युवा

 
 

२ करोड ५३ लाखमा एकिकृत कृषि तथा पशुपालन

namaste nepal multipurpose investment nuwakot

लिखु, नुवाकोट / प्रवासबाट फर्केका युवाहरुले दृढ अठोट र सकारात्मक सोचका साथ “नमस्ते नेपाल मल्टिपर्पोज इन्भेष्टमेन्ट कम्पनि प्रा.लि.” नामक संस्थाले एकिकृत कृषि तथा पशुपालन फार्म सुरु गरेका छन् । “आफै मालिक, आफै कामदार, ज्याला र मुनाफाको हकदार” भन्ने मुल नाराका साथ विश्वका विभिन्न मुलुकमा रोजगारी गरि कमाएको पैसा, सिप, दक्षता हासिल गरि स्वदेश फर्किएका ६५ युवाहरुले आफ्नै जन्मभूमिमा नै श्रम गर्ने उदेश्य राखी कार्यको थालनी गरेको हो । एकिकृत कृषि तथा पशुपालनमा लगानी गरी कृषि उत्पादन र व्यवस्थापनलाई प्राथमिकता दिदै नेपाली बजारमा रोजगारी सिर्जना गर्ने अभिप्रायले नुवाकोट जिल्लाको लिखु गाउँपालिका-६ थानसिङ, मकैचौरमा रु.२…


पाँच दिनदेखि युवा बेपत्ता

lost man panchakanya nuwakot

नुवाकोट / पन्चकन्या गाउँपालिका-५ चुहानडाँडाका ३५ वर्षीय युवा लक्ष्मण सिटौला घरबाटै बेपत्ता भएका छन् । गत कार्तिक २५ गते साँझ खाना खाएर सुतेका सिटौला घरबाटै बेपत्ता भएको उनका दाजु बलराम सिटौलाले बताउनुभयो। गाउँ घरमै मजदुरी गर्दै आएका सिटौला अत्यन्तै सोझा प्रवृत्तिका रहेको परिवार स्रोतले जनाएको छ । गहुँगोरो वर्ण, चप्पल नलगाएको, कालो ट्र्याक सुट लगाएको अन्दाजी ५ फिट उचाई भएको बेपत्ता सिटौलालाई जो कसैले भेटे फोन नम्बर ९८६३-२२०२६१ र ९८४९-१०५२९६ मा सम्पर्क गरि सहयोग गर्न परिवारले जनाएको छ । बेपत्ता भएका सिटौलाको खोजी कार्य तीव्र भइरहेको इलाका प्रहरी कार्यालय, पन्चकन्याले जनाएको छ…


धादिङमा युवा उद्यमी तथा स्वरोजगार सम्बन्धी परामर्श कार्यक्रम

धादिङ । ‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ नारासहितको राष्ट्रिय युवा परिषदको मूल नारालाई सार्थक बनाउन जिल्ला युवा विकास समितिको आयोजनामा युवा उद्यमी तथा स्वरोजगार सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला युवा विकास समिति धादिङका अध्यक्ष हरि थापामगरको अध्यक्षता रहेको थियो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाइ धादिङका प्रमुख शिव प्रसाद रेग्मी स्रोत व्यक्ति रामेश्वर पोख्रेल, चन्द्रोदय बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख राजेन्द्र दाहाल, चन्द्रोदय माविका प्रधानाध्यापक कपिल प्रसाद अिधिकारी लगायतका शिक्षकहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको विषय वस्तु माथि प्रशिक्षक शिव भण्डारीले प्रशिक्षण दिनुभएको…


उधमशिलता र रोजगारी सम्बन्धी एक दिने परामर्श

ढुङ्गे, विदुर। जिल्ला युवा समिति नुवाकोटको आयोजनामा उद्यमशिलता र रोजगारी सम्बन्धी एक दिने परामर्श कार्यक्रम सम्पन्न भएको छ । नुवाकोटका युवाहरुलाई स्वरोजगार बनाउने र उद्यमशिलतातर्फ अभिप्रेरित गर्न कार्यक्रमको आयोजना गरेको जिल्ला युवा समितिका अध्यक्ष उपेन्द्र मिश्रले जानकारी दिनुभएको छ । कार्यक्रममा घरेलु उद्योग शाखा नुवाकोटका शाखा अधिकृत अम्बिका घिमिरेले सहजीकरण गर्नुभएको थियो । त्यस्तै, जिल्ला युवा समिति नुवाकोटले तीन महिने व्युटीपार्लर डिप्लोमा कोर्ष सम्पन्न गरेकोमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको अध्यक्ष मिश्रले जानकारी दिनुभयो  । तीन महिने डिप्लोमा कोर्ष गरेकाले मात्र व्युटीसीयनले मात्र व्युटीपार्लर तथा ट्रेनिंङ सेन्टर संचालन गर्न पाउनेछ ।


पूर्वप्रवासीहरुको राष्ट्रिय भेला असार २७ मा हुने

काठमाडौ। वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई राज्यको नीति, कार्यक्रम र योजनासँग जोडन वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको राष्ट्रिय भेला काठमाडौ हुने भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भेलाको आयोजना भने राष्ट्रिय युवा परिषदले गर्ने भएको छ। वैदेशिक रोजगारी टुंग्याएर स्वदेश फर्केका जो कोहि व्यक्ति उपस्थित हुन सक्ने उक्त भेलामा देश भरिबाटै सहभागिता हुने भेला आयोजना गर्न सक्रिय रहेका उत्तम अधिकारीले जानकारी दिएका छन । नेपालबाट रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा जाने गर्दछन् । विदेशमा श्रम गरेर कमाएको पारिश्रमिकले नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको महत्त्वपूर्ण भुमिका रहेको छ। वैदेशिक रोजगारी सिकेको ज्ञानसिपलाई नेपालमा नै थोरै ले भए पनि…


लिखुका युवाबाट २१ नयाँ उपकरण आविस्कार

21 new machine invention likhu nuwakot

नुवाकोट/‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँको युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन् । लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण आविस्कार गरेका हुन् । उक्त उपकरण लिखु गाँउपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनीसमेत गरिएको छ । अध्ययनको क्रममा सिकेको सीपलाई अभ्यासको माध्यमबाट व्यवहारमा उतार्न सफल भएको क्लबका अध्यक्ष नरेश्वर पाण्डेले जानकारी दिनुभयो । “बट्टारस्थित शुभेनियर बोर्डिङ स्कूलबाट विसं २०७२ को माध्यमिक शिक्षा परीक्षामा लिखु गाउँपालिकाबाट सहभागी विद्यार्थी मात्र क्बलमा आबद्ध…


नेपालको अन्तर्राष्ट्रियजगतमा पहिचान बढाउन जेसिज सम्मेलन

JCI Nepal

जापान, कागोसिमा/ जापानको कागोसिमामा जारी जुनियर च्याम्बर इन्टरनेशनल (जेसिआई) एस्प्याक अन्तर्राष्ट्रिय सम्मेलनमा युवा जनशक्तिबाट देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेका छन् । यही जेठ १० देखि १३ गतेसम्म जारी चारदिने सम्मेलनमा युवा जनशक्तिलाई नेतृत्व र व्यक्तित्व विकास गर्ने रणनीति अघि सारेर देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेको हो । सम्मेलनमा नेपालका तर्फबाट सहभागी नेपाल जेसिज वर्ष–२०१८ का राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालको नेतृत्वमा सम्मिलित ६० जनाको टोलीले यस्तो निष्कर्ष निकालेको छ । सम्मेलनमा युवा जनशक्तिलाई स्वदेशमै व्यवस्थापन गर्ने गरी दस्ताबेजीकरण सहितको प्रस्तुतीकरण…


दोस्रो युवा कृषिउद्यम सम्मेलन सम्पन्न

काठमाडौँ/युवालाई कृषिमा आकर्षित गराउने उद्देश्यले शुरु भएको ‘दोस्रो युवा कृषिउद्यम सम्मेलन’ १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । कृषिलाई उद्यमशीलतामार्फत मुलुकको विकास गर्ने उद्देश्यका साथ फोर एच नेपालको आयोजनामा आइतबारदेखि शुरु भएको सम्मेलन सोमबार–साँझ सम्पन्न भएको हो । सम्मेलनले परम्परागत कृषिलाई हटाएर आधुनिक कृषि प्रणाली अवलम्बन गर्नुपर्ने, कृषिमा केन्द्रमुखीभन्दा स्थानीयमुखी बजेट विनियोजन गर्नुपर्ने, एक स्थानीय तहमा एक कृषि आधुनिक केन्द्रको स्थापना गर्नुपर्ने, भूकम्पपीडित कृषकलाई राहत उपलब्ध गराउनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । यसैगरी, कृषकलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, विदेशबाट आयात गरिएका कृषि सामग्रीमा लाग्ने भन्सार छुट गर्नुपर्ने, विषादी मल…


प्रथम विज्ञान प्रविधि राष्ट्रिय युवा सम्मेलन हुँदै

Nepal Academy Of Science And Technology - NAST

काठमाडौँ/विज्ञान, सूचना तथा प्रविधिका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्थाका बारेमा समीक्षा गर्दै आगामी १० वर्षका लागि आवश्यक कार्यनीति तय गर्न आगामी असार ४ देखि ६ गतेसम्म राजधानीमा प्रथम विज्ञान तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन आयोजना हुँदैछ । राष्ट्रिय युवा परिषद्को आयोजनामा हुने सो सम्मेलनमा प्राकृतिक विज्ञान, चिकित्सा र आयुर्वेद, इन्जिनियरिङ र पदार्थ विज्ञान, जीवन विज्ञान, सूचना, सञ्चार तथा प्रविधि, कृषि तथा वन विज्ञान, विकिरण तथा ऊर्जा, अति सूक्ष्म प्रविधि र व्यावसायिक शिक्षा गरी १२ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । विज्ञानलाई सर्वसाधारण जनतासँग जोड्न आवश्यक भएको भन्दै पहिलोपटक यस किसिमको…


‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याइने

काठमाडौँ/युवा संघ नेपालले वेरोजगार युवालाई रोजगारसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्यले ‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ । उक्त संगठनले यही जेठ १ गते २८ औँ स्थापना दिवसको अवसरमा सो केन्द्रलाई प्रयोगमा ल्याउन लागेको छ । विभिन्न रोजगारमूलक संघ संस्थासँग समन्वय र सहकार्य गरी रोजगारीकाबारे जानकारी गराउने तथा उद्यमशीलतामा आकर्षित गर्ने योजना छ । प्रत्येक वर्ष करिब पाँचलाख जनशक्ति श्रम बजारमा आउने भएपनि उनीहरुलाई व्यवस्थित गर्न नसकिएको अवस्थामा केन्द्रले धेरै सूचना प्रवाह गर्ने उपाध्यक्ष प्रभातविक्रम कट्ुवालले जानकारी दिनुभयो । यसवर्ष संघले ‘समृद्धि र सुशासनका लागि युवा अभियान’ भन्ने नारा तय…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS