किस्पाङ

 
 

किस्पाङ गाउँपालिकामा भोलि सार्वजनिक बिदा

किस्पाङ – नुवाकोटको किस्पाङ गाउँपालिकाले हरिबोधिनी एकादशी परेकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । कात्तिक २२ गते शुक्रबार हरिबोधिनी एकादशीको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बताउनुभयो । पालिकाभित्र रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल किस्पाङ पोखरी र फिकुरी डाँडामा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको हुनाले पालिकामा स्थानीय पर्वको रूपमा उक्त दिन सार्वजनिक बिदा दिइने प्रशासकीय अधिकृत जोशीले जानकारी दिएका छन् । स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले बिदा दिइएको पालिकाले जनाएको छ । उक्त…


किस्पाङमा १ सय ९५ नयाँ मतदाता थपिए

kispang rural municipality camp nuwakot

विदुर / जिल्लाबाट प्रदान गरिने सरकारी कार्यालयका सेवाहरु स्थानीयमै गएर सेवा प्रदान गरिने कार्यक्रम अनुरुप किस्पाङ गाउँपालिकाको काउलेमा पुष ४ र ५ गते दुई दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ९ जनाले नयाँ नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । त्यस्तै, किस्पाङ गापामा १ सय ९५ नयाँ मतदाता थपिएका छन् । किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले गाउँका जनताले जिल्लासम्म पुगेर सेवालिन कतिसम्म समस्या झेल्नु पर्ने बाध्यतालाई सरकारी कार्यालय प्रमुखलाई महशुस गराउन र शिविर पश्चात् जिल्लामा गएर सेवा लिन जाने सेवाग्राहीलाई सहजताका साथ सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । घुम्ती शिविरमा जिल्ला अदालत र सरकारी…


किस्पाङमा एकिकृत घुम्ती शिविर सुरु (श्रव्यदृश्य सहित)

NEA meter distribute Nuwakot Kispan Rural Municipality

किस्पाङ / जिल्लाबाट प्रदान गरिने सरकारी कार्यालयका सेवाहरु स्थानीयमै गएर सेवा प्रदान गरिने कार्यक्रम अनुरुप आज किस्पाङ गाउँपालिकाको काउलेमा दुई दिने एकिकृत घुम्ती शिविर सुरु भएको छ । शिविरको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाले जनताको पहुँचमा सेवा प्रदान गर्ने जनप्रतिनिधिको दायित्व भएकोले शिविरबाट जनताले बढीभन्दा बढी लाभ लिने बताउनुभयो । कार्यक्रममा उपप्रमुख थापाले नयाँ विद्युत जडानको लागि काउलेका बासिन्दा सुस्मिता माया तामाङलाई प्रक्रिया अनुसार डिजिटल विधुतीय मिटर प्रदान गर्नुभएको थियो । धेरै समयदेखि विद्युत जडान गर्न कुरेर बसेर सुस्मिता मिटर गाउँमै पाएर दङ्ग थिए । सुस्मिताले घरमा पालेको राँगोको लागि पनि पोषिलो…


७ वर्षिय आसीमालाई ब्लड क्यान्सर, उपचारका लागि सहयोगको अपिल

aasami tamang oncology nuwakot

विदुर, नुवाकोट/ ६ महिना अघि बारम्बार सामान्य ज्वरो आएर औषधि उपचार गरेर निको बनेका आसामी अहिलेको उनलाई ब्लड क्यान्सर भएको छ । किस्पाङ गाउँपालिका-२ फिकुरी निवासी सुर्यबहादुर तामाङको छोरी आसीमा तामाङ अहिले कान्तिबाल अस्पताल काठमाण्डौमा उपचारथ रहेका छन् ।तामाङका अनुसार छोरीलाई उपचार गर्न करिब रु३० लाख नगद खर्च लाग्ने जानकारी दिनुभएको छ । घरको आर्थिकस्थिति कमजोर रहेकोले छोरीलाई बचाउन सबै नेपालीहरुमा सहयोगको लागि अपिल गर्नुभएको छ । यस अघि उपचारको लागि ६ महिनादेखि छोरीको उपचारको लागि विभिन्न अस्पातालहरुमा उपचार गर्दा घरजग्गा सबै धितो राखेर ऋण काटेर उपचार गरेको तामाङले बताउनुभयो । बुबा सूर्यबहादुर…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS