माओवादी

 
 

नेकपामा झापाका १२ केन्द्रीय सदस्य

CPN UML Pary Office Kathmandu

बनियानी, झापा/ हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा पर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन नेकपा (एमाले)का १० जना र तत्कालीन नेकपा (माओवादी केन्द्र)का दुईजना पर्नुभएको हो । तत्कालीन एमालेबाट नेकपाको केन्द्रीय सदस्यमा हिक्मत कार्की, रवीन कोइराला, भास्कर काफ्ले, हरि राजवंशी, नरेश खरेल, युवराज कार्की, देवेन्द्र दाहाल, डा युवराज खतिवडा र देवराज घिमिरे रहनुभएको छ । त्यसैगरी, तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट सुरेन्द्र कार्की .(पार्थ) र धर्मशीला चापागाई पर्नुभएको छ ।


अपांगता भएकी पूर्वलडाकू करणीमा

रोल्पा/रोल्पाको त्रिवेणी गाउँपालिका–५ की २५ वर्षीया एक अपांगता भएकी महिला जबर्जस्ती करणीमा परेकी छिन् । पूर्व माओवादी लडाकूसमेत रहेकी निज महिला माओवादी युद्धताका अपांग भएकी थिइन् । बोल्न नसक्ने तथा हातखुट्टा नचल्ने अवस्थामा रहेकी निज महिलालाई सोही गाउँका ५१ वर्षीय हरिप्रसाद कामीले जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ । घरमै बसिरहेको अवस्थामा अपांग महिलालाई जबर्जस्ती करणी गर्ने कामीलाई प्रहरीले पक्राउ गरी कानूनी कारबाहीका जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताइएको छ । जिल्ला अस्पताल, रेउघामा स्वास्थ्य परीक्षणपछि महिलालाई घर पठाइएको तथा अभियुक्त कामीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,…


नेपाल कम्युनिष्ट पार्टीद्वारा केन्द्रीय समितिकाे नामावली सार्वजनिक

CPN UML Pary Office Kathmandu

नेपाल कम्युनिष्ट पार्टीद्वारा केन्द्रीय समितिकाे नामावली सार्वजनिक भएकाे छ । अाज दिउँसाे पार्टीले अाधिकारिकरूपमा विज्ञप्ति जारी गर्दै नामावली सार्वजनिक गरेकाे हाे । हेर्नुस् केन्द्रीय सदस्यहरूकाे नामावलीः-


नेकपाद्वारा केन्द्रीय कमिटीको पूर्णता

CPN UML Pary Office Kathmandu

काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो । यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ । त्यसैगरी यस बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ । उक्त कमिटीमा पार्टीका नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, बैठकले सातवटा प्रदेश…


पार्टी एकताको मिति घोषणा वैशाख १४ गते हुने: दाहाल

चितवन/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी बीचको एकता घोषणाको मिति आउँदो वैशाख १४ गते तय गरिने बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मे १ वा मे ५ मा पार्टी एकता घोषणा गर्ने कोशिश भइरहेको जानकारी दिनुभयो । दुई पार्टीका अध्यक्षले पर्याप्त समय निकाल्न नसकेका कारण एकतामा ढिलाइ भएको स्वीकार्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीजीको व्यस्तता हुने नै भयो । म पनि व्यस्त नै छु । यसले थोरै ढिलो भएको हो ।” समय निकालेर छलफलमा बसेमा कुरो टुंगिने उहाँको भनाइ थियो…


कल्याणपुर देउराली किसान विद्रोहका गुमनाम योद्धा : चिमो तामाङ

Chimo Tamang Nuwakot Farmer Leader

नारायण नेपाल / तत्कालिन पश्चिम नेपाल एक नम्बर खनायोवास गाउँमा एउटा ठूलो आँधी चल्यो । किसान विद्रोहको लहर उठ्यो । राज्यको दमनको निशाना सोझा गाउँले जनतातिर सोझियो । खनायोवास विस्तारै शान्त हुँदै गयो । त्यही भावभूमि र प्रेरणामा नुवाकोटको कल्याणपुरमा किसान विद्रोहको अर्को भिल्को उठ्यो । विद्रोही र राज्यका सुरक्षा फौज बीच लडाई चल्यो । धेरै स्थानीय जनहरु बिस्थापित भए । देशमा निरंकुशताको उदय भयो । घटना विस्तारै विस्मृतिमा हराउँदै गए । सत्ता र शक्तिको रवाफ, प्रभावमा परेकाहरुको स्तुति गान र आत्मवृतान्तहरु निकै लेखिएका छन् । इतिहास वर्तमानको जननी हो…


वैशाख ९ मै एकता गर्न एमाले स्थायी कमिटीको जोड

काठमाडौँ, ३ वैशाख/ नेकपा (एमाले) को आजको स्थायी कमिटीको बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस (वैशाख ९) मा एकता गर्न सुझाइएको सन्दर्भमा एमाले स्थायी कमिटी बैठक बसेको हो । स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताउनुभयो । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिनभर अन्य कार्यक्रम…


एमाले र माओवादीका नेताहरू यसरी बन्दै छन् ‘सडकछाप’ काङ्ग्रेस कार्यकर्ता पनि त्रसित !

एमाले र नेकपा माओवादी केन्द्रबीच जसरी एकताको खिचडी पाक्दै गएको छ त्यति नै मात्रामा नेताहरूको मन भतभती पोल्न थालेको छ । शीर्ष नेताहरूले व्यवस्थापनलाई राहत दिए पनि केन्द्रमै दोस्रो तहका कैयौँ नेता भूमिकाविहीन बन्ने पक्काजस्तै भएको छ । त्यसो त भूमिका पाएकाहरू पनि नाम मात्रकै भूमिकामा रहने पक्कापक्की नै भएको छ । पार्टी एकतापछि नेतृत्वको जिम्मा लिने नेतालाई शक्तिशाली बनाइनेछ । त्यही भएर दुवै पार्टीका केही शीर्ष नेतालाई सामूहिक नेतृत्व दिने कसरत भएको छ । दुई पार्टी एक भएपछि आफ्नो हैसियत धेरै गिर्ने अनुमान दुवै पार्टीका दोस्रो तहका नेताहरूले पहिला…


नुवाकोटमा माओवादीका तामाङ विजयी, पूर्व अर्थमन्त्री डा.रामशरण महत ९ हजार मतले पराजित

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा बामगठबन्धनका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका हेवीवेट नेता पूर्व अर्थमन्त्री रामशरण महतलाई पराजित गरेका हुन् । बामगठबन्धनकातर्फबाट मोओवादी केन्द्रका उम्मेदवार तामाङले ३६ हजार ४ सय ७३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका डा. मतहले २७ हजार ९ सय २० मत मात्र प्राप्त गरे । यसअघि महतले २ पटकसम्म तामाङलाई पराजित गरेका थिए । २०६४ र २०७० को निर्वाचनमा महतसँगै पराजित भएका तामाङले यसपटक भने सानदार जित निकालेका छन् । -बिजखबर  


नुवाकोटमा बामगठबन्धन बलियो, क्षेत्र नम्वर १ मा हितबहादुरको जीत सुनिश्चित

नुवाकोट / केन्द्रीय राजनितिमा प्रभाव पार्न सक्ने शक्तिशाली नेताका रुपमा प्रचार गरिएका काँग्रेस वरिष्ठ नेता एवम छ पटकका अर्थमन्त्री भैसकेका काङ्ग्रेस केन्द्रीय सदस्य डा. रामशरण महत जारी प्रतिनिधी निर्वाचनको मतगणनामा क्रमश निकै पछि पर्दै जान थालेका छन । मतगणना थालनीको सुरुवातमा आफ्नै गाउं कबिलासको गणना हुँदा अघी देखिए पनि त्यसपछी निरन्तर पछि पर्दै गएका महतको पछिल्लो मतगणनामा मतान्तर झनै बढदै जाँदा र एमाले तथा माओवादी प्रभावका क्षेत्र मानिएका स्थानको गणना बाँकी रहेको अवस्थामा नेता महत पराजय उन्मूख भएको नतिजाले देखाएको छ । ताजा मतपरिणाम अनूसार नुवाकोट क्षेत्र नम्वर १ को…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS