सहकारी

 
 

राष्ट्रिय सहकारी दिवसमा सहकारी सदस्यहरुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन आग्रह

district cooperative union nuwakot press release coronavirus covid-19 2020

विदुर – जिल्ला सहकारी संघ नुवाकोटले आगामी चैत्र २० गते मनाईने “मर्यादित श्रम र पर्यटनका लागि सहकारी” भन्ने मूल नारासहित ६३ औं राष्ट्रिय सहकारी दिवसमा आफ्ना सहकारी सदस्यहरुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै स्वास्थ्य सरसफाई कार्यक्रमहरु गर्न आग्रह गरेको छ । आईतबार प्रेस विज्ञप्ती जारी गर्दै संघले विश्व स्वास्थ्य संगठनले विश्व माहामारी घोषण गरेको कोरोना भाईरस (कोभिड १९) को सम्भावित जोखिम नियन्त्रण र सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित सम्पूर्ण सहकारीहरुका सदस्य तथा कर्मचारीहरुमा सङ्क्रमण नहुने उपायहरु अवलम्बन गर्न र सो सम्बन्धि जनचेतना अभिवृद्धिका साथै मास्क तथा सेनिटाईजरको प्रयोग गर्न भनिएको छ । जिल्लास्थित…


पञ्चकन्या सहकारी सम्मानबाट श्रेष्ठ सम्मानित

Purna Lal Shrestha Nuwakot Cooperative

विदुर – पञ्चकन्या सहकारी सम्मानबाट सहकारी अभियन्ता पूर्णलाल श्रेष्ठ सम्मानित भएका छन् । पञ्चकन्या बचत तथा ऋण सहकारीको २०औं साधारणसभाको अवसरमा प्रमुख अतिथी विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोट जिल्लाको सहकारी क्षेत्रमा योगदान पुर्याएकोमा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष श्रेष्ठलाई सम्मान गरेको हो । श्रेष्ठले २०५६ सालदेखि ०६३ सम्म जिल्ला सहकारी संघको अध्यक्ष पदमा रही नुवाकोट जिल्लामा सहकारीको विकासमा अहम् भूमिका खेलेका थिए । सहकारीको अवधारणा अनुसार एक सहकारी एक सदस्यलाई मान्यता दिंदै विदुर कल्याणकारी बहुमुखी सहकारीमा आबद्ध रही सहकारी अभियानमा लागेका छन् । यो पनि पढ्नुस्: पञ्चकन्या सहकारीको २०औं साधारणसभा सम्पन्न, डिजिटल…


नुवाकोट सहकारी संघको २७औं बार्षिक साधारणसभा सम्पन्न

27th agm district cooperative union nuwakot

विदुर – दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने नाराका साथ जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको २७ औं बार्षिक साधारणसभा सोमबार विदुरमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य सांसद् हीरानाथ खतिवडाले कृषिको विकास नै राष्ट्रको पहिलो खाँचो रहेको र यसले रोजगार सिर्जना गरिरहेको हुनाले सरकारले कृषिमा वैज्ञानिककरण, आधुनिकीकरण र व्यवसायीकरण कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण अनुदान प्रदान गर्दै आईरहेको बताउनुभयो । कृषि पेशा एकोहोरो खेतीमा लागेकाहरु अहिले कृषिका विभिन्न क्षेत्रमा लागिरहेका कृषकहरुलाई सरकारले सहजीकरण गर्न लागि परिरहेको बताउनुभयो । प्रदेशसभा सदस्य सांसद् केशवराज पाण्डेले सहकारीमा भएको पुँजीलाई उत्पादन क्षेत्रमा लगानी गरिनुपर्ने…


सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा स्थानीयतहको भूमिका बिषयक अन्तरक्रिया

cooperative sahakari nuwakot interaction program

देउराली – जिल्ला सहकारी संघको आयोजनामा म्यागङ गाउँपालिकामा सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा स्थानीयतहको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष आशा तामाङले पालिकास्थित सक्रिय १७ सहकारीलाई लक्षित गरी आयोजना गरिएको सहकारीहरुको प्रवर्द्धन, विकास र अनुगमनमा पालिकाले नीतिगत कार्यन्वयन गरिने बताउनुभयो । कार्यक्रममा पालिकास्थित सहकारीहरुको स्थानीय निकायको भूमिका बारेमा जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले जानकारी गराउनुभएको थियो । संघका शिक्षा तथा तालिम उपसमिति संयोजक अर्जुन न्यौपानेले शिक्षा पद्दति तथा तालिमबाट सहकारीका संचालक र कर्मचारीहरुलाई सहकारी सिद्धान्त, ऐन नियम र विनियम अनुसार संचालन र व्यवस्थापन गराउने विषयक…


सम्पन्न सहकारीको सेवा केन्द्र सञ्चालनमा

sampanna multipurpose cooperative sahakari

काठमाडौं । सम्पन्न बहुउद्देश्यीय सहकारी संस्थाले माछापोखरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । २०६४ साल स्थापना भएको सहकारीले आफ्ना सदस्यहरुको सेवालाई मध्यनजर गर्दै सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । सेवा केन्द्रको उद्घाटन काठमाण्डौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले गरे । उनले सहकारी संस्थाहरु नाफामूलकभन्दा पनि सहकारीको मर्मअनुसार चल्नुपर्ने बताए । मुलुकको निर्यात घटिरहेको र आयात चरम उत्कर्षमा पुगेको बेला सहकारीले उत्पादन बढाउन सक्ने भन्दै मानन्धरले ठूलो टेवा पुर्याउन सक्ने बताए । कार्यक्रममा काठमाडौं मनपा-१६ का वडाध्यक्ष मुकुन्द रिजालले स्थानीयतहमा रहेको पुँजीलाई उत्पादनसँग जोड्न आग्रह गरे । महाराजगञ्जमा…


नुवाकोटमा मनाईयो ६२औं राष्ट्रिय सहकारी दिवस

cooperative in nuwakot sahakari nuwakot

दुप्चेश्वर / दियो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मूल नाराका साथ ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दुप्चेश्वरमा अन्तर्क्रिया भएको छ । नेपालमा सहकारी स्थापना भएको ६२ वर्ष पुरा भएको अवसरमा सहकारी दिवस मनाईएको हो । जिल्ला सहकारी संघ लि., राष्ट्रिय सहकारी बैंक र दुप्चेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा “आन्तरिक पर्यटन प्रवर्द्धन तथा विकासको लागि सहकारी” विषयक स्थानीयतह र सहकारी संघ/संस्थाहरु बिच अन्तर्क्रियामा भएको हो । यसैगरी सरकारले सहकारी मार्फत् मुलुकलाई समृद्ध बनाउने योजना अघि सारेको छ । सहकारी दिवस मनाइरहँदा भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीको सङ्ख्या…


दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी अन्तरक्रिया

chief guest kb upreti national cooperative bank interaction program in nuwakot

विदुर, नुवाकोट / राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय नुवाकोटको आयोजनामा सहकारी बैंक र सदस्य सहकारी संघ/संस्थाहरु बीच अन्तरक्रियामा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीले नयाँ नेपाल निर्माणका लागि संविधानले एक महत्वपूर्ण खम्बाका रुपमा सहकारीलाई स्विकार गरेको अवस्थामा दिगो विकास लक्ष्य हासिल गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएकोछ । अध्यक्ष उप्रेतीले सहभागिहरुबाट उठाएका जिज्ञासाको सम्बोधन गर्दै स्थानियतहमा बैंकको सदस्यता र सेवा विस्तार, कर्जामा व्याजदरको कमि र सहुलियत कर्जाको स्पष्ट पार्नुभएको थियो । शाखा समन्वय उपसमितिका संयोजक तथा जिल्ला सहकरी संघका पुर्व अध्यक्ष वैकुण्ठ मिश्रले हकहित, उत्थानको लागि संधै केन्द्रित भएर…


सहकारी रकमलाई विकास निर्माणमा लगाउनुपर्ने: मुख्यमन्त्रि पौडेल

inauguration of sangam saving and credit cooperative from chief minister dormani poudel

विदुर / प्रदेश नं. ३ का मुख्यमन्त्रि डोरमणी पौडेलले संगम सहकारीको साधारणसभा तथा नवनिर्मित भवन संगम प्लाजाको मंगलबार उद्घाटन गर्दै सहकारीमा भएको रकमलाई विकास निर्माणमा लगाउन सके सम्वृद्द नेपाल निर्माण गर्न सकिने बताउनुभएको छ । सहकारीको १४औँ साधारणसभा तथा कार्यालय भवनको उद्घाटन गर्दै उक्त धारणा व्यक्त गर्नुभएको हो । मुख्यमन्त्रि पौडेलले सहकारी मर्जरलाई लक्षित गर्दै दुईभन्दा बढी सहकारी बीचको समन्वयमा संयुक्त लगानी गरी आर्थिक सम्वृद्धिमा लाग्नुपर्ने बताउनुभयो । सहकारीमा भएको पुँजीलाई बजारीकरण गर्ने, उत्पादनमुखी कार्यमा लगानी गर्ने कार्यमा लगाउन नसके सहकारी केवल बचत गर्ने, व्यक्तिगत अवश्यकता पूर्ति गर्ने माध्यम हुने बताउनुभयो । कार्यक्रममा प्रदेशसभासदस्य बद्री मैनाली, केशव…


प्रदेश नं. ३ का मुख्यमन्त्रिबाट संगम सहकारीको भवन उद्घाटन हुँदै

corporate building of sangam saving & credit cooperative society limited

विदुर / प्रदेश नं. ३ का मुख्यमन्त्रि डोरमणी पौडेलबाट संगम सहकारीको नवनिर्मित भवन संगम प्लाजाको भोलि मंगलबार उद्घाटन हुने भएको छ । सहकारीले विगत २२ वर्षदेखि घरभाडामा लिई सहकारी संचालन गर्दै आईरहेकोमा भोलि मंगलबारदेखि सहकारीले आफ्नै भवनबाट सेवा प्रदान गरिने सहकारीका सचिव नारायण श्रेष्ठले जानकारी दिनुभएको छ । उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य तथा सांसद नारायणप्रसाद खतिवडा, राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल लगायतको सहभागिता रहने सहकारीले जनाएको छ । विदुर नगरपालिका-४ बट्टार दम्कीमा बनेको भवनमा व्यवसायिक प्रयोजनको लागि पनि प्रयोग गर्न सकिने उदेश्य अनुरुप भवन…


खिञ्चेत कृषि सहकारीको अध्यक्षमा नारायण गिरी

khinchet cooperative agm sahakari nuwakot nepal

विदुर / खिञ्चेत कृषि सहकारीको सातौँ वार्षिक साधारणसभाले सम्पन्न भएको छ । सहकारीको अध्यक्षमा नारायण गिरी निर्विरोध निर्वाचित भएको छ । गिरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । उपाध्यक्षमा चन्द्रबहादुर खड्का, सचिवमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा राजेन्द्र दवाडी र सदस्यहरुमा चिरन्जीवि गिरी, सुशिला पण्डित, सिता घले, मनिष नगरकोटी र सुनिल श्रेष्ठ चयन भएका छन् । जिल्ला सहकारी संघका सदस्य नविन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रधानले अबको सहकारी अभियान अन्तर सहकारी समन्वय गर्न अपरीहार्य भएको बताउनुभयो । “अहिले मुख्य सहकारीको समस्या भनेको भाका नाघेको ऋण हो तसर्थ ऋण लगानी गर्दा…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS