महोत्सव

 
 

आजबाट छैठौँ नुवाकोट महोत्सव, पूर्वराष्ट्रपतिले उद्घाटन गर्ने

6th nuwakot mahotsav 2076 trishuli bidur

विदुर, नुवाकोट – ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्द्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्धन’ भन्ने नाराको साथ आजबाट छैठौँ नुवाकोट महोत्सवको उद्घाटन पूर्वराष्ट्रपति डा. रामवरण यादवले गर्ने भएको छ । महोत्सव माघ १६ देखि २६ गतेसम्म संचालन हुनेछ । आयोजक नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ताराबहादुर कार्कीले नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी सञ्चालन हुन लागेको महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउनको लागि विशेष योगदान पुग्ने अध्यक्ष कार्कीले बताए । महोत्सवमा पर्यटन, उद्योग, कृषि, सामाजिक तथा साँस्कृतिक, लोपोन्मुख भाषा, संस्कृति भेषभुषा, संस्थागत…


“छैठौँ महोत्सवले नुवाकोट औद्योगिकीकरणमा जान सहयोग पुग्छ”: ताराबहादुर कार्की

tara bahadur karki nccinuwakot

अध्यक्ष, नुवाकोट उद्योग वाणिज्य संघ छैठौँ नुवाकोट महोत्सवको विशेषता के हो ? नेपाल भ्रमण वर्ष २०२०लाई जोडेर कृषिको सम्भावनाको खोजी र कृषिमा लागेका उद्यमीलाई हौसला प्रदान गर्ने कृषि उद्योगको विकास गर्नको लागि महोत्सवले भूमिका निर्वाह गर्नेछ । नुवाकोटमा उद्योगको सम्भावना भर्खरै बढेको छ । त्यसलाई सार्थकता बनाउनको लागि पनि महोत्सवले भूमिका निर्वाह गर्नेछ । उद्योगपतिलाई पनि महोत्सवमा निम्ता दिएका छौँ । उहाँहरु आएर नुवाकोटको सम्भावनाहरुको खोजी गर्नुहुनेछ । अनि त्यसपछि लगानीको वातावरण बन्ने छ भन्ने मैले विश्वास लिएको छु । महोत्सवले कृषि, पर्यटन, उद्योग, धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको पहिचानका साथै…


नुवाकोट महोत्सव: उत्कृष्ट लेख रचनाका लागि आव्हान

visit nepal 2020 np2020

विदुर – नुवाकोट उद्योग वाणिज्य संघले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई केन्द्रबिन्दु बनाउँदै गरि लेख/रचनाका लागि सबैसँग आव्हान गरेको छ । संघले यहि माघ १६ देखि २६ गतेसम्म हुने नुवाकोट महोत्सव आयोजना हुन लागेको हुनाले नुवाकोटमा रहेका धर्म संस्कृति, जनजाती, भेषभुषा, रितिरिवाज, परम्परार नुवाकोटको कृषि, उद्योग, आर्थिक, शैक्षिक, व्यापार/व्यवसाय, पर्यटनको प्रवर्धन गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ स्मारिकामा प्रकाशन गरिन लागेको स्मारिका प्रकाशन उपसमिति संयोजक राजकुमार आचार्यले जानकारी दिनुभयो । विज्ञप्ति अनुसार संघको विदुरस्थित कार्यालय पुगेर वा इमेल [email protected] [email protected] मार्फत २०७६ पुष २५ गते सम्म पठाउन भनिएको छ…


ब्रह्मक्षेत्र गुरुकुलको लागि धार्मिक महोत्सव हुँदै

vaidik sanatan dharma samaj nuwakot

विदुर / नुवाकोटलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नको लागि पञ्चकन्या गाउँपालिका-२ कविलासमा ब्रह्मक्षेत्र धार्मिक महोत्सव तथा श्रीमद्भागवत धन्धन्याञ्चल विराट ज्ञान महायज्ञ २०७५ हुने भएको छ । वैदिक सनातन धर्म संरक्षण समाजले सदमुकाम विदुरमा पत्रकार सम्मेलन गर्दै विश्व शान्ति, राष्ट्र कल्याण, स्थिरता एवं परम्परादेखि चलिआएको संस्कृत भाषा, वैदिक गुरुकुल तथा प्राकृतिक नियमानुसारको जीवनपद्दति पुनर्स्थापनाको लागि धार्मिक महोत्सव तथा महायज्ञ यहि फाल्गुण १३ गतेबाट २१ गतेसम्म ब्रह्मक्षेत्र राक्षेश्वर मन्दिर प्राङ्गणमा हुने समाजका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिनुभएको छ । समाजले नुवाकोटमा पहिलोपटक ब्रह्मक्षेत्रलाई गुरुकुलको रुपमा विस्तार गर्न लागिएको अध्यक्ष पाठकले जानकारी दिनुभयो । हराउँदै गएको गुरुकुल शिक्षालाई देशका…


प्रथम नुवाकोट जिल्लास्तरीय आदिवासी महोत्सव हुने

nuwakot mahotsav 2075

विदुर / आगामी फाल्गुण १६ गतेदेखि २६ गतेसम्म  प्रदेश नं. ३ को प्रथम नुवाकोट जिल्लास्तरीय आदिवासी महोत्सव २०७५ हुने भएको छ । महोत्सवमा करिब ७ करोडको कारोबार हुने र दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सव विदुर नगरपालिका-४ स्थित बट्टार बसपार्क बालुवाटारमा हुनेछ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् नुवाकोटले आज पत्रकार सम्मेलन गरि पर्यटन, उद्योग, व्यापार, कृषिमा विकास गरि आर्थिक समृद्धि र मनोरञ्जन, प्रथम नुवाकोट जिल्लास्तरीय आदिवासी महोत्सवमा लोपोन्मुख भाषा, सांस्कृतिक भेषभुषाको जातीय पहिचानसहितको महोत्सव हुने जनाएको छ । महोत्सवमा जिल्लास्तरीय नृत्य आईडल, झाँकी तथा…


१२ औँ चितवन महोत्सव हुँदै

chitwan mahotsav 2075 dabalikhabar

भरतपुर / १२ औं चितवन महोत्सव यहि पौष २५ देखि  माघ ४ गतेसम्म हुँदैछ । महोत्सव नारायणी नदीकिनार नारायणगढमा हुने भएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ । यतिबेला धमाधम नारायणीकिनार झकिझकाउ बनिरहेको छ । स्टल निर्माणका कामहरु भइरहेका छन् । महोत्सवको मुख्य आकर्षण मूल गेट निर्माण भइरहेको छ । आदिवासी जनजातिका घरहरु बनिरहेका छन् । चितवन महोत्सवका मूल संयोजक सहनलाल प्रधानले महोत्सवको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहने बताए । उनले भने, ‘पहिला त पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने कुरा थियो, अब प्रधानमन्त्री ओलीसहित…


प्रथम नुवाकोट त्रिशुली महोत्सव सम्पन्न, ३५ हजारले गरे अवलोकन

विदुर / ईन्जिनियरिङ कक्षा सञ्चालनको लागी रकम जुटाउने उद्धेश्यले आयोजना गरेकोे प्रथम नुवाकोट त्रिशुली महोत्सव बुधबार सम्पन्न भएको छ । विविध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार, शिक्षा कृषि पर्यटन तथा ब्यापार भन्ने मुल नाराका साथ त्रिभूवन त्रिशुली माध्यामिक विद्यालयले आयोजना गरेको महोत्सवमा करिब ३५ हजार भन्दा बढीले अवलोकन गरेको आयोजक त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले जानकारी दिएका छन् । विसं. २००७ सालमा स्थापना भएको तत्कालिन पश्चिम १ नंम्बर नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविमा यसै शैक्षिक सत्रदेखि तीन वर्षे सिभिल इन्जिनियरिङको स्नातकतहको पठनपाठन…


आजबाट प्रथम नुवाकोट त्रिशुली महोत्सव सुरु हुँदै

विदुर / नुवाकोट, रसुवा र धादिङलाई लक्षित गरी आजबाट प्रथम नुवाकोट त्रिशुली महोत्सव २०७५ सुरु हुँदैछ । महोत्सव आज पौष २ देखि १० गतेसम्म विद्यालयकै खेलमैदानमा हुनेछ । नुवाकोट जिल्लामै पहिलोपटक ईन्जिनियरिङ कक्षा सञ्चालनका लागि त्रिभुवन त्रिशुली माविले आवश्यक आर्थिक स्रोत जुटाउन विविध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार, शिक्षा कृषि पर्यटन तथा व्यापार महोत्सव भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा २ सय स्टलहरु रहेको छ । ३३ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । महोत्सवमा स्थानीय उत्पादन रहने स्टलमा २० प्रतिशत छुट रहेको छ । प्रवेश शुल्क रु.५५…


प्राविधिक शिक्षाको लागि आजबाट महोत्सव शुरु

Nuwakot Trishuli Mahotsab 2075

त्रिशुली, नुवाकोट / ‘विविध सांस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार’ भन्ने मूल नारासहित आजदेखि प्रथम नुवाकोट त्रिशूली महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य सांसद नारायणप्रसाद खतिवडाले जिल्लाकै पुरानो विद्यालय भएकाले नयाँ शैक्षिक कार्यक्रम अनुसार विद्यार्थीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । समारोहमा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले विद्यालयले आयोजना गरेको महोत्सव सफल हुुनु भनेको नुवाकोटका नागरिकका सन्तानले जिल्लामा प्राविधिक शिक्षाको अवसर पाउनु भएको बताउनुभयो । त्यस्तै, प्रदेशसभा सदस्य बद्री मैनालीले नुवाकोटका नागरिकले चाँडै विकासको स्वाद लिन सक्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले विद्यालयलाई नमूना बनाउनका लागि आयोजित…


सिभिल ईन्जिनीयरिङ कक्षा सञ्चालनको लागि त्रिशुली महोत्सव हुने

विदुर / त्रिभूवन त्रिशुली माविमा सिभिल ईन्जिनीयरिङ कक्षा सञ्चालनको लागि रकम जुटाउने उद्देश्यका साथ नुवाकोट त्रिशुली महोत्सव आगामी पुस २ गतेदेखि १० गतेसम्म हुने भएको छ । गत असोज २२ गतेदेखि ३० गतेसम्म दशैँलाई लक्षित गरी तय गरिएको महोत्सव नुवाकोट कपडा व्यवसायी संघ र नुवाकोट उद्योग वाणिज्य संघको विरोधका कारण स्थगित भएको थियो । तत्कालीन समयमा महोत्सव गर्दा दशैँको समयमा बजारका व्यापारीहरुको व्यापारमा असर पर्ने भन्दै महोत्सव नगर्न पटक पटक आग्रह गरिएको थियो । ईन्जिनीयरिङ कक्षा संचालनको  लागि नगरपालिकाले ५ लाख रुपैया र नुवाकोट कपडा व्यवसायी संघले महोत्सव स्थगित गराए…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS