विज्ञान/प्रविधि

डिसहोम क्रेडिट सर्भिस अब ५ दिनसम्म

dish home 5days credit

काठमाडौं – डिस मिडिया नेटवर्कले सदस्यता शुल्क समाप्त भइसके ग्राहकहरुलाई थप ५ दिन म्याद थप गरेको छ । तीन दिनसम्म थप म्याद दिँदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि ५ दिन पुर्याएको डिस होमले जनाएको छ ।

ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप ५ दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने डिस होमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

डिसहोम नेपालको सबैभन्दा ठूलो डिटिएच सेवा प्रदायक संस्था हो । डिसहोमले १० वर्षभन्दा अघिदेखि २० लाखभन्दा धेरै ग्राहकहरु माझ आफ्नो विश्वस्तरीय सेवाप्रदान गर्दै आइरहेको छ । हाल दैनिक ५८ हजारभन्दा ज्यादा ग्राहकहरुले यो क्रेडिट सेवाको उपभोग गरिरहेका छन् ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS