विद्यालय

 
 

क्षेत्रपाल माविको नमुना विद्यालय भवन शिलान्यास

inauguration of model school in likhu rural municipality nuwakot

लिखु / क्षेत्रपाल माविको स्थापना दिवसलो अवसरमा नमुना विद्यालयको भवन शिलान्यास भएको छ । शनिबार लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले भवन शिलान्यास गर्नुभएको हो । नमुना विद्यालय कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा निर्माण हुन लागेको ८ कोठे पक्कि भवनको लागत ९९ लाख ५० हजार रहेको छ । भवनको आगामी साउनमा निर्माण सम्पन्न हुने विद्यालय अभिभावक समितिका संयोजक रामचन्द्र अगस्तीले जानकारी दिनुभएको छ ।


नुवाकोट जिल्लाकै नमूना सामुदायिक विद्यालय

Bharat Dhungana Memorial School

– सहिद भरत ढुंगाना स्मृति प्राथमिक विद्यालय – विदुर / एउटा सरकारी विद्यालय, त्यो पनि ८० रोपनी क्षेत्रफलमा फैलिएको । प्राथमिक तहदेखि प्राविधिक शिक्षा प्रदान गर्ने नुवाकोट जिल्लाकै नमूना सामुदायिक विद्यालय । जहाँ अंग्रेजी माध्यमबाट अध्यापन हुने, चिल्ड्रेन पार्क, स्वीमिङ पुल, होस्टेल, स्कुल बस सबै भौतिक पूर्वाधारले सुविधा सम्पन्न । जहाँ विद्यार्थी भर्ना गराउन ठूलै कसरत गर्नुपर्ने । तपाईलाई लाग्न सक्छ, यस्तो सुविधायुक्त विद्यालय, त्यसमाथि नुवाकोटमै के यो सम्भव छ र ? तर, नुवाकोटका एक युवा यस्तै विद्यालय निर्माणको महत्वकाक्षी योजनामा जुटेका छन् । विदुर नगरपालिका-१२ (साविक चारघरे गाविस) मा…


प्रअको कक्षमा लगाएको ताला अझै खुलेन

नुवाकोट/यहाँको तार्केश्वर गाउँपालिका–१ बुधसिंहमा रहेको ढाँडखर्क प्राथमिक विद्यालयका प्रधानाध्यापकको कक्षमा ढेड महिना अघि लगाएको ताला अझै कायम छ । विद्यालयका प्रअ मधु अधिकारीले आर्थिक अनियमितता गरेको भन्दै छानबिनका लागि विभिन्न निकायमा उजुरी दिए पनि सम्बोधन नभएकाले चैत २९ गते प्रअको कार्यकक्षमा ताला लगाएर छानबिनको माग गरिएको अभिभावक शरण अधिकारीले बताउनुभयो । “विद्यालयको प्रअ पदमा मधु हुनुभएको नौ वर्ष भयो, त्यो समयदेखि आयव्यय सार्वजनिक भएको छैन”, अभिभावक शरणले भन्नुभयो “विद्यालयको रु चार लाखभन्दा बढी व्यक्तिगत रुपमा प्रअले खर्च गरेको स्वीकारे पनि फिर्ता नगरेपछि ताला लगाउन बाध्य भएका हौँ ।” विद्यालयमा लामो…


विद्यालयका छात्रालाई सेनिटरी प्याड

फलेवास, पर्वत/महाशिला गाउँपालिकाले सबै विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरेको छ । महिनावारीका बेला छात्राहरु विद्यालय छाड्न बाध्य हुने गरेको र त्यसले गर्दा पढाइबाट वञ्चित हुनुपर्ने अवस्था थियो । गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले किशोरीको पठनपाठन प्रभावित नहोस् भनेर गाउँपालिकाका आठ मावि तहका विद्यालयका छात्रालाई प्याडको व्यवस्था गर्न थालिएको जानकारी दिनुभयो । त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गाउँपालिकाले गरेको छ । महाशिलामा आठ वटा मावि तहका विद्यालय सञ्चालित छन् । जुनसुकै बेला छात्रा महिनावारी भए पनि तुरुन्तै प्याडको प्रयोग गर्न सक्ने गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर बरालले जानकारी दिनुभयो । यसैबीच…


तामाङ पत्रकार संघ नुवाकोटद्वारा शैक्षिक सामाग्री वितरण

education material distribution nuwakot tamang journalist

दुप्चेश्वर/तामाङ पत्रकार संघ नुवाकोटले दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ मानेभञ्ज्याङमा रहेको कुलज्योती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयको कक्षा १ देखी ३ सम्म अध्यन्रत २४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । ग्रामिण भेगमा रहेका विद्यार्थीहरुको पढाईलाई प्रोत्साहन गर्न शैक्षिक सामाग्री बितरण गरिएको तामाङ पत्रकार संघ नुवाकोट अध्यक्ष शक्तिमायाँ तामाङले बताउनुभयाे ।विद्यालयको २४ जना विद्यार्थीहरुलाई सिसाकलम, कापी, गर्मीयाममा लगाउने टिसटर्ट लगायतको सामाग्री बितरण गरिएको तामाङले बताउनुभयाे। यस्तै, विद्यालयका प्रध्यानाध्यापक सुनबहादुर तामाङले जति पनि विद्यार्थीहरु भर्ना हुन आए पनि नियमित नहुँदा संघको सहयोगले विद्यार्थीहरुलाई नियमित विद्यालयमा…


उपसभामुख तामाङबाट विद्यार्थीलाई सहयोग

Radhika Tamang Nuwakot

नुवाकोट/प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले दिवंगत बुबाआमाको सम्झनामा स्थापित ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत यहाँका तीन विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । क्यान्सर रोगका कारण ज्यान गुमाउनुभएका बुबा शेरबहादुर र आमा राम्री तामाङको सम्झनामा स्थापित उक्त प्रतिष्ठानमार्फत शिवपुरी गाउँपालिकामा रहेका तीन वटा विद्यालयका ११० विद्यार्थीलाई उहाँले शनिबार ती सामग्री वितरण गर्नुभएको हो । शिवपुरी गाउँपालिका वडा नं १ तलाखुको खोलेखर्क आधारभूत विद्यायल, वडा नं ३ लिखुको माङ्चेभुमे प्रावि र शिलाका प्राविमा अध्ययनरत सबै विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन जगाउन र नियमित विद्यालय जान प्रेरित गर्न…


विद्यालय जाने उमेर कटेका २० महिला विद्यालय जाँदै

Government Community School

वालिङ, स्याङ्जा/स्याङ्जाको वालिङ—१३, थुमपोखराका महिला अध्ययनका लागि विद्यालय भर्ना भएका छन् । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा यहाँका स्थानीय २५ देखि ५२ वर्ष उमेर समूहका २० जना महिला शिक्षाको महत्व बुझेपछि विद्यालय भर्ना भएका विद्यालयका प्रधानाध्यापक गोपाल गैह्रेले बताउनुभयो । “हाम्रो पालामा छोरीलाई धेरै पढाउन हुन्न भन्ने मान्यता थियो, पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय जान सकिएन” स्थानीय ४८ वर्षीया दीपकला गैह्रेले भन्नुभयो, “समयको मागसँगै शिक्षाको महत्व बुझेपछि अहिले कक्षा ५ मा भर्ना भएकी छु, अब पढाइलाई निरन्तरता दिनेछु ।” नियमित विद्यालय जाने र घरमा पनि छोराछोरीसँग नजानेका कुरा सिक्दै आफ्नो इच्छा…


एक हजार विद्यार्थीका लागि एउटा शौचालय

Government Community School

गौशाला/महोत्तरीको लोहारपट्टी नगरपालिकाअन्तर्गत पर्ने रामवती जगदेव जनता माध्यमिक विद्यालय बगडामा एक हजार जनाका लागि एउटामात्रै शौचालय रहेको छ । लोहारपट्टी नगरपालिका– १ बगडामा सो विद्यालयमा कक्षा १ देखि १२ सम्ममा कूल ९९८ विद्यार्थी, १७ शिक्षक र दुई परिचर रहेका छन् । मा ती सबैका लागि त्यस विद्यालयमा एउटामात्रै शौचालय रहेको छ । विगत दुई दशकदेखि सो विद्यालयमा एउटामात्रै शौचालय रहेको छ । एउटै शौचालय भएका कारण विद्यार्थी र शिक्षकले पालो कुर्नु परिरहेको प्रधानाध्यापक श्यामसुन्दर यादवले बताउनुभयो । शौचालयका लागि पटक पटक जिल्ला शिक्षा कार्यालयलाई लिखित अनुरोध गर्दैआएको उहाँको भनाइ छ…


सैनिक महाविद्यालयमा आफ्नै साथीको निर्घात कुटपिट

Nepal Army

चितवन/आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने उद्देश्यका साथ यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ । सैनिक आवासीय महाविद्यालय खैरहनी नगरपालिकाको पर्सास्थित आवासमा शनिबार बिहान ३ बजे कुटपिटको घटना भएको हो । आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका वडा नं १० निवासी सिर्जना पौडेल लामिछानेका छोरा १४ वर्षीय श्रीनव लामिछानेलाई मार्ने उद्देश्यका साथ कुटपिट गरेका हुन् । पीडित बालककी आमा सिर्जनाका अनुसार, छोराको दायाँ आँखाको छेउमा गहिरो चोट लागेको छ भने आँखामुनिको हड्डी भाँचिएको छ । घाँटीमा हातले थिच्दा नील डाम परेको छ भने दुवै आँखामा रगत…


अनाथ बालबालिकालाई खर्च समस्या

Government Community School

काठमाडौँ/बूढानीलकण्ठ नगरपालिका–५ डाँडागाउँमा सञ्चालित अनाथ तथा असहाय बाल सुधार समाजमा रहेका बालबालिकालाई विद्यालय पोशाक र अध्ययन खर्चको समस्या परेको छ । विसं २०५९ मा काठमाडौँको डल्लुबाट एक बालकबाट शुरु भएको समाजमा अहिले टुहुरा १३ बालिका र २४ बालक छन् । तीमध्ये १३ बालबालिकाले बालविकास समाज बूढानीलकण्ठमा निःशुल्क अध्ययन गरेको र बाँकी २४ जनालाई पञ्चकन्या माविमा पैसा तिरेर पठनपाठन गराउँदै आएको समाजका सञ्चालक रमेशदेव सुनारले जानकारी दिनुभयो । “अनाथ बालबालिकालाई पैसा तिरेर पढाउनुपर्दा समस्या परेको छ”, उहाँले भन्नुभयो । सुनारले आफू सानै उमेरमा अनाथ भएका कारण अनाथ बालबालिकाप्रति केही गर्नुपर्ने मान्यताका…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS