सरकार

 
 

दर्ता नगरी सरकारी मोबाइल एप्स सर्वसाधारणले प्रयोग गर्न नपाउने

nepal government website

काठमाडौं – सरकारले सरकारी सेवा र सूचनामा आम नागरिकको सहज पहुँच पुर्‍याउने उद्देश्यसहित ‘नागरिक मोबाइल एप्स सञ्चालन निर्देशिका २०७६’ सञ्चालनमा ल्याएको छ। निर्देशिकाअनुसार सर्वसाधारणले दर्ता नगरी सरकारले सञ्चालनमा ल्याउने एप्सहरू प्रयोग गर्न पाउने छैनन्। मोबाइल एप्स सञ्चालनसँगै सरकारी सेवा र सूचनामा आम नागरिकको सहज पहुँच र जनताका गुनासा तथा सुझावहरु सिधै सम्बन्धित निकाय र पदाधिकारीलाई दिन मिल्नेछ । प्रयोगकर्ताले नागरिक मोबाइल एप्समार्फत् कुनै सेवाको लागि गरेको आवेदनमा प्रचलित कानुनबमोजिम कुनै शुल्क, दस्तुर वा अन्य कुनै रकम बुझाउनुपर्ने भएमा त्यस्तो रकम सम्बन्धित सेवा प्रदान गर्ने निकायको नाममा नागरिक मोबाइल एप्समार्फत् प्राप्त निर्देशन…


पर्यटनमन्त्री अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा

prime minister office nepal

काठमाण्डौ / नेपाल सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि बिहिबार राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइने र राष्ट्रिय झण्डा आधा झुकाइनेछ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ । आज दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको छ ।


सरकार र चिकित्सक संघबिच वार्ता, माग सम्वोधन भए आजबाट सबै अस्पताल खुल्ने

काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच आज भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको पहुँच गाउँगाउँसम्म पुगिसेकेको सन्दर्भमा विना शैक्षिक योग्यता तथा विना दर्ता उपचारमा सङ्लग्न भएमा बिरामीको ज्यान जोखिममा पर्न सक्ने हुँदा दफा २३० को उपदफा खारेज हुनुपर्ने लगायत चिकित्सकले भने अनुसार ऐन संसोधनका लागि सरकार तयार भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक सुशीलनाथ प्याकुरेल र सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठसहित सङ्घका उच्च नेतृत्वबीच आज भएको वार्तामा…


घरबहाल सरोकार महासंघ नेपालद्वारा कर घटाउन सरकारसमक्ष माग

gharbahali kar nepal

काठमाडौं, १४ साउन । घरबहाल सरोकार महासंघ नेपालले मुलुकी ऐन देवानी संहिता २०७४ लाई उचित रुपमा कार्यान्वयन गर्नुपर्नेसँगै केही छुटेका कुराहरुको संशोधन गर्न सरकारसमक्ष माग गरेको छ । समोबार रिपोर्टर्स क्लब नेपालमा घरबहाल सरोकार महासंघ नेपालले पत्रकार सम्मेलन गरेर यस्तो आग्रह गरेको छ । महासंघका अध्यक्ष शंकर कोइरालाले हालै राष्ट्रपतिद्धारा प्रमाणिकरण गरिएको मुलुकी ऐन देवानी ‘संहिता’-२०७४ लाई स्वागत गर्दै घर बहाल कर घटाउन माग गरेका छन् । उनले भने,‘राज्यले निर्माण गरेको ऐनलाई हामीले स्वागत गरेका छौं, तर केही कुराहरु छु्टेका छन् हामीले सुझावको रुपमा सरकारलाई केही मागहरु अघि सारेका छौं, जस्तै…


आजदेखि जिल्लाका यी सरकारी कार्यालय खारेज, कुन कुन कार्यलय कायम रहन्छन् ? (सूचीसहित)

नुवाकोट । सरकारको यसअघि कै निर्णय अनुसार आजदेखि बिभिन्न जिल्लाका सरकारी कार्यालयहरु खारेज भएका छन् । सरकारले खारेज हुने जिल्ला कार्यालयको सूची यसअघि नै सार्वजनिक गरिसकेको छ । खारेज हुने कार्यालयमा जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला बाल कल्याण समिति, शान्ति समिति र जिल्ला सहकारी कार्यालय रहेका छन् । यस्तै भू–संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग, महिला तथा बालबालिका कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला अस्पताल, जिल्ला सिँचाइ कार्यालय, जिल्ला खानेपानी कार्यालय, सहरी विकास डिभिजन कार्यालयर जिल्ला…


क–कसको पैसा र सुविधा काटिँदै ?

Nuwakot Staff Government Nepal

काठमाडौं/मितव्ययिताको नीतिको कारण कतिपयले खाइपाई आएका सुविधा कटौतीमा परेका छन् । हरेक साउन लागेपछि दुर्गमसहित केही निकायमा कार्यरत कर्मचारीमा दुई रहर एकसाथ पलाउँथ्यो, एउटा बढुवाको नम्बर अर्को अतिरिक्त भत्ता । तर, अब कार्यसम्पदानमा आधारित प्रोत्साहन भत्ता साउन १ गतेदेखि कटौतीमा पर्ने भएको छ । अख्तियारमा सतप्रतिशत, राष्ट्रपति, प्रधनमन्त्री कार्यालयमा, भन्सार, कर कार्यालय, महान्यायाधिवक्ता, सर्वोच्च अदालत, राहदानी–कन्सुलर सेवा विभागका ५० प्रतिशत भत्ता रोकिन लागेको हो । मितव्ययिता र प्रभावकारिता ल्याउनेसम्बन्धी निर्देशिकाकमोजिम यस्तो कटौती गरिएको बताइन्छ । संसदका कर्मचारीले सभामुखको अध्यक्षतामा बन्ने कार्य सञ्चालन समितिको निर्णयबमोजिम खाजा भत्ताका रुपमा ८० प्रतिशत अतिरिक्त…


अठार वर्षपछि बैंक स्थापना

Rastriya Banijya Bank

वालिङ, स्याङ्जा/स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको छ । २०३९ सालमा स्थापना भएको उक्त बैंक २०५६ सालमा द्वन्द्वका समयमा त्यहाँबाट विस्थापित भई स्याङ्जा सदरमुकाम आएको थियो । १९० औँ शाखाका रुपमा बैंकको शनिबार सरकारका सूचना तथा सञ्चार प्रविधि सचिव महेन्द्रमान गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा सचिव गुरुङले बैंकले प्रदान गर्ने सेवा सुविधालाई अझै प्रभावकारी ढंगबाट अगाडि बढाउँदै सेवाग्राहीको मन जित्दै जानुपर्ने बताउनुभयो । बैंकको सेवा सर्वसाधारणको पहुँचमा पु¥याएर यस क्षेत्रको आर्थिकस्तर सुधार गर्नका लागि पनि यस कार्यले महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा बैंकका…


राष्ट्रिय सरसफाइ अभियान वर्ष मनाइने

काठमाडौँ/सरकारले आव २०७५/७६ लाई राष्ट्रिय सरसफाइ अभियान वर्षका रुपमा मनाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा आगामी तीन वर्षभित्र सबै नेपालीलाई आधारभूत सरसफाइको पहुँच सुनिश्चित गर्न राष्ट्रिय सरसफाइ अभियान वर्ष मनाउने भएको हो । सरकारले शहरी क्षेत्र, राजमार्ग आसपास र सार्वजनिकस्थानमा सुविधासम्पन्न स्मार्ट शौचालय निर्माण गर्न आवश्यक रकमसमेत विनियोजन गरेको छ । सबै घरमा शौचालय निर्माण गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिने भएको छ । यसैगरी खुला दिसामुक्त क्षेत्रमा स्थानीय तहको सहकार्यमा पूर्णसरसफाइ कार्यक्रम सञ्चालन गर्नुका साथै संगठित क्षेत्रको…


मुलुकका सात स्थानमा सुरुङ निर्माण गरिने

tunnel Nepal government

काठमाडौँ/सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो । भौगोलिक बनावट तथा अन्य जटिलताका कारण यातायात सञ्चलनमा भइरहेको कठिनाइलाई सहज तुल्याउन आगामी आवमा पृथ्वी राजमार्गको नौबिसे–नागढुंगा खण्डमा सुरुङमार्ग निर्माण आरम्भ गरिने बजेटमा उल्लेख गरिएको छ । सो सुरुङमार्ग निर्माणमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । यस्तै काठमाडौँलाई नुवाकोटसँग जोड्न टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने लक्ष्य राखेको छ । यस्तै…


बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

Public transport in Nepal

काठमाडौँ/उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ । गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार धेरै यात्रु बोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले रु ५०० जरिवाना गर्दै आएकामा जेठ १२ गते शनिबारदेखि रु एक हजार जरिवाना गर्न थालेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले जेठ ४ गतेदेखि हालसम्म ६४९ माइक्रोबस तथा टेम्पोलाई कारवाही गरिएको बताउनुभयो । “उभ्याएर यात्रु बोक्ने १८ सिटभन्दा…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS