भूकम्प

 
 

एक्काइसौं राष्ट्रिय भूकम्प सुरक्षा दिवस

bhukampa diwas 2075 nuwakot

विदुर / आज एक्काइसौं राष्ट्रिय भूकम्प सुरक्षा दिवस जनचेतनामुलक कार्यक्रम गरि देशभर मनाइँदैछ । ९० सालको भूकम्प गएको ८५ बर्ष पुगेपनि २०५५ सालदेखिमात्र हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा आज भूकम्प सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम हुँदैछन् । “विपदबाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार” भन्ने नारासहित आज नुवाकोटमा पनि पदयात्रासहित सडकनाटक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाईएको छ । पदयात्रा विदुर नगरपालिका-१ ढुंगेदेखि सुरु भइ बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा पुगेर नेपाल रेडक्रस नुवाकोटले भूकम्पपछि उद्धारमा कसरी संयमित भइ…


भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा स्मारक पार्क

goyenka group park nuwakot

विदुर, नुवाकोट / गत २०७२ वैशाख १२ को महाभूकम्प  र त्यसपछिको निरन्तर पराकम्पनबाट ज्यान गुमाएका र घाइतेको सम्झनामा नुवाकोटको विदुर नगरपालिका-४ हावाघरमा स्मारक पार्क निर्माण हुने भएको छ । नुवाकोट जिल्लामा आव २०७३/०७४ मा बिक्रि गरिएको परिणामको आधारमा गोयनका स्टिलबाट रु.६ लाख ३० हजार २ सय ५८ रुपैया ७० पैसा र गोयनका सिमेन्टबाट रु.२ लाख ८५ हजार ७ सय ७० रुपैयाँ गोयनका कम्पनीका बिनोद अधिकारीले नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको छ । नुवाकोटमा सर्वाधिक बिक्रि हुन सफल भएको गोयनका ग्रुपको स्टिल र सिमेन्ट डिलर तथा बिक्रेताहरुको सहकार्यमा…


गैरीगाउँमा चौबीसै घण्टा पानी सुविधा

Water Supply in Nuwakot Gairi Gaun

नुवाकोट/खानेपानीको चरम अभावले ‘काकाकुल बस्ती’का रुपमा परिचित यहाँको तादी गाउँपालिका-६ गैरीगाउँमा अहिले चौबीसै घण्टा खानेपानी सुविधा उपलब्ध भएको छ । गाउँभन्दा तीन किलोमिटर टाढा रहेको तीन वटा मुहानको पानी संकलन गरी वितरण थालेपछि अहिलेको सुख्खायाममा पनि गैरीगाउँका ११४ घरधुरीमा पानीको पर्याप्त सुविधा भएको गैरीगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष सीताराम तामाङले जानकारी दिनुभयो । सरकारबाट रु १९ लाख ६३ हजार तथा जिल्ला खानेपानी कार्यालय रु १५ लाख ७० हजार अनुदानका साथै स्थानीयवासीबाट रु तीन लाख ९२ हजारबराबरको श्रमदान जुटाइएको उहाँले बताउनुभयो । अध्यक्ष तामाङका अनुसार सबैको घरमा एक–एक वटा धारा जडान…


जोखिम बस्तीका परिवारलाई सुरक्षित स्थानमा घडेरी

Nuwakot District Map

नुवाकोट/भूकम्पसँगै सुख्खा पहिरोले जोखिम रहेको बस्तीमा बसोबास गर्दै आएका तादी–१ उर्लेनीका बाह्र परिवारलाई तादी–३ बुदुनेमा स्थानान्तरणका लागि घडेरी उपलब्ध गराइएको छ । भूकम्प र पहिरोले बस्ती बगाएपछि ती विस्थापित परिवारलाई चार रोपानी तीन आना जग्गा खरीद गरी प्रदान गरिएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिनुभयो । बुदुनेका शिवप्रसाद उप्रेती, चन्द्रमणि उप्रेती र लेखनाथ उप्रेतीबाट आवश्यक जग्गा खरीद गरी राष्ट्रिय पुनः निर्माण प्राधिकरणले विस्थापितलाई पुनः स्थापनाका लागि उपलब्ध गराएको हो । प्राधिकरणले उपलब्ध गराएको घडेरीको जग्गामा पाँच परिवारको श्रीमान्–श्रीमतीकै नाममा संयुक्त जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) बनाइएको छ । उर्लेनीमा जोखिममा…


लाङ्टाङ साहित्यिक यात्रा सम्पन्न (फोटोफिचर)

Langtang Sahityik Yatra

रसुवा/विसं २०७२ को भूकम्पका कारण दिवंगत स्वदेशी विदेशीको सम्झनामा लाङटाङ साहित्यिक यात्रा (वैशाख २७–३०) सम्पन्न भएको छ । रसुवा स्रष्टा समाजको आयोजना र अधिवक्ता एवं साहित्यककार फुर्पा तामाङको नेतृत्वमा गएका १० कविले लाङ्टाङ पुगी दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कविता वाचन गरेका थिए । पर्यटनका हिसाबले लाङ्टाङ सुरक्षित छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको तामाङले बताउनुभयो । कविता वाचन गर्नेमा तामाङ, दीपेन्द्रसिंह थापा, अभिषेक अधिकारी, सञ्जुकुमार डंगोल, सुजिना लवट, विजया तिवारी र भीमसेन पाण्डे हुनुहुन्थ्यो । सो अवसरमा लाङटाङबारे श्याम रिमाल, चन्द्र गुरुङ र ज्ञानेन्द्र न्यौपानेले लेखेका कविता पनि…


रसुवाका स्वास्थ्य चौकी र अस्पताल निर्माण

Logo of Nepal Redcross Society

रसुवा/विसं २०७२ को भूकम्पले क्षति पु¥याएको जिल्लाका सबै स्वास्थ्य चौकी र अस्पताल पुनःनिर्माण भएपछि ग्रामीणवासीको उपचार सेवामा सहज भएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख डा गुणनिधि शर्माका अनुसार जिल्लामा स्थापित १८ स्वास्थ्य चौकी र एक जिल्ला अस्पतालमध्ये एक प्राथमिक स्वास्थ्य चौकी बाहेक १८ स्थानका संरचनामा क्षति पु¥याएकाले रेडक्रस र गैरसरकारी संस्थाको सहयोगमा पुनःनिर्माण भएपछि उपचार सेवा प्रदान गर्न सहज भएको हो । निर्माण भएका स्वास्थ्य संस्थामध्ये प्रिफेव्रिकेटेड मोडलबाट नेपाल रेडक्रसले १५ सय्याको जिल्ला अस्पताल, करुणा फाउण्डेशन नामक गैससले प्रिफ्याफ मोडलको १० वटा स्वास्थ्य चौकी नयाँ निर्माण र तीन वटा सवलीकरण,…


रेडक्रस सहयोगको पुनःनिर्माण अन्तिम चरणमा

Logo of Nepal Redcross Society

नुवाकोट/भूकम्पपछिको अवस्था सामान्य बनाउन तथा क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न नुवाकोटमा नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा भइरहेको भूकम्प प्रतिकार्य कार्यक्रम प्रभावकारी बनेको छ । पुनःनिर्माणअन्तर्गत रेडक्रस जिल्ला शाखाले साविकका आठ गाविस काहुले, भाल्चे, मनकामना, हल्देकालिका, लच्याङ, उर्लेनी, सूर्यमती र चतुरालेमा जीविकोपार्जन, खानेपानी तथा सरसफाइ एवं स्वच्छता प्रवद्र्धन, स्वास्थ्य क्षेत्रमा क्षमता अभिवृद्धिलगायतका सहयोग कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला सभापति सुरतबहादुर चित्रकारले जानकारी दिनुभयो । “भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत काहुले र भाल्चेका पीडितलाई आवास निर्माणमा सहयोग पु-याइरहेका छौँ ।” चित्रकारले भन्नुभयो “विपद्बाट संकटापन्न अवस्थामा रहेका बासिन्दाको जीवन सामान्य बनाउन सीप प्रवद्र्धन तालीमदेखि नगद अनुदानसमेत प्रदान…


पुस्तकालय सञ्चालन

disability friendly kumari library nuwakot nepal

कुमरी, नुवाकोट/बेलकोगटगढी नपा–२ कुमरीस्थित जनजागरण पुस्तकालय स्रोत केन्द्रले सुविधा सम्पन्न भवन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । भूकम्पले क्षतिग्रस्त भएपछि सो पुस्तकालय टहरामा सञ्चालन हुँदै आएको थियो । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह र पुस्तकालय भवन निर्माणमा सहयोग गर्ने संस्था एसएसबीका अध्यक्ष मार्टिन कुशटम्यानले संयुक्त रुपमा आज नवनिर्मित सो पुस्तकालय भवनको उद्घाटन गर्नुभयो । सो अवसरमा नेता सिंहले पुस्तकालयले प्रदान गर्ने सेवा र यहाँको पुस्तकलाई धेरै उपयोग गर्नुपर्ने बताउँदै गाउँमा पनि यति धेरै सुविधा सम्पन्न पुस्तकालय निर्माण हुनु ज्यादै प्रंशसनीय कार्य भएकाले यसको सक्दो उपयोग गर्नु होला भन्नसभयो । एसएसबीका…


नुवाकोटका ७८ प्रतिशत लाभग्राही पुनःनिर्माणमा व्यस्त

earthquake-pidit

नुवाकोट/विनाशकारी भूकम्प गएको तीनवर्ष पूरा हँुदा क्षति पुगेका आवास पुनःनिर्माणले नुवाकोटमा बल्ल गति लिन शुरु गरेको छ । निर्माण सामग्री र दक्ष जनशक्ति अभाव तथा आवास निर्माण बापत् पाउने अनुदान रकमको वितरण प्रक्रिया प्रभावकारी नहुँदा सुस्त रहेको पुनःनिर्माणले पछिल्लो समय केही गति लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । जिल्लाका ६९ हजार २८९ लाभग्राहीमध्ये हालसम्म घरको जग तहसम्म निर्माण सम्पन्न गरी दोस्रो किस्ताको अनुदान सिफारिश हुनेको संख्या ५० हजार ८९ घरधुरी छन् । आवास निर्माणको जग तह पूरा गरी दोस्रो किस्ताको लागि रु एक लाख ५० हजार पाउन निवेदन…


विस्थापित छयालिस परिवारलाई सुरक्षित स्थानमा घडेरी

नुवाकोट/भूकम्पको कारण बासस्थान गुमाएर विस्थापित भएका दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका ४६ परिवारलाई शिखरबेँशीमा घडेरी खरिद गरी पुनःस्थापना थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घ्याङ्फेदीका विस्थापितमध्येका ४६ परिवारलाई सोही गाउँपालिका–७ शिखरबेँशीस्थित रामतीमा घडेरी खरिद गरी पीडित परिवारको नाममा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) उपलब्ध गराएको हो । शिखरबेँशीका आइतमान तामाङ, दमाइसिंह तामाङ र यदुकुमार अधिकारीसँग १९ रोपनी जग्गा रु ९२ लाखमा खरिद गरी विस्थापितको पुनःस्थापना शुरु गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिनुभयो । ४६ मध्ये ३४ परिवारको श्रीमान्–श्रीमती दुवैको नाममा संयुक्त जग्गाधनी लालपूर्जा बनाइएको जग्गाको…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS