सेना

 
 

सेनाले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति महासंघको आपत्ती

fnj nuwakot press release

विदुर / नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले एक विज्ञप्ती जारी गरी अध्यक्ष कपिलदेव खनाल र सचिव जगदीश खनालमाथी नेपाली सेनाले गरेको दुर्व्यवहारको विरोध जनाएको छ । आज दिउँसो करिब १२ बजे अध्यक्ष र सचिव द्वयलाई नुवाकोटको विदुरस्थित नेपाली सेनाको तालिम केन्द्र, मैथली तालिम केन्द्रका सेनाहरुले तालिम केन्द्र अगाडीको सडकमा लछारपछार गर्नुका साथै मोबाइल क्यामेरा जफत गरी भिडियो हटाएको घटना प्रति आपत्ति जनाएको हो । बिहिवार विदुरबाट बट्टारतर्फ जाँदै गरेका सचिव खनाललाई सेनाको तालिम केन्द्रको गेटमा बसेका सेनाहरुले भनेकै ठाउँमा मोटरसाईकल नरोकेको भन्दै अपशब्द प्रयोग गरी गाली गरेको र ‘ठिक…


नुवाकोटमा ७ घर पहिरोले बगायो, १६ घर उच्च जोखिममा, सेनाद्वारा दुई जनाको उद्दार

chetang dupcheshwor flood nuwakot

चेताङ, दुप्चेश्वर / नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ को चेताङमा सुख्खा पहिरोमा फसेका दुई जनालाई सेनाद्वारा उद्दार गरेको छ । उद्दार गरिएकोमा दुप्चेश्वर गापा-१ का दोर्जे शेर्पा र श्रीमती पाङ्जेन शेर्पा भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । दुवै जना पहिरोभन्दा पारीको खोलाको बिचमा रहेकोले नेपाली सेनाको एनए-०५७ नम्बरको नाईटभिजन हेलिकप्टरबाट सबा ७ बजे उद्दार गरी सदरमुकाम विदुरस्थित सन्यै तालिम केन्द्र मैथली ब्यारेकमा ल्याई थप उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ । दुवैको स्थिती सामान्य रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । पहिरो गएको चेताङ नुवाकोट, रसुवा र सिन्धुपाल्चोकको सिमाना नजिक रहेको छ। पहिरो आज मध्यान्ह १२:३० बजेतिर गएको…


संस्कृति संरक्षणमा स्थानीयसंगै सेना (फोटोफिचर)

gangate krishna mandir sanitation

विदुर / न्यू स्पोर्ट्स ब्बाईज क्लबको आयोजनामा विदुर नगरपालिका-५ गंगटेस्थित कृष्ण मन्दिरमा शुक्रबार बिहान सरसफाई गरिएको छ । संस्कृति सम्पदा संरक्षणमा कार्य गर्दै आइरहेको क्लबले आउंदै गरेको गाईजात्रा र कृष्णाष्टमीलाई मध्यनजर गर्दै दर्शन गर्न आउने भक्तालुजनको सुविधाको लागि सफाई गरेको क्लबका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । क्लबका सदस्य र नेपाली सेना श्रीनाथ गण देविघाटका २० जवानको सहयोगमा मन्दिर र मन्दिर परिसर सरसफाइ गरेको  सरसफाई कार्यक्रम अन्तर्गत मन्दिर परिसर दायाँ बायाँको फोहोर व्यवस्थापन,  झाडि फाड्ने, नाली सफाई लगायतका सफाई कार्य गरेको क्लबले जनाएको छ । नेपाली सेनाले संस्कृति सम्पदाको संरक्षणमा कार्य गर्दै आइरहेको…


पर्यटक तान्दै अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथन

taan langtang marathon rasuwa

रसुवा/अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको तेस्रो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाटले हात पारेका छन् । शिवलाल गणका पिउठ भाटले तीन घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै प्रथम हुनुभएको हो । नारायण दल गणका अमल्दार भरत खत्री द्वितीय र सोही गणका सिपाही सुवास कार्कीले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ । यसैगरी महिलातर्फ सोलुखुम्बुकी निरकला गुरुङ राईले चार घण्टा ५७ मिनेट १३ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गरी प्रथम हुनुभएको छ । द्वितीयमा सोलुखुम्बुकै पूर्णिमाया राई र सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरकी सरिता बासी तृतीय हुनुभएको छ…


नेपाली सेनामा रोजगारीको अवसर, विभिन्न पदमा २३११ कर्मचारी माग

Nepal Army

काठमाडौं । नेपाली सेनाले २ हजार ३ सय ११ जन कर्मचारी माग गरेको छ । सेनाले विभिन्न पदमा गरी उक्त कर्मचारी माग गरेको हो । विशेषगरी प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमल्दार, सैन्य ड्राइभर, सैन्य, सैन्य वाद्यबादन र फलोअर्स गरी उक्त कर्मचारी माग गरेको हो । उक्त पदहरुमा १८ बर्ष पुरा भई २५ बर्ष सम्मका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । सेनाले प्रकाशित गरेको सुचना अनुसार सैन्यकालागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्छ । यसैगरी अमल्दारकालागि १८ वर्ष पूरा भई २५ वर्षसम्मको हुनुपर्नेछ । यस्तै प्राविधिक पदका लागि…


सेनापीडित महिलाले अझै न्याय पाउन सकेनन्

Nepal Army

चितवन/ चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन् । निकुञ्ज आसपासमा बसोबास गर्ने न्यून वर्गका समुदायका महिला यसबाट पीडित बनेका हुन् । उनीहरुको न्यायका लागि लड्दै आएको मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष छविलाल न्यौपानेका अनुसार पीडित ११६ जना महिलामध्ये २७ जनाको श्रीमान् पहिचान गरी कानूनी न्याय दिलाइएको छ । तीनका ३४ जना सन्तान रहेका छन् । बाँकी ८९ जना आमा र तीनका १४० छोराछोरीले अझै न्याय पाउन नसकेको उहाँले बताउनुभयो । महासंघको अगुवाइमा नेपाली सेनाको…


सडक सञ्चालनको लागि तीन दिने श्रमदान

पासाङ्गल्हामु राजमार्ग अन्र्तगतको रसुवा मुलखर्क र राम्चेमा पहिरोका कारण यातायातका साधन सञ्चालनमा देखिएको समस्या हटाउनका लागि सरकारी कर्मचारी, राजनीतिक दलका कार्यकर्ता तथा नागरिकहले श्रमदान थालेका छन् । तीन दिनसम्म सञ्चालन हुने उक्त अभियानको बुधवारदेखि शुक्रवारसम्म चलेको थियो । अभियान अन्र्तगत पहिरो र हिलोका कारण यातायातका साधनलाई आवतजावतमा भएको समस्या हटाउनका लागि ढुङ्गा ओछ्याउने कार्य भइरहेको छ । चार किलोमिटर पहिरो र हिलोयुक्त सडकलाई केही सजिलो पार्नका लागि ढुङ्गा ओछ्याउने कार्य थालिएको हो । अभियानमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका कार्यकर्ता, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, सरकारी कर्मचारी तथा…


२१ को उद्धार

विदुर, १९ असार । धादिङको री गाविसको चेप्राङमा फसेका २१ जनाको उद्धार गरिएको छ । शनिबार सेनाले १४ जनालाई हिँडाएर सुरक्षित ठाउँमा लगेको थियो । सेनाले आज हेलिकोप्टर मार्फत बाँकी ५ जनाको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताउनुभएको छ । उहाँका अनुसार पहिरोमा प्रभावित भएका सबैलाई री गाविसका सामूहिक आवासमा राखिएको छ । उनीहरुलाई कसरी पुनर्स्थापना गर्ने भन्ने बारेमा बैठक बसेर निर्णय गनुपर्ने उहाँले बताउनुभएको छ । गएको बुधबार राती चेप्राङ गाउँमा गएको पहिरोमा २१ जना फसेका थिए ।


१५ ज्येष्ठ नागरिक सम्मानीत

विदुर/विनासकारी भुकम्पबाट पीडित नुवाकोटका ज्येष्ठ नागरिकहरु सम्मानीत भएका छन् । ज्येष्ठ नागरिक सेवा समाज नुवाकोटले शुक्रवार विदुरमा ज्येष्ठ नागरिकहरुको सम्मान गरेको हो । ८० वर्ष उमेर पूरा गरेका १५ जना वृद्धवृद्धाहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्रद्वारा सम्मानीत गरिएको हो । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, श्रीनाथ गणका गणपति प्रमुख सेनानी रोहित गुरुङ, विदुर नगरपालिकाका अधिकृत केशवबहादुर श्रेष्ठलगायतले वृद्धवृद्धाहरुलाई सम्मानीत गरेका हुन् । प्रमुख अतिथि सहायक प्रजिअ ढकालले ज्येष्ठ नागरिकहरु समाजको अनुशासित वर्ग भएको कारण उनीहरुको मार्ग निर्देशनबाटै स्थानीय समुदाय तथा युवा पुस्ताको विकास हुने बताए ।


तीन ठाउँमा बन्यो सामूहिक आवास

housing made by army

नेपाली सेनाले नुवाकोटका विभिन्न तीन स्थानमा सामूहिक आवास निर्माण गरेको छ । नेपाली सेनाको श्रीनाथ गण देवीघाटले १५ दिनमै वुधसिं, थानसिं र ओखरपौवा गाविसमा सामुदायिक आवास निर्माण गरेको गणका गणपति रोहित गुरूङले बताए । ‘तीन स्थानमा आवास निर्माणको काम सकिएको छ, गुरूङले भने केही स्थानमा निर्माणको अन्तिम चरणमा रहेको छ ।’ जिल्लाका सात ठाउँमा नेपाली सेनाले सामुदायिक भवन निर्माणको जिम्मा पाएको थियो । वर्सुन्चेतमा भने तीनभित्रै आवास निर्माणको काम सकिने गुरूङले बताए । तीन ठाउँमा भने जग्गा प्राप्तिको प्रक्रिया नसकिँदा निर्माण हुन सकेको छैन । सामूहिक आवास निर्माणका लागि नेपाली…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS