श्रीराम श्रेष्ठ

 
 

हुस्सुभित्रको घाम नियाल्दा: श्रीराम श्रेष्ठ

hussu bhitrako gham book review shreeram shrestha

पुस्तक चर्चा गजलका उद्गम स्थल अरबलाई मानिन्छ । संवेदनशील विधाको रूपमा लिइने गजल लयबद्व, सरल र प्रतीकात्मक ढाँचामा शेर, काफिया, रदिफ, मतला, मक्ता, तखल्लुस, बहरजस्ता मुलभूत तत्वहरूको संयोजनबाट बन्दछ । फारसी, उर्दू, हिन्दी हुँदै नेपालीमा लेखनको थालनी भएको हो । फारसी भाषामा गजलको अर्थ प्रेमिकाको प्रणयसंवाद भन्ने बुझिन्छ । नेपालको सन्दर्भमा मोतीराम भट्टले वि.सं.१९४० मा नेपालमा गजलको थालनी गरेका हुन् । उनले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजल लेखेका थिए । त्यसपछि भीमनिधि तिवारी, शम्भुप्रसाद ढुङ्गेल, उपेन्द्रबहादुर जिगरले गजलमा मलजल गर्ने काम गरे । थोरै शब्दमा धेरै अर्थ वा…


जापानीज शैलीका तन्काहरु: श्रीराम श्रेष्ठ

shreeram shrestha

|| १ || माया जोडियो खुशी सबै तानियो नक्कली खुशी चञ्चले भइदिंदा पीडाको थुप्रै थुप्रो । || २ || नक्कली हाँसो समस्या आइपर्दा चिनिन्छ मान्छे सुखमा साथ दिने दु:खमा भागी जाने । || ३ || पानको पात चिप्लेकिरा टासिँदा परेछ प्वाल खोजेको लाज ढाक्न निहुरिदै हिँडेको । || ४ || झिंगा बनेर दु:ख दिन खोजेको ज्यानै धराप रिसराग उम्रदा पोखरी नै भासिन्छ । || ५ || तित्रा बासेछ ठूलो ठूलो स्वरमा लम्के सिकारी निशाना लगाउँदा गर्भले छाति चौडा । || ६ || हिउँदे झरी निथ्रुक्क भिजी हिड्दा खोजी न्यायको चिसोले…


जापानीज शैलीका नेपाली हाइकु: श्रीराम श्रेष्ठ

shreeram shrestha haiku nuwakot nepal

|| १ || मायालु हात कोमल मीठो स्पर्श मन नै चङ्गा ! || २ || आँखा चिम्लँदै आफ्नो मान्छे सम्झेथेँ रोयो सपना ! || ३ || कसिलो डोरी बेसरी तन्काउँदा शिथिल आस्था ! || ४ || च्याप्प समाई अँगालोमा कसेको आत्तियो मन! || ५ || राखिदिउँला सिउँदोमा सिन्दूर सम्झेर आफ्नै ! || ६ || लगनगाँठो कसिएर बाँधेको च्वाटै चुँडियो ! || ७ || प्रेमको निम्तो खुसीले भेट्न खोज्दा छाया परेछ ! || ८ || बैँसको जोश जोगाउन मुस्किल अन्धो बनेर ! || ९ || समात्न खोजेँ थिचिएर उफ्रिँदा व्यर्थै प्रयास…


बागलुङको सेरोफेरो अनुभूति मेरो

baglung district shreeram shrestha nuwakot

– यात्रा निबन्ध – मनुष्यको जीवन भन्नु नै यात्रा हो । यात्रा अर्थात् घुमफिर । यात्राले मनुष्यको जीवनको यात्रालाई लयबद्ध गराउँछ । जीवनमा स्फूर्ति दिलाउँछ । म आफू पनि यात्राको सौखिन हुँ । समयले साथ दिएसम्म म यात्रा गर्न रुचाउँछु । यसै क्रममा यसपटक मैले बागलुङ जिल्लाको यात्रा गरेँ । नेपालको गण्डकी प्रदेशमा पर्ने बागलुङ जिल्ला मेरो रोजाइको जिल्ला थियो । यसपटक मलाई बागलुङ यात्रा गर्ने अवसर जुर्‍यो । सबै हिसाबले बागलुङ जिल्ला अग्रणी स्थानमा पर्दछ । यो निकै उर्र्वर भूमि हो । यस जिल्लालाई १६ हजार पर्वतको नामले पनि चिनिन्छ…


विजय मल्ल: बहुमुखी साहित्य स्रष्टा

bijay mall nepali lecturer shreeram shrestha nuwakot

विजय मल्ल (वि.स.१९८२-२०६५) बहुमुखी साहित्य स्रष्टा हुन् । उनले निकै गहकिला र मार्मिक किसिमका कविता,उपन्यास,कथा र नाटक रचेका छन । उनी समाजका निमुखा, निर्धन एवम् गरिव र अन्याय अत्याचारका चपेटामा परेकाहरुलाई तिनका दुःख दर्दबाट मुक्ति दिलाई स्वास्थ, गतिशील, समतामूलक एवम् समृद्ध समाजको निर्माण गरी संसारलाई सुखी र सम्पन्न तुल्याउनु पर्छ भन्ने सामाजिक तथा मनोवैज्ञानिक स्रष्टा हुन् । नेपाली साहित्यमा विजय मल्ललाई बहुआयमिक व्यक्तित्वका रूपमा चिनिन्छ । उनले शिक्षाको हकमा आइ.एस्सी. सम्मको अध्ययन गरे । घरपरिवारमा साहित्यिक वातावरण राम्रो भएका कारणले गर्दा उनले बालककालदेखि नै साहित्यमा लाग्ने मौका मिल्यो । यिनले…


भानु जयन्ती, पुरस्कार र बागलुङ

shreeram shrestha baglung

आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा यसपालि बागलुङ जाने अवसर जुर्यो । यस्तो अवसर जुराइदिएको थियो– धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङले । नेपाली भाषा–साहित्य तथा भाषिक संस्कृतिका संवाहक, भावनात्मक एकीकरणका नायक आदिकविको जन्मजयन्तीका अवसरमा जुरेको यो यात्रा आफैँमा आनन्ददायक थियो । आत्मिक थियो । प्रेमिल थियो । धौलागिरि साहित्यि प्रतिष्ठानले भानु जयन्तीको उपलक्ष्य पारेर नेपाली भाषा–साहित्यमा उल्लेखनीय योगदान दिने स्रष्टालाई ‘बम–सरस्वती स्मृति पुरस्कार’द्वारा सम्मानित गर्ने गरेको रहेछ । यसपटक सो प्रतिष्ठानले मलाई चयन उक्त सम्मान ग्रहण गर्न निम्ता गरेको हुनाले म सपरिवार बागलुङ पुगेँको थिएँ । काम विशेषले म काठमाडौँ गएको…


साहित्यमा विश्वेश्वर: श्रीराम श्रेष्ठ

bp koirala lectural shreeram shrestha

सन्दर्भ: ३७ औ वि. पि. स्मृति दिवस वास्तवमा म आफूलाई साहित्यिक सम्झन्नँ । मेरो क्षेत्र त राजनीति हो, राजनीतिमा म यौटा अन्तप्र्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरित । म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी । कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ । नेपाली साहित्य जगतमा चर्चित एवम् सफल व्यक्तित्व महामानव विश्वेश्वरप्रसाद कोइराला साहित्यका एक चम्किला ध्रुर्व तारा हुन् । विशेषतः आख्यान विधामा कलम नचाएका कोइरालाले मनोविज्ञान अन्तर्गत पनि यौन मनोविज्ञानलाई आधार मानेर नेपाली साहित्यमा नयाँ आयम थपे । उनको कार्यको जति नै चर्चा गरे पनि अपूरो हुन्छ, ३७ औं…


नाइलको सहारामा उभिँदा: श्रीराम श्रेष्ठ

Noyyal ko Sahara Haiku book review by shreeram shrestha

जापानबाट शुरू भएको हाइकु अहिले विश्वभरि नै प्रिय विधाको रूपमा प्रसिद्ध रहेको छ । जापानमा विद्यालयस्तरको पाठ्यपुस्तकमा समेत समावेश गरिएको छ र हाइकुलाई जापानमा राष्ट्रियतासँग पनि जोडिन्छ । कविताको उपविधा मानिने हाइकुमा ऋतुगत विषयबस्तुलाई महत्व दिनुपर्दछ । यसका अतिरिक्त आँखाल देखेका र मनले अनुभूति गरेको विषयलाई समेटिएर लेखिएको भावपरक रचनालाई सेन्यू भनिएता पनि हाइकु नै मानिँदै आएको छ । हाइकु पढिसकेपछि फरक–फरक कोणबाट विश्लेष्ण गर्न सकिने हुनु पर्दछ । अक्षरीय संरचनाको ढाँचामा लेखिने हाइकु ३ लाइनको १७ अक्षरमा सीमित हुनुपर्छ । पहिलो हरफ पाँच, दोस्रो हरफ सात र तेस्रो हरफ…


‘बम-सरस्वती पुरस्कार’बाट साहित्यकार श्रेष्ठ सम्मानित

बागलुङ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले २०६ औँ भानु जयन्ती अवसरमा यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गरेको छ । श्रेष्ठले नेपाली भाषा र साहित्यको उन्नयनमा पु-याएको योगदानको कदर गर्दै प्रतिष्ठानले नगर रु १० हजार र सम्मान पत्र सहित सम्मान गरेको हो । बागलुङको मूलपानी घर भई बैदेशिक रोजगारका लागि बेल्जीयममा रहनु भएका कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा स्थापित पुरस्कारबाट भानु जयन्तीका अवसरमा बर्सेनी साहित्यको क्षेत्रमा लामो योगदान गरेका साहित्यकारलाई सम्मान गर्दै आएको धौलागिरी साहित्य प्रतिष्ठानले जनाएको छ ।  श्रेष्ठलाई धौलागिरी…


असार २९ र भानुभक्त आचार्य

bhanubhakta acharya bhanu jayanti

भानु जयन्ती नेपाली भाषा साहित्यको क्षेत्रमा श्रद्धापूर्वक मनाइन्छ – आदिकवि भानुभक्त आचार्यको सम्झनामा । असार २९ मा नेपालका साथै अमेरिका, बेलाायत, जापान, भारतलगाायतका मुलुकहरुमा विविध साहित्यिक गतिविधि सञ्चाालन गरिन्छ । राजा पृथ्वीनारायण शाहले सिङ्गो नेपालको एकीकरण गरे भने भानुभक्त आचार्यले कविताामार्फत् नेपााली जातिलााई साँस्कृतिक र साामाजिक रुपमाा एकीकरण गरेका थिए । भानुभक्त आचार्य प्राथमिककाल (१८२६–१९४०) का नेपाली कविहरूमध्ये सर्वश्रेष्ठ कवि हुन् । उनीलाई भक्तिधारा (१८७३–१९४०) का सबभन्दा नेपालका ठूला कवि पनि मानिन्छन् । जो कोही व्यक्तिले धेरै विद्या आर्जन गरेर मात्र ऊ विद्वानको रूपमा सुपरिचित हुनका लागि आफूले अध्ययन गरेको…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS