्गाधनीहरुलाई मुआव्जा वितरण गर्न लागेको सडक आयोजनाले जनाएको छ । यस क्षेत्रका ७ सय जनाको निवेदन दर्ता भएको आयोजनाले जनाएको छ । सडक आयोजना विस्तारको लागि जग्गाधनीहरुलाइ वितरणको लागि यस वर्ष २५ करोड रुपैया प्राप्त भएको छ । सडक आयोजना विस्तारको लागि जग्गाको मुआव्जा मात्र झण्डै १० अर्व भन्दा धेरै…


बेलकोटगढी नगरपालिका: ६६ करोड ८६ लाख १३ हजार रुपैयाँको अनुमानित बजेट प्रस्ताव

belkotgadhi nagarpalika

बेलकोटगढी / बेलकोटगढी नगरपालिकाको आगामी वर्षको लागि निति तथा कार्यक्रम पारित भएको छ । बेलकोटगढी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६६ करोड ८६ लाख १३ हजार रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ । नगरसभामा आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आन्तरिक राजश्व, राजश्व वाँडफाँड , वित्तिय समानिकरण अनुदान, सशर्त अनुदान, सामाजिक सुरक्षा अनुदान सबै शिर्षकमा सो बजेट प्रस्ताव गरेको हो । नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले करको दायरा बढाउने, नागरिकलाई असहज हुने उद्योग बन्द गर्ने, चौतारो जनगुनासो कार्यक्रम लागू गरी नागरिकका समस्या सुन्ने जस्ता…


बेलकोटगढी नगरपालिकाबाट सोह्र कानून जारी

Belkotgadhi Municipality

नुवाकोट/ बेलकोटगढी नगरपालिकाको दोस्रो नगरसभाले विभिन्न १६ वटा नयाँ कानून कार्यान्वयनमा ल्याएको छ । बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोरमा बुधबारको नगरकार्यपालिका बैठक र बिहीबार दोस्रो नगरसभा (व्यवस्थापिका बैठक) मार्फत सर्वसम्मतरुपमा पारित गर्दै ऐन, नियमावली, कार्यविधि र आचारसंहिता समावेश भएको १६ वटा नयाँ कानून कार्यान्वयनमा आएको नगरका प्रमुख राजेन्द्ररमण खनालले घोषणा गर्नुभयो । खनालका अनुसार बेलकोटगढी नगरपालिका–११ का वडाध्यक्ष रामहरि पाण्डेको संयोजकत्वमा गठित विधेयक समितिले तयार बनाएको कानूनलाई नगरकार्यपालिका बैठक र दोस्रो नगरसभामा दफाबार छलफल तथा सभाका सदस्यहरुको राय र सुझावका आधारमा अन्तिम रुप दिएर कानून जारी गरिएको हो । कार्यान्वयनमा आएको…


नुवाकोटका बेलकोटगढी, सुर्यगढी र ककनी दिसामुक्त हुन बाकीँ

Open Defecation Free (ODF)

विदुर/नुवाकोटको तीन स्थानिय तह अझै खुल्ला दिसामुक्त हुन सकेको छैन । बेलकोटगढी नगरपालिका, सुर्यगढी गाउँपालिका र ककनी गाउँपालिका खुल्ला दिसामुक्त हुन नसकेपछि नुवाकोटलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम स्तगित भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय नुवाकोटले दिएको जानकारी अनुसार एक नगरपालिका र दुई गाउँपालिकामा शौचालय बन्न नसक्दा पुरै जिल्ला खुल्ला दिसामुक्त हुन सकेन । ककनीको ओखरपौवाको बलामी गाउँमा अपेक्षाकृत रुपमा शौचालय नबन्दा समस्या भएको कार्यलकी सहजकर्ता भवानी सापकोटाले बताइन् । नुवाकोटमा रहेका १२ स्थानिय तहमध्ये ९ वटा स्थानियतह खुल्ला दिसामुक्त भैसकेको छ । उहाँले दिएको जानाकारी अनुसार…


बेलकोटगढीमा किवी खेतीका लागि नगरपालिकाको बजेट

बेलकोटगढी/बेलकोटगढी नगरपालिकामा किवी खेती सुरु भएको छ । नगरपालिकाको कृषि क्षेत्रको बजेटबाट किसानहरुलाई ७५ प्रतिशत अनुदानमा किवीको विरुवा वितरण गरिएको छ । बेलकोटगढी नगरपालिका वडा नं. १ मा आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले किवीको विरुवा सारेर कार्यक्रमको शुभारम्भ गरेका थिए । स्थानीय प्रकाश सापकोटाको बारीमा प्रमुख खनालले किविको विरुण रोपेको छ । वडा नं. १ को कार्यालयको दुई लाख ८७ हजार रुपैयाँ अनुदानमा वडाका किसानहरुलाई किवीको विरुवा अनुदानमा वितरण गरिएको हो । यो फल सुगर प्रेसरका रोगीहरुको लागि खान मिल्ने र तीन सय ५० रुपैयाँ प्रतिकिलोको विक्री हुने…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS