शिक्षा

 
 

शिक्षक परीक्षामा साढे २ हजारको आवेदन

Pie Chart Nepal Teachers Candidate from Nuwakot

विदुर, नुवाकोट / शिक्षक सेवा आयोगको परिक्षामा सामेल हुन नुवाकोटबाट साढे २ हजारले आवेदन दिएका छन् । आगामी असोज ११, १२ र १३ गते हुने परिक्षामा नुवाकोटबाट २ हजार ६ सय ३२ जनाले आवेदन दिएको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका प्रमुख मदनकुमार थापाले जानकारी दिनुभयो। प्राथमिक शिक्षकको लागि खुला ६९, महिला १८, दलित महिला १, जनजाती १५, दलित ५, पिछडिएको क्षेत्र २, अपांगता भएका ब्यक्तिको लागी ३ र मधेसी १२ गरी एक सय २५ कोटाका लागी खोलिएको आबेदनमा एक हजार ६ सय ४७ आवेदन परेको प्रमुख थापाले जानकारी दिनुभयो…


प्राविधिक स्नातक तहको ‘माइक्रो सिलेबस’ तयार

CTEVT Bhaktapur Nepal

भक्तपुर/देशभरिका प्राविधिक शिक्षालयमा प्राविधिक तथा व्यावसायिक विषयमा तीनवर्षे प्रविणता प्रमाणपत्र तह (डिप्लोमा) अध्ययन गर्ने विद्यार्थीका लागि ‘सूक्ष्म पाठ्यक्रम’ (माइक्रो सिलेबस) तयार गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत पाठ्यक्रम महाशाखाको समन्वयमा विभिन्न प्राविधिक विषयका ३०० विज्ञबाट प्राप्त सुझाव संकलन गरी पाठ्यक्रम तयार गरेको फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका केन्द्रीय अध्यक्ष कश्यप पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “माइक्रो सिलेबस तयार गर्न नर्सिङ, सामान्य चिकित्सा, हेल्थ असिस्टेण्ट, प्रयोगशाला, रेडियोग्राफी, कृषि, भेटेरिनरी, सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङजस्ता विषयका विज्ञहरुको सुझाव संकलन गरिएको हो ।” सिटिइभिटीलाई हस्तान्तरण गरिएको सो सूक्ष्म पाठ्यक्रम…


परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने

National Examination Board

भक्तपुर / यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौंँले आयोजना गरेको गोष्ठीमा सहभागीले भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्घता जनाएका छन् । नियमित विद्यार्थीका हकमा सम्भव भएसम्म पोशाक अनिवार्य गर्न, परीक्षा कक्षमा परीक्षार्थीले लगबुक, ग्राफपेपर, क्यालकुलेटर, गोश्वारा भौचर, कलम, मसी, इन्स्टु«मेण्ट बक्स र मलेप फाराम मात्र लान पाउने व्यवस्था गर्ने, परीक्षा सञ्चालन अवधिमा समस्या आएमा सम्बन्धित निकायमा टिपाउने र प्राप्त…


सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा

Community Education

तेह्रथुम / तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ । नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिकसत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू गरी अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्न लागेको हो । अभिभावक र विद्यार्थीको ध्यान अंग्रेजी माध्यमले खिचेको र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर गिर्दो अवस्थामा रहेको अवस्थामा नगरपालिकाले सरकारी शिक्षालाई प्रभावकारी बनाउन अंग्रेजी माध्यमको पठनपाठन शुरु गरेको हो । नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पढाइका लागि नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु ३३ लाख बजेट विनियोजन गरेको…


शिक्षाका लागि एमआरआरका हातहरु

सुर्यगढी । एमआरआर नुवाकोट र नुवाकोट समाज दक्षिण कोरियाको संयुक्त आयोजनामा नुवाकोटको ग्रामिण भेगको एक विद्यालयलाई स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरेको छ । ग्रामिणभेगका विद्यालयको शैक्षिक गुणस्थर र क्षमता अभिबृद्धीका लागि सुर्यगढी गाउँपालिका वडा नं ५ मा रहेको जन जागृत प्राथामिक विद्यालयका ६० विद्यार्थीहरुलाई १/१ थान झोला, कपि तथा खेलकुद सामग्री नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष सोम तमाङ र एमआरआर नुवाकोटका प्रतिनिधिधि रोजन भुसालद्वयले संयुक्त रुपमा वितरण गरेका थिए । कार्यक्रममा नुवाकोट समाज दक्षिण कोरियाका सदस्य नविन तमाङ र एमआरआर नुवाकोट सदस्यहरुको उपस्थित रहेको थियो । यस अघि सुर्यगढी गापा-४ कुण्डला निम्न माध्यमिक विद्यालयका १६० जना विद्यार्थीहरुलाई…


प्राविधिक विद्यालयमा प्रविधिबाट अध्यापन

Logo of Dabali Khabar

रसुवा/गोसाइँकुण्ड गाउँपालिका ५ स्याफ्रुबेसीमा रहेको श्यामेवाङ्फेल मावि स्याफ्रुबेसीमा डिजिटल प्रविधिबाट पढाइ सञ्चालन गर्ने तयारी भइरहेको छ । शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनका लागि आवश्यक पर्ने शिक्षणसम्बन्धी मोबाइल एप्सको विकास भएको र आवश्यकताअनुसार निर्माण गर्दै जान सकिने भएकाले यसले सहयोग पुग्ने तथा अभिभावकको चाहना समयको माग र आवश्यकताअनुसार डिजिटल प्रविधिबाट पढाइ गर्न लागिएको हो । शिक्षकले परम्परागत शैलीमा गाइड, गेसपेपर तथा पुस्तक पढेर सुनाउँदाभन्दा पनि केही खोजेर प्रविधिमैत्री अध्यापन गराउँदा विद्यार्थीले चाँडै सिक्ने विद्यालयले जनाएको छ । पाठ्यक्रम विकास केन्द्रले विभिन्न मोबाइल एप्स निर्माण गरेको छ । र, आवश्यकताअनुसार विद्यालयले पनि एप्स…


नुवाकोटका १४ विद्यालय पुर्ननिर्माण हुने

भूकम्प प्रभावित जिल्लामा आगामी मङ्सिरसम्ममा ६ सय ५२ वटा विद्यालयको पुनःनिर्माण हुने भएको छ । जसमा नुवाकोट जिल्लाको १४ बिद्यालय रहेको जिल्ला शिक्षा कार्यालय नुवाकोटका सुचना अधिकारी सुकदेब नेपालले बताए । आगामी मंसिरसम्म भुकम्पबाट क्षति भएका नुवाकोटका १४ विद्यालयहरु पुनः निर्माण हुने भएका छन् । शिक्षा विभागबाट पुनः निर्माण हुने बिद्यालयहरु तोकिने भएकाले कुन, कुन बिद्यालय पुनःनिर्माण हुने भन्ने एकिन नभएको जिल्ला शिक्षा कार्यालय नुवाकोटले जनाएको छ । भुकम्पले नुवाकोटका सबै बिद्यालयहरुमा क्षति पुर्याएको थियो । केही विद्यालयहरु अहिले सामान्य मर्मत गरे पश्चात सञ्चालनमा रहेका छन् भने धेरै बिद्यालयहरु बिभिन्न…


हाते मेसिनबाट इट्टा बनाएर नयाँ विद्यालय भवन

स्थानीय स्रोतको परिचालन गरी गाउँमै इट्टाको उत्पादन गरी विद्यालय बनेको हो । गाउँमै इट्टा उत्पादन गरेपछि विद्यालय भवन बनाउन कम खर्च लागेको छ । गेर्खु, भुकम्पबाट क्षति पुगेको नुवाकोटको एक विद्यालय स्थानीय स्तरमै इट्टा उत्पादन गरी नयाँ विद्यालय भवन निर्माण गरिएको छ । गेर्खु गाविस वडा नं. ४ गैरीखर्कमा रहेको धनदेवी प्रावि गत वर्षको विनासकारी भुकम्पले ध्वस्त भएपछि स्थानीयवासीले काँचो इट्टा, काठ, ढुङ्का लगायत स्थानीय सामग्री प्रयोगवाट निर्माण गरिएको स्थानीय युवा रामशरण थापाले वताए । ‘स्थानीय स्रोतको परिचालन गरी गाउँमै इट्टाको उत्पादन गरी विद्यालय बनेको हो’, थापाले भने– ‘गाउँमै इट्टा उत्पादन गरेपछि…


करणी गरेको आरोपमा पक्राउ

विदुर – विद्यालयमा अध्ययनरत एक किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा नुवाकोट प्रहरीले विहीवार एक युवकलाई पक्राउ गरेको छ । तुप्चे गाविसकी दलित समुदायकी एक किशोरीलाई जवरजस्ती करणी गरेको कारण मजदुरी गर्दै आएका एक युवकलाई पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तुप्चे– ५ साहुगाउंकी १५ वर्षिया दलित किशोरीलाई मंगलवार राती जवरजस्ती करणी गरेको अभियोगमा स्थानीय विद्यालयमा मजदुरी गर्दै आएका सल्यान जिल्लाको चुलिजुलिङ–७ का २१ वर्षिय युवक ज्ञानु थापा क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ऋषिराम कडेलले बताए । पीडित किशोरी गाउंको विद्यालयमा कक्षा आठमा अध्ययनरत…


दुर्गम गाउँमा शैक्षिक क्रान्तिको नमुना

chardakanta poudel

भूकम्पपछिको पुनःनिर्माण तामाङ समुदायमात्रको वसोवास भएको त्यो पनि निम्न स्तरका नागरिकहरूको दुर्गम वस्ती हो, नुवाकोटको कुमरी–५ नेपाने गाउँ । तर, प्रकृतिले भने यथाह स्रोत, साधन अनि सुन्दरता र वरदान यहाँ दिएको त छ । तैपनि राज्यले दिन कहिल्यै केही सकेन र सधैँ कँञ्युस्याई मात्रै गरिरह्यो । यसैले राज्यको सधैँ ओझेलमा परिरह्यो । सरकारी उपेक्षाको सिकार बनेको यो वस्तीमा स्थानिय समाजसेवी र केही नेताबाहेक राज्यको हेर्ने आँखा भने आजसम्म उस्तै छ । शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी र यातायातजस्ता आधारभूत आवश्यकताको विकासमा एक्लिएको नेपानेको लागि अत्यावश्यक मानिएको विद्यालय शिक्षासमेत दयनिय अवस्थामै वर्षौँसम्म…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS