NCCI 6th Nuwakot Mahotsav 2076

विदुर नगरपालिका

 
 

प्रगतिशील प्यानलद्वारा क्लिन स्विप, अध्यक्षमा पुन: खनाल विजयी

bidur khanepani nuwakot

विदुर / विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा नारायणबहादुर खनालसहित प्यानल नै विजयी भएका छन् । विदुर खानेपानीको सातौँ अधिवेशनको निर्वाचनबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका प्यानलका निर्वाचित अध्यक्ष खनालले १ सय २६ मतको फराकिलो मतान्तरले काँग्रेस निकट लोकतान्त्रिक समूहका राजेन्द्र अर्याललाई पछाडी परेका हुन् । खनालले ७ सय ६३ मत प्राप्त गरेका छन् भने अर्यालले ६ सय ३७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा संजिवबहादुर श्रेष्ठले ८ सय ५०, सचिवमा रघुनाथ रिमालले ७ सय ३९ र कोषाध्यक्षमा बच्चुमाया सुनारी मगरले ७ सय ५८ प्राप्त गरी विजयी भएका छन् ।…


लागूऔषध दुर्व्यसनी विरुद्ध प्रभातफेरि

no tobacco rally bcycnepal nuwakot

विदुर, नुवाकोट / आज विश्व धुम्रपान दिवसको अबसरमा नुवाकोटमा विदुर सिटि युथ क्बलले जनचेतनामुलक प्रभातफेरि गरेर मनाईएको छ । विदुर नगरपालिका वडा नं. ४ बट्टार क्याम्पसगेटदेखि विदुरको बाल मन्दिरसम्म प्रभातफेरि गरेर मनाईएको हो । कागजको पानाभित्र भरीएको सुर्तिको कसबाट निस्किने निकोटीनको यो लतबाट संसारवासीलाई जोगाउन हरेक वर्ष मे ३१ गते का दिन संसारले धुम्रपान विरुद्धको दिवस मनाउने गरिएको छ । जिल्लामा पछिल्लो समय त्यसमा पनि सदरमुकाम केन्द्रित भएका युवा वर्ग धुम्रपान दजन्य कुलतमा लागे पश्चात् जनचेतनाका लागि लियो क्लब अफ नुवाकोट परोपकार, सामर्थ्य नेपाल नुवाकोट, दारी ग्याङ्ग नुवाकोट, समृद्ध नुवाकोटको सहआयोजनामा भएको…


विदुर नगरपालिकाद्वारा एक दिनको तलव सहयोग

bidur municipality toll free number

विदुर / चैत १७ गते बारा र पर्सा जिल्लामा आएको भिषण हावाहुरीका कारण मृत्यु भएका र घाइतेहरुको उपचारको लागि विदुर नगरपालिकाले एक दिनको तलव प्रदान गर्ने भएको छ । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितद्वारा जारी विज्ञप्तीमा हावाहुरीबाट प्रभावितहरुको लागि नगरपालिकाको सम्पूर्ण टिमले एक दिनको तलव सहयोग प्रदान गरेको हो । नगरपालिकाका प्रमुख, उपप्रमुखसहित वडा अध्यक्ष, कार्यपालिका, सदस्यहरु तथा विभिन्न विभाग अन्तर्गतका सबै कर्मचारीले एक दिनेको तलव सहयोग गरेको नगरपालिकाका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताए । सहयोग रकम जिल्ला प्रशासन कार्यालयमार्फत सम्वन्धित जिल्लामा पठाइने नगरपालिकाले जनाएको छ । नगर प्रमुख…


वडामै पुगेर प्रभु बैकले वितरण गरियो भत्ता

नुवाकोट / विदुर नगरपालिकाले प्रभु बैंकको सहकार्यमा जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गर्न सुरु गरेको छ । विनपा-१२ स्थित चैनपुरका वृद्धवृद्धालाई मासिक २ हजार गरी चार महिनाको एकमुष्ट रकम ८ हजार रुपैंया भत्ता वितरण गर्नुहुँदै नगरप्रमुख सन्जु पण्डितले अब जेष्ठ नागरिक स्वमंले आफ्नै हातमा वडामै पाउने भएकोले अब सदरमुकाम धाईरहनु नपर्ने बताउनुभयो । प्रभु बैंकमार्फत् सुरक्षित तरिकाबाट जेष्ठ नागरिककै हातमै रकम पुर्याउने सुविधाले वृद्धवृद्धाको मुहारमा खुसी छर्न सफल भएको नगर उपप्रमुख गीता दाहालले बताउनुभयो । नगरपालिकाको सहकार्यमा नगरका वडा ३, ६, ७, ११, १२ र १३ नम्बरमा बैंकले भत्ता वितरण गरिने सम्झौता…


नगर सरसफाई अभियान सुरु

sanitation program nuwakot

विदुर / “विदुर नगर हाम्रो शहर, सफा राख्ने सबैको रहर” मुल नाराकासाथ विदुर नगरपालिकाले नगर सरसफाई अभियान शुभारम्भ गरेका छन् । पुरानो नगरपालिका भएर पनि विदुर नगरपालिकाले फोहोरमैलालाई व्यवस्थापन गर्न नसकिएको र जिम्मेवारी लिएकाले पनि सन्तोषजनक कार्य गर्न नसकिएको अवस्थामा नगर सफा, सुन्दर कायम राख्न जनता जागरुक गराउनको लागि सरसफाई अभियानको सुरुवात गरिएको नगरप्रमुख सन्जु पण्डितले बताउनुभयो । सरसफाई शुभारम्भ दिन नुवाकोटको प्रमुख बजार बट्टारदेखि विदुरसम्मको सडकको दायाँबाँया सरसफाई गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगर उपप्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, कर्मचारीहरु, जनप्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, नगर प्रहरी, विभिन्न बैंक…


कर संशोधन गर्न मेयरलाई ज्ञापनपत्र

mayor sanju pandit talkin with nccinuwakot bod members

विदुर, नुवाकोट / नुवाकोट उद्योग वाणिज्य संघले व्यवसायिक कर संशोधन गर्न गम्भीर ध्यानाकर्षण सहित विदुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले ज्ञापनपत्र बुझ्दै नगरसभामा पारित आर्थिक ऐन अनुसारको करको दस्तुर उठाउन नुवाकोट उद्योग वाणिज्य संघलाई सहयोग गर्न मेयर पण्डितले अनुरोध गर्नुभयो । त्यस्तै, यस आव करको दस्तुर संशोधन हुन नसके आगामी आवमा पुनरावलोकन गर्न सकिने र कर परिमार्जन गर्न कार्यन्वयन पक्ष र सरोकारवालासँग छलफल गरेर करको दायरालाई पुनरावलोकन गरिने बताउनुभयो । त्यस्तै, विदुर नगरपालिका पुरानो भएर पनि नगर विकासमा पछाडि रहनुमा नगरले करको दायरमा ल्याउनु नसक्नु र जनताले कर…


कार्यपालिकाको शौचालय अवस्था नाजुक!

Bidur Municipality Toilet

विदुर। नुवाकोट जिल्लाको सदमुकाम विदुरस्थित विदुर नगरपालिका कार्यपालिकाको शौचालयको अवस्था नाजुक रहेको छ । कार्यपालिकाको शौचालय जाने बाटोमा लेउ नै लेउले भरिएको छ भने कार्यालय परिसर अव्यवस्थित रहेको छ । समाचार संकलनको क्रममा डबलीखबरका संवाददाता पनि लडेका थिए । काम सिलसिलामा कार्यपालिका पुग्नुभएका विदुर नपा-९ का कोलेनि निवासी जीवन श्रेष्ठले शौचालयको अवस्थाबारे नगरप्रमुख सन्जु पण्डितलाई अवगत  गराउनुभएको थियो । त्यसको लगतै शौचालय जाने बाटोको लेउ सफा गर्न नगरप्रमुख पण्डितले कर्मचारीलाई निर्देशन दिनुभएको थियो । त्यस्तै, पुरुष शौचालयभित्र टायल फुटेको, लेउ लागेको र पानी नभएको धारा देख्न सकिन्छ जहाँ शौच गर्न नाकलाई बंग्याएर गर्नुपर्छ…


“राष्ट्रिय धान दिवस” खेती नहुने स्थानमा बसोबास गर्नुपर्ने धारणा: सन्तमान तामाङ (फोटोफिचर सहित)

Asar 15 Dhaan Diwas Nuwakot Tupche

तुप्चे, नुवाकोट । १५ औँ राष्ट्रिय धान दिवसको अवसर पारेर नुवाकोटको विदुर नगरपालिका-७, तुप्चेमा साविम कृषि सहकारी संस्था लिमिटेड र विदुर नगरपालिका कार्यालयको संयुक्त आयोजनामा बृहत रोपाई महोत्सव मानिएको छ । रोपाई महोत्सवमा जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित, उपप्रमुख गीता दाहाल, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल लागाएतका जनप्रतिनिधीले धान रोपेर धान दिवस मनाएका छन् । जिल्ला समन्वय समितीका प्रमुख तामाङले खेती नहुने स्थानमा बसोबासको धारणा पहिल्याउनु पर्ने आजको आवश्यकता…


विदुर नगरपालिकाको तेश्रो नगरसभा: जनप्रतिनिधि र कर्मचारीहरु विभिन्न मुद्रामा (फोटोफिचर)

Mayor Sanju Pandi Bidur Muncipality, Nuwakot

फोटो: सुनील श्रेष्ठ                                        


विदुर नगरपालिकाको बजेट १ अर्ब ७९ लाख १९ हजार रुपैयाँको, कृषिलाई जोड (भिडियोसहित)

Budget 2075/2076 Bidur Muncipality, Nuwakot

विदुर/ विदुर नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि १ अर्ब ७९ लाख १९ हजार रुपैयाँको बजेट ल्याएको छ। नगरको तेस्रो नगरसभामा विदुर नगरपालिकाका नगर प्रमुख सन्जु पण्डितले सो बजेट सार्वजनिक गरेका हुन्। नगरपालिकाले कार्यालय संचालन, वडा भवन निर्माण तथा प्रशासनिक खर्चको लागि भन्दै २० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरले आर्थिक, सामाजिक, पुर्वाधार, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकासमा ६३ करोड १५ लाख १९ हजार, जेष्ठ नागरिक सम्मान तथा समाजिक सुरक्षा कार्यक्रमको लागि १० करोड रुपैयाँ र नगरकोषबाट ७ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS