महिला

 
 

नारी दिवसमा महिलाहरु सम्मानीत

109 international women's day

विदुर / १०९औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रका महिलालाई सम्मान गरिएको छ । नारी दिवस मनाउन शुक्रवार भएको कार्यक्रममा विभिन्न क्षेत्रका महिलालाई सम्मान प्रदान गरिएको हो । “लैंगिक समानताको लागि समान सोच र विचार:समृद्धिको आधार’ भन्ने नाराको साथ जिल्लामा विभिन्न स्थानमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो । विदुर नगरपालिकाले विदुरमा गरेको कार्यक्रममा विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरिएको छ । हिंसा पीडित, एकल महिला, विपन्न महिलाहरुलाई विदुर नगरपालिकाले सम्मान गरेको हो । कार्यक्रममा नगरभित्रका महिलाहरुलाई संघीय सांसद नारायणप्रसाद खतिवडा, नगर प्रमुख सन्जु पण्डित र नगर उपप्रमुख गिताकुमारी दाहालले सम्मान गरेका…


लैङ्गिक समानताका लागि पुरुष सहभागिता अभिमुखीकरण

gender equality nuwakot workshop commitment

विदुर / लैङ्गिक समानता आजको आवश्यकता अपरिहार्य रहेकोले लैङ्गिक समानताका लागि पुरुष सहभागिता अभिमुखीकरण कार्यशालामा जानकारी गराएको छ । कार्यशालामा महिला र पुरुषबीच समान मूल्य मान्यता कायम गर्नु, राजनीतिक, आर्थिक, सामाजिक र बौद्धिक विषयका लागि समान अवसर प्रदान गर्नु तथा महिला र पुरुषबीच समान हैसियत कायम राख्ने सम्बन्धि लैङ्गिक समता, लैङ्गिकसमानता, पुरुषत्व, नारीत्व, पृतिसत्ता, मातृसत्ता नारीसत्ता, लिङ्गका आधारमा विभेद नगरी अवसरबाट बञ्चितवर्ग वा समुदायलाई थप अवसरहरु जुटाइ समानता ल्याउन गरिएको लैङ्गिक समताका आधारमा हुने लैङ्गिक विभेद र लैङ्गिकता समानताका प्रतिवद्धता लगायतका विषयमा जानकारी गराईएको थियो । कार्यशाला सहायता सामाजिक संस्था, सामुदायिक तथा ग्रामिण विकास…


ग्रामिणस्तरदेखि नै लैङ्गिक हिंसाको अन्त्य हुनुपर्ने: सन्तमान तामाङ

no violence nuwakot

विदुर / “लैङ्गिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार” भन्ने नारा सहितको लैङ्गिक हिंसा विरुद्धको १६ दिने र अत्ती भो! अभियान अन्तर्गत नुवाकोटमा पहिलोपटक पुरुष पद यात्रा भएको छ । अक्सफार्मको सहयोगमा महिला तथा बालिकामाथि हुने हिंसा विरुद्ध एक्यबद्धता स्वरूप भएको पदयात्रा आज बिहान विदुर नगरपालिका-१ त्रिशुली बजारदेखि विदुरको बाल मन्दिरसम्म भएको छ। पदयात्रापछि कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक मुलुक भएको कारण विभिन्न संस्कृति र परम्पराको चालचलनले गर्दा लैङ्गिक हिंसा हुने गरेको र त्यस्ता किसिमका हिंसाको पहिचान गरी समुदायले सुधार्दै लैजानु धारणा तामाङले  व्यक्त गर्नुभयो । अभियानलाई केन्द्रीयस्तरबाट…


लैङ्गिक हिंसा रोक्नेमा महिला स्वास्थ्य स्वयंसेविका

विदुर, नुवाकोट / आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी विभिन्न कार्यक्रम गरि मनाइएको छ । यो दिवस अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । अाधारभूत स्वास्थ्य सेवामा महिलाकाे सहभागिता जुटाउने उद्देश्यले २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भएकाे हाे । सरकारले स्थानीय निकायका हरेक वडामा कम्तीमा १ जना महिला स्वास्थ्य स्वयंसेविका हुनुपर्ने कार्यन्वयनमासंगै अहिले देशभर ५१ हजार ४ सय २० जना महिला स्वास्थ्य स्वयंसेविका रहेको छ । एक महिला स्वास्थ्य स्वयंसेविकाले ५० देखि २ सय घरधुरी र १ हजार जनसंख्यासम्मलाई हेर्नुपर्छ । सरकारले दिवसमा…


लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सचतेनामुलक कार्यक्रम

विदुर / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज दशौँ दिन, “लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार” भन्ने मूल नाराका साथ सचतेनामुलक कार्यक्रम सदरमुकाम विदुरमा मनाईएको छ । सामुदायिक विकास केन्द्र नेपाल, मानव अधिकारका लागि एकल महिला संस्था, ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा कार्य क्षेत्रमा हुने लैङ्गिक हिंसाको अन्त्य साथ भएको कार्यक्रममा मानव अधिकारका लागि एकल महिला संस्थाका अध्यक्ष देवकी पौडेलले लैङ्गिक हिंसामा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण बदल्नुपर्ने र राज्यले एकल महिलाको जिपिकोपर्जनको लागि रोजगारमुलक व्यवसायको सिर्जना सहज रुपमा गरिदिनुपर्ने पौडेलले बताउनुभयो…


हिंसाबाट बच्न किशोरीलाई आत्मरक्षा तालिम

रसुवा । महिलामाथि हुने हिंसाबाट बच्न रसुवाका किशोरीलाई आत्मरक्षा तालिम दिइएको छ । जिल्ला खेलकुद बिकास समिति रसुवाको समन्वयमा राष्ट्रिय खेलकुद परिषदले  किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो । “महिलाहिंसा विरुद्ध हाम्रो संकल्प खेलकुदमा महिला सहभागिता उत्तम बिकल्प” भन्ने नाराका साथ राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रम अन्तर्गत सोमबारबाट सदरमुकाम धुन्चेमा सञ्चालन भएको तालिम बुधबार सकिएको हो । तालिममा जिल्लाका ५ वटा बिद्यालयमा अध्ययनरत कक्षा ९ र १० मा अध्ययनरत ५० जना छात्राहरु सहभागि भएका छन् । उनीहरुलाई आत्मरक्षा कसरी गर्ने भनेर मार्सल आर्टको तालिम दिइएको  छ ।…


महिला हिंसाबाट बच्न लिए १८७ छात्राले आत्मरक्षाको तालिम

self defense training nuwakot

विदुर । महिलालाई आत्मसुरक्षाका निम्ति सशक्त बनाउने अभिप्रायले आयोजित दुई दिने रास्ट्रपति खेलकूद महिला सहभागिता अभिवृद्धि तालिम सम्पन्न भएको छ । जिल्ला खेलकूद विकास समितको समन्वय रहेको “महिला हिंसाविरुद्ध हाम्रो संकल्प, खेलकूदमा महिला सहभागिता उत्तम विकल्प” नारा सहितको तालिममा एक सय ८७ जना छात्रा विद्यार्थीहरुलाई कुरोडैया सेल्फ डिफेन्सको तरीकाहरुको तालिम दिईएको थियो । कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले खेल क्षेत्रमा महिला सहभागिता वृद्धि भएमा महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताएका छन् । लैङ्गिक समताको सोच र व्यवहार हुनुपर्ने बताउनुहुँदै हाल खेल क्षेत्रमा रहेका महिलाहरुले भोग्नुपरेका…


स्वराजगार बुटिक तालिम

boutique training nuwakot bidur

विदुर । विदुर नगरपालिका र ओमश्री गोसाईकुण्ड बहुद्देशीय सहकारी संस्थाको संयुक्त आयोजनामा विदुर नपा-४ बट्टारमा बुटिक तालिम संचालन भइरहेको छ । विदुर नगरपालिकाभित्रका महिलाहरुलाई सफल उद्यमी बनाउने उदेश्य राखी २०६२ सालदेखि निरन्तर तालिम संचालन गर्दै आईरहेको सहकारीका अध्यक्ष भुवन राजभण्डारीले बताउनुभयो । सहकारीका महिला सदस्यहरुको पहलमा विगत १३ वर्षदेखि सुरु भएको स्वराजगर तालिम हाल नगरभित्रका सबै महिला तथा पुरुषहरुलाई प्रदान गर्दै आईरहेको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । त्यस्तै, तीन महिने तालिम अन्तर्गत बुटिक तालिम लगायत क्रिस्टल र सिलाई बुनाई तालिम संचालनमा रहेको जानकारी दिनुभयो । तालिम पश्चात् प्रशिक्षार्थीबाट उत्पादित सामग्रीहरु…


एकल महिलालाई क्रिष्टल माला बनाउने तालिम सुरु

विदुर । एकल महिलाहरुको सिप तथा क्षमता अभिवृद्धि गराई आत्मनिर्भर बनाउने उदेश्यले एकल महिला नुवाकोटको आयोजनामा क्रिष्टल माला बनाउने तालिम सुरु भएको छ । मानव अधिकारको लागि सिपमूलक तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतारी जिविकोपार्जन सहज भई स्वावलम्बी हुन मद्दत मिल्ने महिला एकल महिला नुवाकोटकी अध्यक्ष देवकी पौडेलले बताउनुभयो । बजारमा सुनचाँदीका गरगहना भन्दा पनि क्रिष्टलका मालाको माग बढिरहेकोले एकल महिलाले बनाएको मालालाई बिक्री गर्न बजारीकरणको अभाव नभएको पौडेलले बताउनुभयो । अब एकल महिलाको लागि छुट्टाईएको बजेटमार्फत सिप विकास, जिविकोपार्जनको लागि कुखुरा, बाख्रापालन व्यवसाय लगायतका तालिम सञ्चालन गरि एकल महिलाहरु स्वाबलम्बी बन्न…


आधुनिक दासता र गरिबीविरुद्ध नयाँ कार्यक्रम

नुवाकोट/जोखिममा परेका तथा पर्नसक्ने महिला तथा बालबालिकाको संरक्षणमा केन्द्रित रहँदै आएको शक्ति समूहले प्रदेस नं ३ अन्तर्गत नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा ‘आधुनिक दासता र गरिबीविरुद्धको सामुदायिक नेतृत्व कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । दुई जिल्लाको अतिविपन्नता, मानव बेचबिखन, घरेलु हिंसा, आर्थिक अवस्था कमजोर भएका एवं विद्यालयको पहुँच बाहिर रहेकाको जीवनस्तर सुधारगरी उनीहरुलाई प्रतिस्पर्धाको दायरामा सामावेश गर्न कार्ययोजनासहितको नयाँ कार्यक्रम शुरु गरेको शक्ति समूहका अध्यक्ष बलकुमारी रानाले जानकारी दिनुभयो । “दुई जिल्लाका साविक दश–दश वटा गाविसका १२ हजार ५०० भन्दा बढी लक्षित समुदायसमक्ष पुग्ने योजना बनाएका छौँ ।” रानाले भन्नुभयो, “यहाँको घ्याङफेदी,…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS