मृत्यु

 
 

बिषादी सेवनबाट ६० वर्षीय वृद्धाको मृत्यु

death body

तादी – नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ६ नर्जामण्डपका एक वृद्धाको विषादी सेवनबाट मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जगतबहादुर तामाङका ६० वर्षीया श्रीमती ठुलीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । मृतकले आफ्नै घरमा रहेको ‘मेटासी’ नामक बिषादी सेवन गरेर असक्त भएको अवस्थामा परिवारले फेला पारेको थियो । विष सेवन पश्चात् अचेत अवस्थामा रहेका तामाङलाई उपचारको लागि नर्जामण्डपको मेडिकल लैजाँदै गर्दा बाटो मै निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाईते

death body

तुप्चे – नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ७ का २२ वर्षिय सुजन रिजाल रहेको प्रहरीले जनाएको छ । कुलपुजाको लागि साेलेबजार जाने क्रममा मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो । तीव्रगतिमा गुडेको मोटरसाइकल नियन्त्रणमा लिन नसक्दा सडकदेखि १० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाईते रिजालको उपचारार्थ जिल्ला अस्पताल त्रिशुली लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । माेटरसाईकलकाे पछाडि बस्ने रक्कि नेपाल घाइते भएका छन् भने त्रिशुलि अस्पतालमा उपचार भईरहेकाे छ ।


बसले ठक्कर दिँदा बालकको मृत्यु

child death in bus accident

विदुर – नुवाकोटको विदुर नगरपालिका बट्टारमा बुधबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–५ गोर्स्याङ भन्ज्याङथोकका प्रताप तामाङका सात वर्षीय छोरा युनिक तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा घटनास्थलमै ज्यान गएपछि आक्रोशित आफन्त र स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कुटपिट गरेका छन् । घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । आक्रोशित भिडले बसमा ढुंगामुडा गरी क्षति पुर्याएको छ । बस जलाउने प्रयास गरेपछि भीडलाई नियन्त्रण गर्न प्रहरीले…


करेन्ट लागेर एकको मृत्यु

death body

विदुर ।  विदुर नगरपालिका-९ खिङचेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आफुले व्यवसाय गरेको कुखुराको पोल्ट्री फर्ममा तार सर्ट भई करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ। बुधबार बिहान करिब १०:२५ बजेको समयमा कुखुरालाई दाना दिने क्रममा करेन्ट लागि घाईते भएका ३२ वर्षीय कृष्ण भुजेलको मृत्यु भएको हो। सख्त घाइते उनको उपचारका लागि जिल्ला अस्पताल कोलेनीमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक पल्लीमगरले जानकारी दिए।


पर्यटनमन्त्री अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा

prime minister office nepal

काठमाण्डौ / नेपाल सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि बिहिबार राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइने र राष्ट्रिय झण्डा आधा झुकाइनेछ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ । आज दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको छ ।


चिसोले बालकको मृत्यु

Baby

लिखु, नुवाकोट / चिसोले कठ्याङ्ग्रीएर नुवाकोटको लिखु गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गापा-६ भट्टथोकका माधव पन्तका ७ महिनाको छोरा तुलबहादुर पन्त रहेको वडासदस्य श्याम डङ्गोलले जानकारी दिनुभयो। चिसोमा बच्चालाई अनुकुल तापक्रमको सट्टा असावधानीको कारण चिसोले ज्यान गएको स्थानीय स्वास्थ्य स्वयंसेवीका उषा पन्तले बताउनुभयो। देशभर बुधबारदेखि परेको अविरल वर्षासगै जिल्लाको उत्तरी क्षेत्रमा हिमपातसंगै चिसो बढेकोछ।


घर भत्किएर वृद्धको मृत्यु

death body

झिल्टुङ, बेलकोटगढी / नुवाकोटको बेलकोटगढी नगरपालिका-७ खालडाँडास्थित एक घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ । बिहान करिब ३ बजेर २० मिनेट जाँदा ढूङ्गाले छाएको एकतले घर भत्किँदा घरधनी कप्तान लामा वर्ष ८५ को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । भूकम्पले चर्किएको घर भत्किएर च्यापुवामा परि वृद्धको मृत्यु भएको हो । घर भत्किँदा छोरा शुक्रबहादुर लामा वर्ष ५२ को घाइते भएको  र ३ वटा बाख्रा पुरिएको३ वटा बाख्रा पुरिएको प्रहरीले जनाएको छ ।


दुई सातादेखि बेपत्ता भएका सिटौला मृत अवस्थामा भेटिए

death body

विदुर / विगत दुई सातादेखि बेपत्ता भएका नुवाकोट पञ्चकन्या गाउँपालिका-५ का ३५ वर्षिय लक्ष्मण सिटौला मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयबाट खोजतलास गर्ने क्रममा सिटौला शनिबार दिउँसो करिब ३ बजेतिर महादेव खोलामा मृत अवस्थामा फेला परेको नुवाकोट प्रहरीले जानकारी दिएको छ । लाशको पोष्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौँ पठाईएको प्रहरी कार्यलयले जनाएको छ ।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


मृतकको परिवारलाई रु २१ लाख क्षतिपूर्ति, भिड नियन्त्रण गर्न हवाई फायर

death body

ककनी, नुवाकोट / ककनी गाउँपालिका–१ कागतीमा टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई रु. २१ लाख क्षतिपूर्ति दिने सहमति भएपछि तीनपीप्ले–सिसडोल सडक खुलेको छ । मृतक ६० वर्षीय शेरबहादुर बलामीलाई बा ३ ख ३७३० नम्बरको टिपरले ठक्कर दिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरोध गरेकामा टिपरधनीले दिने क्षतिपूर्ति रकममा सहमति भएपछि सडक खुलेको थियो । सडक खुलाउने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा भीडलाई तितरवितर बनाउन प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेको  ककनी-१ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले जानकारी दिनुभयो ।


दुर्घटनामा एक जनाको मृत्यु, ५ जना घाइते

death body

रसुवा / सवारीसाधन दुर्घटनामा परि एक जनाको मृत्यु र ५ जना घाइते भएका छन् । मृत्यु हुने र घाइतेको पहिचान गर्न घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयकाले जनाएको छ । प्रहरीका अनुसार चार जना नेपाली र एक जना चिनियाँ नागरिक घाइते भएका हुन् । घाइतेलाई उपचारार्थ जिल्ला अस्पताल धुञ्चे ल्याउँदै गरिएको छ । घटना टिमुरेको तातोपानी पारी सर्च ट्याङ्क जाने आयोजनाको सहायक मार्ग भनिने स्थानमा माथिबाट ढुङ्गा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा विद्युत आपूर्ति समेत अवरोध भएको छ ।


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS