नेपाल

आजदेखि हवाई सेवा बन्द, सर्वसाधारण मारमा

Nepal Airlines Plane

भोजपुर/आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेको हो ।

नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले जानकारी दिनुभयो ।

हवाईसेवा अवरुद्ध भएपछि बिरामी, वृद्धवृद्धा भने झन् बढी मारमा पर्ने भएका छन् । निगमले भोजपुर—काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार उडान भर्दै आएको थियो ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS