भुकम्प

 
 

महाकालीका भुकम्पपीडितले अझै अनुदान पाएनन्

mahakali nuwakot pahiro

शिवपुरी / जोखिमयुक्त वस्तीमा घर निर्माण गरेका शिवपुरीका भुकम्पपीडितहरु अनुदान रकम नपाउँदा समस्यामा परेका छन् । जोखिमयुक्त वस्तीमा पुर्ननिर्माण गरेको भन्दै पुर्ननिर्माण प्राधिकरणले यस भेगका लाभग्राहीको खाता रोक्का गरेपछि भुकम्पपीडितहरु समस्यामा परेका हुन् । ०७४ पुस मसान्तभित्र भुकम्पपीडितहरुले घरको जग बसाली सक्नुपर्ने गाउँमा खटिएका प्राविधिकहरुको दवावपछि यस क्षेत्रका भुकम्पपीडितले जोखिमयुक्त ठाउँमा निजी आवास निर्माण गरेको बताउँछन् । ‘गाउँमा आएका प्राविधिकले ०७४ पुससम्म घर निर्माण नगरे पैसा फिर्ता गर्नुपर्छ भने’ स्थानीय इन्द्रबहादुर खड्काले भने– ‘प्राविधिकको सल्लाह अनुसार नै घर बनाएपनि अहिले तेस्रो किस्ता पाइएन ।’ शिवपुरी गाउँपालिका वडा नं. ५ अन्र्तगतको…


लिखुमा सार्वजनिक सुनुवाई: इन्जिनीयरले अधिकांश घरहरु पास गर्न नमानेको गुनासो

likhu public sunuwai nuwakot

लिखु/ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको आयोजनामा लिखु गाउँपालिका वडा नं १ अवस्थित ढिकुरेको आयुर्वेद कार्यालयको भवनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लिखु गाउँपालिकाका अध्यक्ष श्री ध्रुव श्रेष्ठले निर्माण समाग्रीको सवालमा केही लचिलो बन्न प्रसाशनलाई आग्रह गर्नुभयो । साथै स्थानीयतहलाई स्थानीय सरकारको नाम दिइएको भएतापनि गाउँमा सिहंदरबार आएको अनुभूती हुन नसकेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार कार्यालयका प्रतिनीधी उद्धव संजेलले अबको एक महिनाभित्रै कारणसहित सम्पूर्ण गुनासोको सम्बोधन भइसक्ने साथै थप छुट रहेका भुकम्पपिडितको लागी आगामी साउन मसान्तसम्ममा प्राविधिक खटाई पुन:सर्वेक्षण गरिने जानकारी दिनुभयो ।…


कोरियाको कमाईले नुवाकोटमा न्यानो

विदुर/ विदेशमा परिश्रम गरेर कमाएको आम्दानीको थोरै अंश आफ्नो मातृभूमिको सेवामा खर्च गर्दा यसबाट ठूलो राहत महशुस गर्न सकिन्छ । कोरियामा रहेका नेपालीहरुको सानो प्रयासस्वरुप नुवाकोटका भुकम्पपीडितहरुलाई न्यानो वितरणको अभियान सुरु भएको छ । कोरियामा रहेर विभिन्न पेशामा संलग्न रहेका नेपालीहरुले विदुर नगरपालिका वडा नं. २ का भुकम्पपीडितलाई न्यानो कपडा वितरण गरेका छन् । विदुर नगरपालिका वडा नं. २ का ८२ परिवारलाई न्यानो कार्यक्रम अन्तर्गत एक सय ४० थान ब्ल्याङ्केट वितरण गरिएको छ । स्थानीय समाजसेवी शैलेन्द्रकुमार शाह तथा राजकुमार शाह र सर्वजित शाहको पहलमा कोरियामा बसेका नेपालीहरुबाट संकलन गरिएको…


भुकम्पपीडितलाई निःशुल्क बालुवा

Map of Nuwakot

विदुर/नुवाकोटका भुकम्पपीडितहरुले स्थानीय तहको सिफारिसको आधारमा खोलाबाट निःशुल्क बालुवा उत्खनन् गर्न पाउने भएका छन् । जिल्ला समन्वय समिति नुवाकोटले आयोजना गरेको सर्वपक्षीय बैठकले भुकम्पबाट पूर्णरुपमा घर क्षति भई पुर्ननिर्माण गर्न समस्या भोगिरहेका भुकम्पपीडितहरुलाई खोलामा स्थानीय तहको समन्वयमा आवश्यक बालुवा उत्खनन् गर्न पाउने निर्णय भएको हो । नुवाकोटका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी र स्थानीय तहका जनप्रतिनिधिहरुको बैठकले ढुंगा, गिटी बालुवाको अभावमा घर निर्माण गर्न समस्या भोगिरहेका लाभग्राहीलाई आफैंले नजिकको खोलामा गएर बालुवा संकलन गरेर घर निर्माण गर्न चाहेमा जिल्ला समन्वय समितिलाई तिर्नुपर्ने कर तिरेर लैजान सकिने गरी व्यवस्था मिलाइएको बेलकोटगढी नगरपालिकाका…


लाङटाङ खतरामुक्त

विनासकारी भुकम्पका बेला ठूलो मानवीय क्षति व्यहोरेको रसुवाको लाङटाङ १५ महिनापछि खतरामुक्त भएको छ । हिमपहिरोले मावन बस्ती नै पुरिएर मरुभूमिझैँ बनेको लाङटाङ क्षेत्रको पर्यटकीय पदमार्ग मर्मत र पुनःनिर्माणपछि आवतजावतमा सहजता भएको छ भने यहाँका बासिन्दाहरु विस्तारै पूरानै लयमा फर्कँदै छन् । लाङटाङमा आन्तरिक तथा वाह्य पर्यटकसमेत जान थालेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले वताए । भुकम्पका बेला लाङटाङका दुई सय जनालाई स्थानान्तरण गरी सदरमुकाम धुन्चे र काठमाडौको स्वयम्भु लगिएकोमा हाल आधा भन्दा धेरै विस्थापित लाङटाङमै फर्किएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । अब पैदल हिँड्न समस्या हुँदैन,…


छुटलाई तत्काल संवोधन गर्न एमालेको माग

विनासकारी भुकम्पका कारण घर भत्किएर घरबारविहीन भएका वास्तविक भुकम्प पीडितलाई आवास अनुदान उपलब्ध गराउनका लागि नेकपा एमाले नुवाकोटले अनुरोध गरेको छ । नेकपा एमाले नुवाकोटले सोमवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै वास्तविक भुकम्प पीडितलाई समावेश गरेर निजी आवास अनुदानका लागि उपलब्ध गराइने दुई लाख रुपैयाँको पहिलो किस्ता उपलब्ध गराउन माग गरेको हो । एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाको नेतृत्वमा गएको एमाले जिल्ला कमिटिका पदाधिकारी तथा जिल्ला कमिटि सदस्यहरुको टोलीले विभिन्न चार बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । एमालेले निजी आवास…


पक्की घर बनाउन नपाएको गुनासो

गत वर्षको विनासकारी भुकम्पबाट घर भत्केर टहरामा बस्दै आएको पीडितहरुले चाहेर पनि पक्की घर निर्माणमा अघि बढ्न नसकेको गुनासो गरेका छन् । जिल्लाका कतिपय गाविसमा सडक विस्तार भइरहेकोले सडक मापदण्डको बारेमा स्पष्ट हुन नसकेकाले चाहेर पनि घर निर्माण गर्न नसकेको भुकम्प पीडितहरुले बताएका हुन् । मध्य पहाडी लोकमार्गको विस्तारमा नुवाकोटका कतिपय नागरिकहरु भूकम्प पीडितमात्र नभएर बासस्थान समेत नरहेको गुनासो गर्छन् । नुवाकोटको पाटी भञ्ज्याङ छहरे, ढिकुरे, गंगटे, त्रिशुली, सामरी हुँदै धादिङ जोडिने लोकमार्गको सडक सञ्चालनको क्रममा विदुर नगरपालिका र आसपासमा रहेका पूरानो बस्तीहरु विस्थापित हुने भएका छन् । त्रिशुलीदेखि सामरी…


भिवोर बैंकले बाँड्यो २७ जनालाई अनुदान

vibor bank nuwakot

नुवाकोटका भुकम्पपीडितको लागि निजी आवास अनुदान वितरणको प्रक्रिया अघि बढेको छ । खड्गभन्ज्याङ गाविसमा रहेको भिवोर विकास वैंकको शाखा कार्यालयले आज २७ जना भुकम्पपीडितहरुलाई पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ अनुदान प्रदान गरेको छ । शाखा प्रमुख दिपेन्द्र श्रेष्ठका अनुसार जिलिङ गाविसका २७ जनालाई पहिलो दिन पहिलो किस्तावापतको अनुदान रकम प्रदान गरिएको हो । भिवोर विकास वैंकको खड्गभन्ज्याङ÷देवीघाट शाखाले चार हजार आठ सय १ भुकम्पपीडितलाई रकम उपलब्ध गराउने सम्झौता अनुसार आज जिलिङ गाविस वडा नं. २ का २७ भुकम्पपीडितलाई अनुदान रकम प्रदान गरिएको हो । सो वैकमा पहिलो चरणमा नौ…


महतको जस्ता काण्ड फेसबुकमा चोखिन खोज्दा भेटियो लुकाईएको जस्तापाता

पोहोर भुकम्प पीडितका विद्यार्थीहरूका लागि इन्भेष्टमेन्ट बैंकले पठाएको जस्तापाता घोटालाको आरोपित काँग्रेसका जिल्ला नेता रमेशकुमार महतलाई ‘फसाईएको’ भन्दै सामाजिक सञ्जाल र इन्टरनेट अनलाईन न्युज ‘पोर्टल’हरूमा नयाँ ‘म्यासेज’ आइरहँदा त्यहि जस्तापाता एक जनाको घरमा अझै पनि लुकाइरहेको जानकारी समाचार श्रोतबाट प्राप्त भएको छ । आम जिल्लावासीले विर्सिसकेको घटनालाई कोट्याएर पानी माथीको ओभानु बन्न खोजेका पुर्व अर्थमन्त्रीका पुवै नै स्वकिय सचिव महतले उक्त जस्तापाता लुकाई छिपाई आफ्ना कार्यकर्ताको भरणपोषण गरेको तथ्य सार्वजनिक भएको हो । पूर्व अर्थमन्त्री रामशरण महतका सम्धी नै कार्यकारी अध्यक्ष रहेको इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कबिलासका विभिन्न विद्यालयलाई सहायता स्वरूप…


२० हजार घरधनीसँग सम्झौता

विदुर, विनासकारी भुकम्पका कारण घर पूर्ण रुपमा क्षति भएका १८ हजार परिवारसँग निजी अनुदान सम्झौता सम्पन्न भएको छ । सवैभन्दा धेरै वेलकोट गाविसमा एक हजार एकसय चार, सवैभन्दा कम पञ्चकन्या गाविसमा सात जना लाभग्राहीसंग आवास अनुदान सम्झौता भएका छन् । ६१ गाविस र विदुर नगरपालिका रहेको नुवाकोटका ४३ गाविसमा अनुदान सम्झौता भइरहेको पुर्ननिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय नुवाकोटले जनाएको छ । विदुर नगरपालिकामा भने शनिवारदेखि अनुदान सम्झौता सुरु गरिने नगरपालिकाले जनाएको छ । हालसम्म १८ हजार दुई सय ४० लाभग्राहीसंग आवास अनुदान सम्झौता भएको भुकम्प पुर्ननिर्माण प्राधिकरण उपक्षेत्रिय कार्यालय विदुर नुवाकोटले जनाएको…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS