विद्युत

 
 

शानिबार विद्युत आपूर्ति बन्द हुने

विदुर – शनिबार नुवाकोटको विदुर नगरपालिकाको केहि स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका अनुसार त्रिशुली सवस्टेसनबाट सञ्चालित फिडर नम्बर ६ को लाइन मर्मत गर्नुपर्ने भएकोले ढुङ्गे, विदुर, बट्टार, माझिटार र पिपलटार लगायतका स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । विद्युत सेवा भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।


करेन्ट लागेर दुई बालक घाईते

two child injury by high voltage electricity in nuwakot

विदुर / विदुर नगरपालिका-१ बागवानीस्थित क्रियापुत्री बस्ने घरको छतमा खेल्ने क्रममा विद्युतको तारमा छुँदा दुई बालक घाईते भएका छन् । ११ केविए विद्युत प्रवाह हुने सो तार घरको नजिकबाट लागिएको प्रहरीले जनाएको छ । करिब ३ बजेर १५ को समयमा करेन्ट लागेर विदुर नपा-१ का चतुरमान नगरकोटीका ७ वर्षीय छोरा सुजन नगरकोटीको दाहिने खुट्टाको पन्जा र ५ वर्षीय भाई सुरेश नगरकोटीको बायाँ हातमा करेन्ट लागेर घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालयका नुवाकोट प्रहरी प्रमुख कृष्णबहादुर पल्लाीमगरले जानकारी दिएको छ…


त्रिशूली हाइड्रोपावर पूर्णरुपमा सञ्चालनमा, एक करोड रुपैयाँ बराबरको क्षति

Trishuli Hydropower

विदुर/आगलागीको कारण उत्पादन रोकिएको करिब तीनहप्तापछि त्रिशूली हाइड्रोपावरले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । हाइड्रोपावरको गत असार २६ गते आगलागी भएर पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्रका प्रमुख तारादत्त भट्टले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली हाइड्रोपावरको विद्युत् गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा आगलागी भएको थियो । तीन ब्रेकरमा आगो लागेर क्षति भएपछि अहिले दुई वटा ब्रेकर ल्याएर उत्पादन थालिएको केन्द्र प्रमुख भट्टले बताउनुभयो । हामीले नेपाल विद्युत् प्राधिकरणकै अर्को शाखाबाट दुई वटा ब्रेकर ल्याएर जडान गरी उत्पादन…


चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द

Chilime Hydropower, Rasuwa

नुवाकोट/ रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ । केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएकाले उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले जानकारी दिनुभयो । “८८ नंं को विद्युतीय पोलको ‘डिस इन्सुलेटर’ पड्किएर तार चुडिँदा त्यसमार्फत स्थानीय क्षेत्रमा प्रवाह गरिएको लाइनमा छोएर उच्च विद्युत् प्रवाह भएकाले उत्पादन बन्द गरिएको छ”– श्रेष्ठले भन्नुभयो, “अवरुद्ध भएको स्थानमा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरणको केन्द्रबाट प्राविधिक परिचालन गरिएको…


ऊर्जा मन्त्रालयको श्वेतपत्रः हरेक नेपाली विद्युतको शेयरधनी

काठमाडौँ/सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाल’ भन्ने नारालाई साकार पार्ने लक्ष्यका साथ २०७५ देखि ८५ सम्मलाई ‘ऊर्जा तथा जलस्रोत दशक’को रुपमा अगाडि बढाउने भएको छ । ऊर्जा उत्पादनलाई रणनीतिक रुपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा अगाडि बढाउने लक्ष्यका साथ ऊर्जा दशकको अवधारणा अगाडि सारिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गभित्र सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको रणनीतिक विकासका लागि सरकारले योजनाबद्ध रुपमा अभियान शुरु गरेको जानकारी दिनुभयो । मन्त्री पुनले सार्वजनिक गर्नुभएको श्वेतपत्रमा निर्माणाधीन आयोजनालाई तोकिएको समयमा पूरा गराउने, विद्युत् खपत…


त्रिशूली ‘थ्री बी’ ले सार्वजनिक जग्गा प्रयोगको स्वीकृति पाएन

Chilime Hydropower, Rasuwa

काठमाडौँ/नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा निर्माण हुन लागेको त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनालाई सार्वजनिक वन क्षेत्रको जग्गा प्रयोग गर्न नपाउँदा समस्या भएको छ । आयोजनाका लागि आवश्यक पर्ने सरकारी वन क्षेत्र र सरकारी पर्ती जग्गाका सम्बन्धमा निर्णय गराउन पटक/पटक प्रयास भए पनि समस्या समाधान हुनसकेको छैन । वन तथा भू–संरक्षण मन्त्रालयले समयमै निर्णय नगरिदिँदा आयोजनालाई समस्या भएको हो । सरकारी वन क्षेत्र र सरकारी पर्ती गरी आयोजनालाई करीब एक हजार रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । निर्माणाधिन गल्छी –मैलुङ सडकखण्डका कारण पनि आयोजनाको निर्माणमा समस्या खडा…


घ्याङफेदीमा हेलिकोप्टर मार्फत टान्सफर्मर पु-याइयो (भिडियो सहित)

घ्याङफेदी (समुन्द्रटार) । विकासको पर्याप्त सम्भावना भएर पनि पछि परेको नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ घ्याङफेदीमा विद्युत् सेवा विस्तारका लागि हेलिकोप्टर मार्फत टान्सफर्मर पु-याइएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि विकासका लागि देखाएको सक्रियता तथा जनतालाई सहज रूपमा सेवा पु-याउने अभियानअन्तर्गत विद्युत् सेवा विस्तार गर्न समुन्द्रटारसम्म गाडीले पु-याएको २५ केभीए क्षमताको टान्सफर्मरलाई मंगलबार हेलिकोप्टरमार्फत घ्याङफेदीको किगाङमा लगिएको हो । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ र दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङको पहलमा समुन्द्रटारबाट हेलिकोप्टरमार्फत टान्सफर्मर लगेर विद्युत् सेवा विस्तार भएको छ । हेलिकोप्टरमार्फत टान्सफर्मर पु-याएसँगै किगाङ, हुकेल, श्यामदुङलगायतका बस्तीमा…


आयोजना निर्माणमा समस्या

काठमाडौँ । मनसुनका कारण यातायात आवागमनमा समस्या भएपछि निर्माणाधिन जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सान्जेन, तल्लो सान्जेन र रसुवागढी जलविद्युत् आयोजनालाई निर्माण सामग्रीको अभाव भएको छ । सिमेन्ट, रड, इन्धन जस्ता सामग्री आयातमा समस्या भएपछि पूर्ण क्षमतामा काम गर्न गाह्रो भएको ती आयोजनाले जानकारी दिएका छन् । रसुवाको राम्चे, कालीकास्थानलगायतका क्षेत्रमा पहिरो गएको छ । यस्तै स्याफ्रुबेसीखण्डमा पहिरो गएका कारण निर्माण सामग्री आयातमा समस्या भएको छ । सान्जेन जलविद्युत् आयोजनाका प्रमुख गिरिराज अधिकारीले आयोजना निर्माणमा समस्या नआए पनि निर्माण…


बुद्धभुमी हाड्रडोले सुकाउँदै छ नौं हजार रोपनी खेत

सातबिसे/ बुद्धभुमी नेपाल हाइड्रो पावर हाउस कम्पनीले निर्माण गर्न लागेको जलविद्युत् आयोजनाका कारण नुवाकोट जिल्लाको क्षेत्र नं. २ को प्रमुख फाँटहरु सुख्खा बन्ने खतरा देखिएको छ । कम्पनीले जलविद्युत् आयोजना निर्माणको अनुमती लिदा यस क्षेत्र वरपर सिञ्चाई आयोजना नै छैन भन्ने झुट्टो विवरण तयार गरी निर्माण सुरु गर्दा कम्पनी र यहाँका उपभोक्ता बीचमा टकराव उत्पन्न भएको छ । सुन्दरादेवी र बालकुमारी गाविसको बीचमा पर्ने तादी खोला मुहान गरी सञ्चालन भईरहेको सातबिसे खराने सिञ्चाई उपभोक्ता संस्थाको मुहान भन्दा आठ सय मिटर माथी कम्पनीले जल विद्युत् आयोजनाको पानी जमाउने ड्याम बनाउन लागेपछि किसानहरुले…


विजुलीको भाउ बढ्दै

विदुर, १८ असार । विद्युत महशुल निर्धारण आयोगले गरेको सिफारिस अनुसार अब साउनवाट प्रति युनिट विजुली महंगिने भएको छ । आयोगले हालको महशुल शुल्कमा १९ प्रतिशत बढाउन सिफारिस गरेको हो । यसवाट अब उपभोक्ताको बिजुली खर्च बढ्ने भएको छ । यो सिफारिस कार्यान्वयन भएपछि आगामी साउन १ गतेवाट विद्युत उपभोक्ताले न्युनतम् प्रति युनिट ३ रुपैयाँ देखि अधिकतम् १४ रुपैयाँसम्म प्रति युनिट महशुल तिर्नुपर्नेछ । थोरै युनिट खपत गर्ने उपभोक्ताले प्रति युनिट ३ रुपैयाँ र बढी खपत गर्नेले १४ रुपैयाँ तिर्नुपर्ने सिफारिसमा उल्लेख छ । तर, विद्युत महशुल निर्धारण नियमावली २०५०…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS