मुख्य खबर

रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क ई-सेवामार्फत् भुक्तानी

eSewa Nuwakot Zone

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सई-सेवाबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै कम्पनीको बीमा शुल्क ई-सेवामार्फत् भुक्तानी गर्न सकिने भएको हो ।

ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौतासँगै कम्पनीमा बीमा गरेका ग्राहकले आफ्नो नियमित बीमा शुल्क ई-सेवाको मोबाईल एप तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने भएको छ । ई-सेवा खाता नभएका ग्राहकले भने ई-सेवाका देशभर रहेका कुनै पनि शाखामार्फत् शुल्क भुक्तानी गर्न सकिनेछ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS