लाङटाङ्ग

 
 

लाङ्टाङमा पर्यटक आगमनमा वृद्धि

रसुवा/स्याफ्रुबेँसी, लाङ्टाङ र स्याङजेन क्षेत्रलाई रेडपाण्डा पदमार्ग नामकरण भएपश्चात् आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । लाङ्टाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाका अनुसार लाङ्टाङ गोसाइँकुण्ड पर्यटकीय एवं धार्मिक मार्गको वन जंगल क्षेत्रमा विश्वकै दुर्लभ रेडपाण्डा सन् १९८७ मा भेटिएको थियो । प्रदेश नं ३ को सरकारले स्याफ्रुबेँसी–लाङ्टाङलाई रेडापाण्डा पदमार्ग घोषणा गरेलगत्तै आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको हो । रेडपाण्डाको संरक्षणमा कार्ययोजना बनाई अगाडि बढे पनि प्रचारप्रसारको कमी छ । रेडपाण्डा पर्यटक मार्ग नामकरण भएपछि यसको प्रभाव विश्वमै फैलिन गई हिमाली प्रकृतिको छटा, स्थानीय कला संस्कृतिका साथै रेडपाण्डा…


प्रदेश नं ३ः पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने

nepal province no 3

हेटौँडा/प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५/०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा, विजया केसी र रीता माझीले छुट्टाछुट्टै राखेको संशोधन प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाउनुभएको जिज्ञासा र प्रश्नको जवाफ दिँदै प्रदेश नं ३ मा निजी क्षेत्र र सरकारको साझेदारीमा करीब १०० मेगावाट विद्युत् उत्पादन गर्ने रणनीतिका साथ सरकारले लगानीको वातावरण तयार गरी कार्यान्वयन गर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले रसुवाको हिमाली क्षेत्र लाङ्टाङलगायत…


पर्यटक तान्दै अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथन

taan langtang marathon rasuwa

रसुवा/अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको तेस्रो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाटले हात पारेका छन् । शिवलाल गणका पिउठ भाटले तीन घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै प्रथम हुनुभएको हो । नारायण दल गणका अमल्दार भरत खत्री द्वितीय र सोही गणका सिपाही सुवास कार्कीले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ । यसैगरी महिलातर्फ सोलुखुम्बुकी निरकला गुरुङ राईले चार घण्टा ५७ मिनेट १३ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गरी प्रथम हुनुभएको छ । द्वितीयमा सोलुखुम्बुकै पूर्णिमाया राई र सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरकी सरिता बासी तृतीय हुनुभएको छ…


लाङ्टाङ साहित्यिक यात्रा सम्पन्न (फोटोफिचर)

Langtang Sahityik Yatra

रसुवा/विसं २०७२ को भूकम्पका कारण दिवंगत स्वदेशी विदेशीको सम्झनामा लाङटाङ साहित्यिक यात्रा (वैशाख २७–३०) सम्पन्न भएको छ । रसुवा स्रष्टा समाजको आयोजना र अधिवक्ता एवं साहित्यककार फुर्पा तामाङको नेतृत्वमा गएका १० कविले लाङ्टाङ पुगी दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कविता वाचन गरेका थिए । पर्यटनका हिसाबले लाङ्टाङ सुरक्षित छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको तामाङले बताउनुभयो । कविता वाचन गर्नेमा तामाङ, दीपेन्द्रसिंह थापा, अभिषेक अधिकारी, सञ्जुकुमार डंगोल, सुजिना लवट, विजया तिवारी र भीमसेन पाण्डे हुनुहुन्थ्यो । सो अवसरमा लाङटाङबारे श्याम रिमाल, चन्द्र गुरुङ र ज्ञानेन्द्र न्यौपानेले लेखेका कविता पनि…


संरक्षणमा निरन्तर ४३ वर्ष लाङटाङ राष्ट्रिय निकुञ्ज

langtang national park

सरस्वती न्यौपाने / लाङटाङ, नेपालको राजधानी काठमाडौंबाट नजिकको हिमाली राष्ट्रिय निकुञ्ज लाङटाङ राष्ट्रिय निकुञ्ज निरन्तर स्थापनाकालदेखि हालसम्म लागि परेको छ । नेपालको दोस्रो राष्ट्रिय निकुञ्ज वि.सं. २०३२ साल चैत ३ गते स्थापना भई रसुवाको ५७ प्रतिशत, नुवाकोट ७ प्रतिशत, सिन्धुपाल्चोक ३३ प्रतिशत गरी ३ जिल्लाका ३४ साविकको गाविसमा १७१० वर्ग किमीमा फैलिएको छ । यस निकुञ्जको मध्यवर्ति क्षेत्र वि.सं. २०५५ बैशाख १४ गते घोषणा भई निकुञ्जको कोर एरिया तथा बाहिरी क्षेत्र गरी ४१७.३ वर्ग किमीमा फैलिएको छ । निकुञ्ज क्षेत्रमा हुने वन पैदावरको चापलाई न्यूनिकरण गर्न तथा मध्यवर्ती क्षेत्र व्यवस्थापनको…


हिउँले ढाकेको क्यान्जिंग उपत्यका (फोटो फिचर)

सुनील श्रेष्ठ / विक्रम तिमिल्सिना लाङटाङ । वरिपरि हिमाल, बिचमा कलकल बगेको नदी । अलिकति माथि आकाशमा छरपष्ट बादल । त्यसै-त्यसै मन आनन्दित बनाइदिने मनोरम दृष्य हो, क्यान्जिंग उपत्यकाको । आन्तरिक तथा बाह्य पर्यटकको न्युनतम आवश्यकता भनेको नियमित यातायात कि सुबिधा, व्यवस्थित सडक संजाल तथा प्रभावकारी सुचना तथा सञ्चार हुनु हो । तर क्यान्जिंग उपत्यकामा यी सबै पक्षमा कमजोर छ । हिउँ हेर्न विदेश नै जानु पर्ने सोचलाई अहिले डाडाँ पारीको जिल्ला क्यान्जिंग उपत्यकामा हिउँले ढकमक्क ढाकेको छ । आन्तरिक पर्यटनलाई टेवा दिने हो भने क्यान्जिंग उपत्यकालाई आफ्नो विदाको सदुपयोग हुने स्थान रहने दुई…


लाङटाङ खतरामुक्त

विनासकारी भुकम्पका बेला ठूलो मानवीय क्षति व्यहोरेको रसुवाको लाङटाङ १५ महिनापछि खतरामुक्त भएको छ । हिमपहिरोले मावन बस्ती नै पुरिएर मरुभूमिझैँ बनेको लाङटाङ क्षेत्रको पर्यटकीय पदमार्ग मर्मत र पुनःनिर्माणपछि आवतजावतमा सहजता भएको छ भने यहाँका बासिन्दाहरु विस्तारै पूरानै लयमा फर्कँदै छन् । लाङटाङमा आन्तरिक तथा वाह्य पर्यटकसमेत जान थालेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले वताए । भुकम्पका बेला लाङटाङका दुई सय जनालाई स्थानान्तरण गरी सदरमुकाम धुन्चे र काठमाडौको स्वयम्भु लगिएकोमा हाल आधा भन्दा धेरै विस्थापित लाङटाङमै फर्किएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । अब पैदल हिँड्न समस्या हुँदैन,…


मध्यवर्ती क्षेत्रमा प्रभावकारी काम गर्न निर्देशन

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लाङटाङ राष्ट्रिय निकुञ्जसहित देशका १२ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रलाई योजना कार्यान्वयन गर्न निर्देशन दिएको छ । मध्यवर्ती क्षेत्रका सर्वसाधारणले गुनासो बढेपछि विभागले यस्तो निर्देशन दिएको हो । निकुञ्जको संरक्षण र थप सहयोगका लागि मध्यवर्तीका नागरिकको भूमिका महत्वपूर्ण छ । मध्यवर्ती आयोजना क्षेत्र घेषणा भइसकेपछि स्थानीय संरक्षण, विकास, वातावरण, आयआर्जन लगायतका कार्यमा स्थानीयवासीको व्यापक सहभागिता गराउनुपर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । मध्यवर्ती क्षेत्रमा निकुन्जले संरक्षण लगायतका विभिन्न कार्यक्रमका लागि सम्वन्धित निकुन्जको कुल राजश्व संकलनको ३० देखि ५० प्रतिशत…


एककिृत वस्ती आवश्यक

विदुर, १९ असार । भूकम्पका कारण रसुवाका सात गाउँ विकास समितिका बासिन्दालाई एकीकृत बस्ती विकास निर्माणको आवश्यकता रहेको छ । मनसुन सक्रिय भएसगै भूकम्पले कम्पित जमिन अन्तरगत लाङटाङ, हाकु, डाँडागाउँ, ठूलोगाउँ, भोर्ले, लहरेपौवा र यार्सा गाविसका केही बस्ती जोखिममा परेकाले स्थान्तरण गर्न सरोकारवालाहरुले माग गरेका छन् । विनासकारी भूकम्प पछिको पहिरोका कारण मानव रहित गाविस भएको लाङटाङ गाविसमा पनि पुनःस्थापना गरी आवास निर्माण गरी बसोबास सुरु गरेपनि पहिरोको जोखिम उच्च भएकाले सुरक्षित स्थानमा स्थान्तरणको आवश्यकता देखिएको छ । विभिन्न सात गाविसका करिब दुई हजार घर परिवार जारी रहेको बर्षाले पहिरो…


मंगलग्रहमा लाङ्गटाङ्ग !

गोसाइँकुण्ड सञ्चार / विदुर, १९ असार । मंगलग्रहमा हालसालै देखिएको नयाँ एउटा खाल्डोको नाम रसुवाको लाङ्गटाङ्ग हिमालबाट राखिएको छ । गएको वर्षको विनाशकारी भूकम्पमा एकदमै प्रभावित नेपाली गाउँलाई मंगलग्रहको खाल्डोको नाम दिने क्रममा बैज्ञानिकहरुले लाङ्गटाङ्गको नाम दिएका हुन् । अन्तराष्ट्रिय खगोल युनियनले करिब ६ माइल चौडाई भएको उक्त खाल्डोलाई लाङ्गटाङ्ग नाम दिएको हो । २०७२ सालको बैशाख १२ गतेको भुकम्पले संसारभर प्रख्यात गाउँलाई सखाप पारेको थियो । जसमा कम्तिमा २ सय १५ जना मारिएको अनुमान गरिएको छ । भुकम्पले ल्याएको हिमपहिरोले लाङ्गटाङ्ग गाउँ नै बगाएको थियो । नेपाली गाउँप्रतिको समवेदना…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS