शिक्षक

 
 

शिक्षक तालिम र यसको महत्व

batukram bhandari room to read nuwakot

-बटुकराम भण्डारी घाँस काट्ने हँसिया धार नलाए त्यसले राम्रोसँग काट्दैन । खेतवारी खन्ने कोदालो, कोदालीलाई हरेक मौसममा पाइन हाल्नुपर्छ । बन्दुक चलाउनेले हरेक हप्ता आफ्ना हतियारलाई तन्दुरुस्त राख्न तेल लगाएर मोल्नुपर्छ । यदि यस्तो गरिएन भने ती हतियारहरूले आवश्यकता परेका वेलामा काम दिंदैन । काम नलाग्ने हुँदैछ जान्छन । भौतिक बस्तु जो एक पटक बनाए पछि यसको टिकाउ अवधि लामो हुन्छ भन्ने मान्यता राखिन्छ । मनवीय पक्ष ज्यादै संवेदनसील हुन्छ । मानवीय भौतिक पक्षको अवस्था विस्तारै परिवर्तन हुने क्रममले कार्यक्षमतामा सिथिलता आउने कुरा त छँदैछ, सँगसँगै मनोगत विचार, सोच, नयाँ…


छुट अस्थायी करार शिक्षकको आन्दाेलन किन पटकपटक?

haribansha parajuli

-हरिबंश पराजुली प्रकृयाबाट नियुक्ति लिएका २०७२ असाेज २ गते पछि नियुक्त अस्थायी करार शिक्षकलाई न आन्तरिक परिक्षा न गाेल्डेन हेण्ड चेक दुबै प्रकृयाबाट बाहिर राखियाे । सामुदायिक बिद्यालयमा २०७२ असाेज २ गते भन्दा पछि नियुक्त अस्थायी करार शिक्षक २०७३ चैत्र बाट बिभिन्न चरणबद्ध आन्दोलनमा छन् । शिक्षा ऐन २०२८ काे नबाै संसाेधन प्रस्तावमा तत्कालिन शिक्षा मन्त्रि गाेपालमान श्रेष्ठले २०६७ साल माघ १० गते देखि मिति २०७३ साल चैत्र १९ गते सम्म नियुक्ति लिएका अस्थायी करार शिक्षकलाई ६०% आन्तरिक र ४०% खुल्ला प्रकृयाबाट स्थायी गर्ने भनि मन्त्रिपरिषद्बाट पास गरेर संसदमा लगियाे…


अस्थायी करार शिक्षकको निर्णायक आन्दोलन हुने

haribansha acharya teacher

विदुर / लामो समयदेखि संघर्षरत छुट अस्थायी करार शिक्षकहरु निर्णायक आन्दोलन यहि फाल्गुण २७, २८ र २९ मा हुने भएको छ । संघर्ष समितिको आज रत्नराज्यलक्ष्मी क्याम्पसमा बसेको बैठकले  उक्त निर्णय गरेको संघर्ष समितिका महासचिव बिश्वास अधिकारीले बताउनुभयो। सरकारले २०७५ साल असारमा लिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा विभेद पुर्ण तरिकाले २०७२ असोज २ गतेसम्म मात्रै नियुक्त भएको शिक्षकलाई आन्तरिक परीक्षाको ब्यवस्था गरे लगत्तै छुट अस्थायी करार शिक्षकहरु लामो समयदेखि आन्दोलनरत छन।तर यसको सरकारले कुनै वास्ता नगरी शिक्षक महासंघ सगको २० बुदे सहमति समेत संघीय शिक्षा ऐनमा लैजान सिधै अस्वीकार गरेको संघर्ष…


छुट अस्थायी शिक्षक पुन:आन्दोलित

haribansha acharya teacher

भरतसन्तोषी, काठमाडौ / सरकारले छुट अस्थायी करार शिक्षकको मागलाई सम्बोधन नगरी धोका दिएको भन्दै अस्थायी करार शिक्षक पुन:आन्दोलित भएका छन् । आज रत्नराज्य लक्ष्मी क्याम्पसमा आफ्ना शैक्षिक मुद्दामा महासंघको प्रस्ताव समेत अस्विकार गरेको भन्दै सरकारको बिभेदकारी नीति विरुद्ध विभिन्न माग सहित फेरि आन्दोलनको घोषणा गरिएको बताईएको छ । छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बीच भएको वार्तामा आन्तरिक प्रतियोगितामा छुटेका अस्थायी शिक्षकका लागि पुनःआन्तरिक विज्ञापन गर्ने सहमति भएपनि शैक्षिक ड्राफ्टमा कुनै शब्दावली समेत उल्लेख नगरेकोले पुन:आन्दोलन घोषणा गरिएको संघर्ष समितिका महासचिव बिश्वास…


छुट अस्थायी करार शिक्षकलाई पनि अब आन्तरिक परीक्षा

teacher exam

काठमाण्डौ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच भएको वार्तामा आन्तरिक प्रतियोगितामा छुटेका अस्थायी शिक्षकका लागि पुनः आन्तरिक विज्ञापन गर्ने सहमति भएको छ । बिहिवार मन्त्रालय र महासंघ बीच भएको वार्तामा २०७५ साल असार महिनामा अस्थायी शिक्षकहरूका लागि सञ्चालित आन्तरिक प्रतियोगितात्मक परीक्षामा विविध कारणले समावेश हुन नसकेकाहरूका लागि कानूनत व्यवस्था गरी एकपटकका लागि आन्तरिक प्रतियोगिता सञ्चालन गर्ने सहमति भएको हो । शिक्षा मन्त्रालय र शिक्षक महासंघको वार्ता टोली बीच लामो समय देखि निरन्तर वार्ता हुँदै आएको थियो । विहिवारको वार्तामा २० बुंदे सहमति भएको छ ।सहमति सगै छुट…


माघ २९ मा छुट अस्थायी करार शिक्षकको राष्ट्रिय सम्मेलन हुँदै

haribansha parajuli okhaldhunga

काठमाडौँ / सरकारले छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिको मागलाई सम्बोधन नगरेको भन्दै यहि माघ २९ गते काठमाडौमा पहिलो राष्ट्रिय सम्मेलनको आव्हान गरेको छ । संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले आफुहरुले राखेको पछिल्लो माग र छलफलको बिषयलाई सरकारले कुनै लिखित तथा मौखिक निर्णय नदिएको भन्दै थप दवावमुलक आन्दोलनको लागि राष्ट्रिय सम्मेलन गर्न लागिएको बताउनुभयो। समितिले पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटिका सदस्य नारायणकाजी श्रेष्ठलाई मंगलबार ज्ञापन पत्र बुझाएका थिए । करार शिक्षकहरुलाई संघीय शिक्षा ऐनमा उल्लेख हुनुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख गरेका छन् । खुल्ला शिक्षकको…


तारकेश्वरमा बन्यो रिमालको अध्यक्षमा अस्थायी करार शिक्षक संघर्ष समिति

tarkeshwor rural municipality teachers strike committee

तारकेश्वर / सरकारले २०७२ पछिको शिक्षकलाई आन्तरिक परीक्षाबाट बिमुख तथा विभेद गरेकोले आम शिक्षकहरु एकजुट हुनुपर्ने भन्दै जिल्लाभर संघर्ष समिति गठन हुने क्रममा नुवाकोट छुट अस्थायी करार शिक्षक संघर्ष समिति तारकेश्वरको अध्यक्षमा रामशरण रिमाल चयन भएका छन् । समितिको उपाध्यक्षमा सुमिता श्रेष्ठ, सचिवमा रामहरि अधिकारी, कोषाध्यक्षमा सरस्वती न्यौपाने, सदस्यहरुमा देउतीदेवी न्यौपाने, दुर्गा अधिकारी र गोपीप्रसाद खनाल रहेका छन् । नुवाकोट छुट अस्थायी करार शिक्षक संघर्ष समितिको आव्हानमा तारकेश्वर गाउँपालिकामा छुट अस्थायी करार शिक्षकको संघर्ष समिति गठन भएको हो ।


अस्थायी शिक्षक संघर्ष समितिमा भरतसन्तोषी

bharat santoshi lama

शिवपुरी / नुवाकोट छुट अस्थायी करार शिक्षक संघर्ष समितिको अध्यक्षमा भरतसन्तोषी लामा चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा रामशरण रिमाल, उपाध्यक्षमा ज्ञानेन्द्र तिवारी, सदस्यहरुमा मनोज कार्की, समीर तामाङ, बिमला थापा, अनिता लामिछाने रहेका छन् । सरकारले २०७२ पछिको शिक्षकलाई आन्तरिक परीक्षाबाट बिमुख तथा विभेद गरेकोले आम शिक्षकहरु एकजुट हुनुपर्ने समितिको निष्कर्ष रहेको छ । कार्यक्रममा स्थानीय सरकारी विद्यालयहरुका २०७२ कार्तिक २ गते पछाडीका आन्तरिक परीक्षाबाट बिमुख शिक्षक उपस्थिती रहेको थियो।  


शिक्षकको परीक्षालाई मर्यादित बनाउने, फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

Teacher Service Commision

काठमाडौँ / आगामी असोज ११ गतेदेखि संचालन हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट दिन नपाइने व्यवस्था गरेको शिक्षक सेवा आयोगले जनाएको छ । आयोगले शिक्षकको परीक्षा असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षाको लागि करीब २ सय २५ परीक्षा केन्द्र हुने तोकिने भएको छ । त्यस्तै, एउटा परीक्षा केन्द्रमा १ केन्द्राध्यक्ष, २ सहायक केन्द्राध्यक्ष र ११ निरीक्षक रहने व्यवस्था मिलाएको छ । सबै परीक्षा हुने जिल्लामा आयोगले अबको एक हप्ताभित्र  उत्तरपुस्तिका पठाइने छ । कूल १२ हजार ७ सय ५६ पदका लागि २ लाख…


शिक्षकको लाल्टिन जुलुस

रसुवा / नेपाल शिक्षक महासंघ जिल्ला समिति रसुवाले लाल्टिन जुलुस निकालेका छन् । स्थानीयतहले कार्यन्वयन गरेको शिक्षक कार्यविधि, विद्यालय कर्मचारी, शिक्षक दरबन्दी सृजना गरी उचित पारिश्रमिक व्यवस्था गरिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकलाई सामुहिक पदोन्नतीको व्यवस्था, शिक्षकको सहज र सुलभ उपचारको प्रबन्ध गर्न प्रदेशस्तरमा शिक्षक अस्पतालको स्थापना, सरकारी अनुदान प्राप्त सबै शिक्षक र विद्यालयका कर्मचारीलाई पोसाकको सुविधा, संस्थागत विद्यालयमा कार्यरत शिक्षकको नियुक्ती, सेवा र शर्त पारदर्शी गराएर सामुदायिक शिक्षक सरह सुविधाको प्रबन्ध गर्ने व्यवस्था कार्यान्वयन गर्ने लगायतका २६ बुँदे माग गरेको छ ।


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS