NCCI 6th Nuwakot Mahotsav 2076

ककनी

 
 

गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा नुवाकोटका तीन जनप्रतिनिधि चयन

members of rashtriya gaunpalika mahasangh

विदुर / गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नं ३ कमिटीको सदस्यमा  नुवाकोट ककनी गाउँपालिकाका उपाध्यक्ष सिता खतिवडा लामा, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष युविन्द्रसिंह तामाङ र तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल चयन भएका छन् । कमिटीको अध्यक्षमा दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल सर्वसम्मत चयन भएका छन् । तामाकोशी गापाको किर्नेटारमा सम्पन्न बन्दसत्रले पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको हो । अधिवेशनले रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामालाई उपाध्यक्ष, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनालाई सचिव, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेललाई सहसचिव र धादिङको ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिम्खडालाई कोषाध्यक्षमा चयन गरेको छ…


स्वास्थ्यचौकीको भवन निर्माण अलपत्र

नुवाकोट/ककनी गाउँपालिका–८ आरुचौरमा रहेको थानसिङ स्वास्थ्य चौकीको निर्माणाधीन भवन चार वर्षदेखि अलपत्र हुँदा स्वास्थ्यचौकी सेवा प्रभावित भएको छ । चार वर्षअघि निर्माण आरम्भ भए पनि ठेकेदारले बीचमा काम छाडेपछि भवन अलपत्र बनेको छ । cको कारण पुरानो भवन बस्न अयोग्य भएपछि भाडाको घरबाट स्वास्थ्यचौकी सञ्चालन गर्दै आएकामा अत्याधुनिक भवनबाट सेवा प्रवाह गर्ने स्वास्थ्यचौकीको योजना पनि अलपत्र परेको छ । “नयाँ भवनबाट सेवा प्रवाह गर्ने सपना सपनामै सीमित हुने भो”, स्वास्थ्यचौकीका इन्चार्ज सुरेश गैरेले भन्नुभयो “भवन निर्माण सम्पन्न हुन अझै दुई वर्ष जति लाग्ला । करीब साठी प्रतिशत काम भयो होला…


नुवाकोटका बेलकोटगढी, सुर्यगढी र ककनी दिसामुक्त हुन बाकीँ

Open Defecation Free (ODF)

विदुर/नुवाकोटको तीन स्थानिय तह अझै खुल्ला दिसामुक्त हुन सकेको छैन । बेलकोटगढी नगरपालिका, सुर्यगढी गाउँपालिका र ककनी गाउँपालिका खुल्ला दिसामुक्त हुन नसकेपछि नुवाकोटलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम स्तगित भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय नुवाकोटले दिएको जानकारी अनुसार एक नगरपालिका र दुई गाउँपालिकामा शौचालय बन्न नसक्दा पुरै जिल्ला खुल्ला दिसामुक्त हुन सकेन । ककनीको ओखरपौवाको बलामी गाउँमा अपेक्षाकृत रुपमा शौचालय नबन्दा समस्या भएको कार्यलकी सहजकर्ता भवानी सापकोटाले बताइन् । नुवाकोटमा रहेका १२ स्थानिय तहमध्ये ९ वटा स्थानियतह खुल्ला दिसामुक्त भैसकेको छ । उहाँले दिएको जानाकारी अनुसार…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS