सडक

 
 

सवारी दुर्घटनाको तीन वर्षमा ५८ जनाको मृत्यु, ५० सख्त घाईते

nuwakot dsp rajesh thapa road accident presentation

विदुर, नुवाकोट –  नुवाकोटमा सवारी दुर्घटनाबाट तीन वर्षमा ५८ जनाको मृत्यु, ५० सख्त र १ सय ९ घाईते भएको तथ्यांकले देखाएको छ । चालुआर्थिक वर्षको मङ्सिरसम्ममा ७ सवारी दुर्घटना, ०७५/७६ मा २३ सवारी दुर्घटना र आव ०७४/७५ मा २२ सवारी दुर्घटना भएको थियो । शुक्रबार भएको सवारी दुर्घटना न्यूनीकरण अन्तरक्रियामा निमित्त प्रहरी प्रमुख राजेश थापाले उक्त जानकारी दिनुभएको हो । नुवाकोटमा मुख्यतया सडकसम्बन्धी चेतनाको कमी, ट्राफिक नियम उल्लङ्घन गरेकै कारण सवारी दुर्घटना बताउनुभयो । तथ्यांकअनुसार चालुआर्थिक वर्षको नौ महिनामा ७ हजार ८ सय ५० कारवाहीबाट ५३ लाख ३० हजार राजश्व सङ्कलन भएको छ ।…


मैलुङ–स्याफ्रुवेसी सडक अवरुद्ध

mailung syapru sadak

विदुर / त्रिदेशीय छोटो मार्गको रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक अवरुद्ध भएको छ । अविरल वर्षाको कारण बन्द भएको सडक सञ्चालमा आएको एक दिनमै पुनः अवरुद्ध भएको हो । सडकको विभिन्न स्थानमा पहिरो गएपछि वर्षात्को समय भरी वेत्रावति हुँदै मैलुङ स्याफ्रुवेशी सडकमा सवारी साधन सञ्चालन नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । वर्षातको समयभरी वेत्रावति कालिकास्थान धुन्चे हुँदै स्याफ्रुवेसी रसुवागढी मार्ग प्रयोग गर्न स्थानीय प्रशासनले यातायात व्यवसायीलाई आग्रह गरेको हो । वर्षातले वाढी आएर सो कच्ची सडकमार्गको ह्युमपाइप बगाएपछि अवरुद्ध भएको सडक सोमवारमात्रै सञ्चालनमा आएको थियो । बाढीले क्षति गरेको सडकमार्ग…


टोखा-छहरे सडकखण्ड अवरुद्ध

gurje sadak tokha chhahare

शिवपुरी / वर्षाको कारण पहिरो जाँदा टोखा छहरे सडकखण्डको शिवपुरी गाउँपालिका-६ गुर्जेस्थित सडक अवरुद्ध भएको छ । गए राती १ बजेतिर वर्षाको भेलले माटो बगाउदा सडक अवरुद्ध भइ आवतजावतमा समस्या आएको हो । वर्षाको भेलले नुवाकोटबाट काठमाडौ बालुवा लिएर जादै गरेको बा ५ ख १६७० टिफर सडकको बीचभागमै फसेको छ भने कुनै मानवीय क्षति भएको छैन । त्यस्तै, काठमाडौ टोखा नगरपालिका-१ झोर सडकखण्डमा आएको माटोको भलले सडक अवरुद्ध भएको छ । अहिले पहिरोले अवरुद्ध भएको सडक सुचारु गर्न डोजर लगाई टिफर निकाल्ने कार्य पनि भइरहेको छ । उक्त बाटो भएर काठमाडौ जाने सवारीसाधनलाई…


मुआब्जाको माग गर्दै नुवाकोट बन्द (फोटो र भिडियो फिचर)

sadak nuwakot banda strike trishuli

विदुर, नुवाकोट / गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक आयोजना निर्माण गर्दा मुआब्जा दिनुपर्ने माग गर्दै नुवाकोट बन्द गरिएको छ। निर्माणाधिन सडक आयोजनाले मुआब्जामा विभेद गरेर काम थालेको विरोधमा सडक प्रभावितले बन्द गरेका हुन् । बन्दको दिनमा अटेर गरि सवारीसाधन चलाएको भन्दै बन्दकर्ताले विदुरमा हेल्मेट फुटाएको छ भने ढुंगेमा पुरानो मोटरसाइकल जलाएको छ । बन्दले नुवाकोट र रसुवाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सार्वजनिक यातायात पूर्णरुपमा ठप्प भएका छन् । बन्दको कारण पासाङल्हामु मार्गको त्रिशूली-काठमाडौ, त्रिशूली-वेत्रावति, त्रिशूली-देवीघाट-गल्छी तथा त्रिशूली-छहरे-काठमाडौ सडकमार्गमा यातायातका साधन गुडेका छैनन् । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको आयोजना अन्तर्गत नुवाकोटको विदुर नगरपालिका-५…


संवादबाटै मुआब्जा विवाद समाधान गर्न जोड

sambad samuha nuwakot

– नगरवासीको मुआब्जा पाउने अधिकारको हनन नगर्न आयोजनालाई चेतावनी – विदुर / निर्माणाधिन गल्छी त्रिशूली, मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक निर्माणको क्रममा देखिएको मुआब्जा विवादलाई प्रक्रियागत रुपमा टुंग्याउनको लागि सरोकारवालाहरु सहमत भएका छन् । आयोजना अन्तर्गत पिपलटारदेखि ढुंगेसम्म बालाजु त्रिशूली सडकखण्डको पर्ने र सो सडक सीमा २०३४ सालको राजपत्रमा उल्लेख गरिएको भन्दै ९ किमि सडकमा मुआब्जा दिन नमिल्ने आयोजनाको धारणा सार्वजनिक भएसँगै स्थानीयमा मुआब्जाको बहस तोकेको छ । संवाद समूह नुवाकोटले विदुरमा आयोजना गरेको मुआब्जा विवाद सम्बन्धि संवाद कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद नारायणप्रसाद खतिवडाले सरकारले राष्ट्रिय गौरवको आयोजनाको…


छहरे टोखा सडकखण्डमा पहिरोको जोखिम बढदै

tokha chhahare sadakkhanda

शिवपुरी, काठमाडौं हुँदै नुवाकोट रसुवा आवतजावत गर्ने द्रुतमार्ग छहरे-टोखा सडकखण्ड बर्खासँगै पहिरोको जोखिम बढदै गएको छ । उक्त सडकखण्डको गुर्जेभञ्याङग् शिवपुरी राष्ट्रिय निकुञ्ज चेकपोष्ट नजिक पहिरो खसिरहने क्रम बढ्दो छ । सडक भएको भित्तातिर रिटेनिङ वाल लगाईएको सडक हिलाम्मे हुने गरेको भएपनि वर्षा हुँदा माथिबाट ढुङ्गा, माटोको भेल सडकमा खस्नाले  सवारीसाधन आवतजावतमा कठिनाई भएको छ। यस सडकखण्ड हुँदै आवतजावत गर्ने सवारीचालकहरु त्रासको भरमा सवारीसाधन चलाईरहेको एक चालकले बताएको छ ।  


राष्ट्रिय गौरवको प्रादेशिक सडक शिलान्यास

mahendra shahi minister province 6 nepal

सुर्खेत/कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको प्रादेशिक सडकको शिलान्यास गर्नुभएको छ । मुख्यमन्त्री शाहीले सोमबार दैलेख—डुंगेश्वर–दुल्लु–भैरवी–ब्याउली–कालीकोट–जुम्ला–मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने प्रादेशिक सडकको शिलान्यास गर्नुभएको हो । उहाँले डोजर चलाएर सडकको शिलान्यास गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भाषण गरेर देश नबन्ने भन्दै हरेक नागरिकले श्रम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णाली प्रदेशलाई पहिलोमा अर्गानिक र दोस्रोमा पर्यटकीय गन्तव्य बनाउने नीति लिइएको बताउनुभयो । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशको आफ्नै विकासमैत्री सार्वजनिक खरिद ऐन निर्माण गर्ने बताउनुभयो । योजनामन्त्री ज्वालाले बजेटको कमीले सडक बन्न नसक्ने अवस्था सिर्जना…


जलेश्वर–जनकपुर बाटो वर्षाले अवरुद्ध

गौशाला/भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको जलेश्वर जनकपुर सडकमा फोरलेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेको बेला आज बिहान भारी वर्षाका कारण सो बाटो अवरुद्ध भएको छ । जनकपुरदेखि जलेश्वर र भिठ्ठामोडसम्म पूरै बाटोभरि नै माटै माटो रहेको बेला पानी परेपछि गाडी फस्ने भएर आज बिहानैदेखि बाटो अवरुद्ध भएको हो । बाटोभरि पानीले गर्दा हिलैहिलो भएकोले कुनै पनि बस, जिप लगायतका चारपाङ्ग्रे तथा मोटरसाइकल समेत नचलेको अवस्था रहेको छ । अब बाटोको पानी र हिलो सुखेपछि मात्रै…


छहरे-टोखा सडकखण्ड अवरुद्ध

Tokha Chhahare Sadak

नुवाकोट, छहरे / सडक विस्तारको ढिलासुस्ती र अनिमियतालाई ध्यानाकर्षण गराउन स्थानीयबासीले आज बिहानदेखि छहरे-टोखा सडक अवरुद्ध गरेको छ । रसुवा-नुवाकोट-काठमाडौँ जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो सडकमार्ग अन्तर्गत छहरे-टोखा सडक विस्तारमा ढिलासुस्तीको कारणले सडकमा उडने धुलोको कारणले मानव स्वास्थ्यमा असर गर्ने पटकपटकको ध्यानाकर्षणको वेवास्था गरेकोले सडक अवरुद्ध गरेको बन्द अगुवाई सुमन भण्डारीले बताए । सडक विस्तारको कार्यलाई चांडो भन्दा चांडो सम्पन्न गर्नु पर्ने र सडक विस्तारको क्रममा जग्गा अधिकरणमा वैधानिकता नभएको भन्दै बन्द गरेको भण्डारीले बताए ।


नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ

चितवन/नारायणगढ–मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ । मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिँिकदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत भएपछि काम शुरु भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट १.५ किलोमिटर नारायणगढतर्फ २ नम्बर र ३ नम्बर पुलको बीचमा नौ ठाउँमा गरी १२३ मिटर सडक साँघुरो रहेको छ । ती ठाउँमा सातदेखि आठ मिटरमात्रै सडक चौडा छ । साँघुरो…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS